सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

बुटवल । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आठ महिनापछि रिहा भएका छन्।
कुल तीन करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक जमानत बुझाएपछि लामिछाने शुक्रबार रुपन्देही कारागारबाट थुनामुक्त भएका हुन्। जिल्ला अदालतले १३ माघ २०८१ मा माग गरेको धरौटी रकम तथा प्रतिवादीतर्फबाट निवेदनसहित पेस गरिएको बैंक जमानतसमेत गरी उक्त रकम बुझाइएको हो।
रूपन्देहीमा आवश्यक अदालती प्रक्रिया पूरा गरेपछि लामिछाने कार्यवाहक सभापति डिपी अर्याललगायत रास्वपाका नेताहरूसहित चितवनतर्फ प्रस्थान गरेका छन्।
लामिछाने रिहा हुने खबर सार्वजनिक भएपछि रुपन्देही कारागार बाहिर समर्थकहरूको बाक्लो उपस्थिति देखिएको थियो। समर्थकहरूले नाराबाजी गर्दै उनको स्वागत गरेका थिए।
उनको रिहाइसँगै सहकारी ठगी प्रकरण र त्यसले पार्ने राजनीतिक प्रभावबारे राजनीतिक वृत्तमा चासो बढेको छ।

युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा