सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

काठमाडौँ । काठमाडौँ महानगरपालिका प्रहरी प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन्। माघ ४ गतेदेखि लागू हुने गरी उनले राजीनामा दिएको जानकारी दिएका हुन्।
पाण्डेले आफ्नो राजीनामा काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई बुझाइसकेको बताएका छन्। “मैले राजीनामा दिइसकेको छु। माघ ४ गतेबाट लागू हुनेछ,” उनले भने।
राजीनामासँगै पाण्डेले आगामी निर्वाचनमा उम्मेदवार बन्ने तयारीसमेत गरेका छन्। उनले काठमाडौँबाटै चुनाव लड्ने योजना रहेको बताउँदै काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह आबद्ध पार्टीबाट उम्मेदवारी दिने बताएका छन्। उनका अनुसार काठमाडौँकै कुनै निर्वाचन क्षेत्रबाट चुनाव लड्ने तयारी भए पनि क्षेत्र भने अझै तय भइसकेको छैन।

युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा