सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले भदौ २३ गते जेनजी आन्दोलनका क्रममा भएको घटनाको मुख्य राजनीतिक र नैतिक जिम्मेवारी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमै पर्ने टिप्पणी गरेकी छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया व्यक्त गर्दै उनले भदौ २४ गते ओलीले दिएको राजीनामाले नै घटनाप्रतिको राजनीतिक जिम्मेवारी स्वीकार गरेको संकेत मिल्ने बताइन्।
तर झाँक्रीले हाल पूर्व–प्रधानमन्त्री ओलीमाथि हत्या वा आपराधिक अभियोग लगाउने प्रयासलाई राज्य संयन्त्र कमजोर पार्ने कदमका रूपमा व्याख्या गरिन्। उनका अनुसार संसदजस्तो संवेदनशील क्षेत्रमा आकस्मिक रूपमा उत्पन्न जोखिमपूर्ण अवस्था नियन्त्रण गर्न सुरक्षाकर्मीले गोली चलाउनु त्यतिबेला “बाध्यता” थियो।
“यदि यसअघि भएका घटनाहरूका आधारमा प्रधानमन्त्रीमाथि नै हत्या अभियोग लगाउने हो भने, भविष्यमा कुनै अप्रिय घटना हुँदा अहिलेका प्रधानमन्त्री र गृहमन्त्रीहरूले पनि उस्तै आरोपको सामना गर्न तयार हुनुपर्छ?” उनले प्रश्न उठाइन्।
झाँक्रीले “तत्काल आवश्यकता” का नाममा कानुनको मनपरी व्याख्या गरिनु राज्य संयन्त्रको शक्ति, वैधता र विश्वसनीयता तीव्रगतिमा क्षय हुने जोखिम रहेको चेतावनी दिइन्। उनका अनुसार पूर्व–प्रधानमन्त्रीमाथि हत्या अभियोग चलाउँदा क्षणिक रूपमा रोमाञ्चक देखिए पनि दीर्घकालीन रूपमा यसले देशको राजनीतिक र प्रशासनिक संरचना गम्भीर रूपमा प्रभावित पार्न सक्छ।
उनले अन्त्यमा राजनीतिक दल र सार्वजनिक वृत्तका सबैलाई यस्ता संवेदनशील विषयमा भावनात्मक प्रतिक्रियाभन्दा बढी संस्थागत स्थायित्व र राज्य क्षमताको रक्षा गर्ने दृष्टिकोण अपनाउन आग्रह गरेकी छन्।

युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा