• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ फागुन २४, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • जेनजी आन्दोलनले उठाएका मागहरू आगामी सरकारले पूरा गर्नेछ : गृहमन्त्री

      रोल्पामा वर्षमान पुनको ह्याट्रिक जित

      नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध : नरेन्द्र मोदी

      जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही विजयी, रास्वपाकी विनिताले पाइन् मात्र ४०१ मत

      बाजुरा थप निर्वाचन अपडेट : कांग्रेसका गिरी ४ सय ७० मतले अग्र पंक्तिमा

      ४९ हजार भन्दा बढी मतले ओली पराजित, झापा–५ मा बालेनको अभूतपूर्व जीत

      ४९ हजार भन्दा बढी मतले ओली पराजित, झापा–५ मा बालेनको अभूतपूर्व जीत

      आफ्नो जितपछि तोसिमाले भनिन्, अब नेपाली जनताको सुखको दिन आउँदै छ

      मुगुमा मत गणनाको तयारी हुँदै

      काभ्रे २ मा रास्वपाका भण्डारी विजयी

      क्षमता अनुसार मन्त्री र मन्त्रालयको बाँडफाँट हुन्छ : मनिष झा

      गोरखा–१ को मतगणना सुरु, सुदन गुरुङले लिड गर्दै

      सर्लाही १ र २ मा भारि मतका साथ रास्वपाका उम्मेदवार विजयी, जिल्लाका अन्य क्षेत्रमा पनि रास्वपा नै अगाडि

      प्रधानमन्त्री कार्कीले गरिन् युएईका राष्ट्रपतिसँग टेलिफोन संवाद

      बाजुरामा कांग्रेसका उम्मेदवार जनक गिरीको अग्रता

    होमपेज /  राजनीती

    मेरो लोकप्रियता कामको परिणाम हो, उद्देश्य होइन : डा.सुनील शर्मा

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ माघ १७, शनिबार (१ महिना अघि)
    अनुमानित पढ्ने समय : ३ मिनेट
  • १०६ पटक पढिएको
  • आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मोरङ निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार डा.सुनील शर्मा घरदैलो अभियानमा व्यस्त छन् । स्वास्थ्य सेवा र सामाजिक उत्तरदायित्वमार्फत पहिचान बनाएका शर्माले यसपटक पनि ‘स्वास्थ्य, सेवा र विकास’लाई मुख्य चुनावी एजेन्डा बनाएका छन् ।

    अघिल्लो निर्वाचनमा ठूलो मतान्तरसहित जित हात पारेका उनी पुनः बलियो जनादेशसहित संसद पुग्ने लक्ष्यमा छन् । चुनावी अभियान, एजेन्डा र भावी योजनाबारे डा. शर्मासँग तेजन खड्काले कुराकानी गरेका छन् ।

    मोरङ–३ मा पुनः चुनावी मैदानमा होमिँदा कस्तो अनुभूति भइरहेको छ ?

    अनुभूति भनेको जिम्मेवारीको हो । अघिल्लो कार्यकालमा जनताले दिएको विश्वासलाई मैले कर्मबाट प्रमाणित गर्ने प्रयास गरेँ । आज फेरि त्यही जनतामाझ जाँदा आत्मविश्वास छ, किनभने खाली आश्वासन होइन, काम लिएर आएको छु । स्वास्थ्य, शिक्षा र सामाजिक सेवामा निरन्तर लागिरहेकै छु ।

    घरदैलो अभियानमा मतदाताको प्रतिक्रिया कस्तो पाइरहनुभएको छ ?

    अत्यन्तै सकारात्मक। धेरैले ‘डाक्टर साहेब, तपाईं हाम्रो दुःख–सुखमा सँगै हुनुहुन्थ्यो’ भनेर सम्झाइदिनु हुन्छ । खासगरी निःशुल्क स्वास्थ्य उपचार पाएका परिवारहरूको भावनात्मक समर्थन निकै बलियो देखिन्छ । त्यो नै मेरो सबैभन्दा ठूलो शक्ति हो ।

    तपाईंलाई ‘स्वास्थ्यलाई राजनीति बनाउने नेता’ भनेर चिनिन्छ । यो एजेन्डा किन यति केन्द्रमा राख्नुभएको ?

    किनभने स्वास्थ्य जनताको आधारभूत आवश्यकता हो । उपचार नपाएर कोही पनि गरिब मर्नु हुँदैन भन्ने मान्यताबाट पछि हटेको छैन् । अस्पताल, शिविर, निःशुल्क उपचार—यी कुनै नारा होइनन्, व्यवहारमा उतारिएका काम हुन् । राजनीतिले यदि जनताको पीडा कम गर्न सकेन भने त्यसको औचित्य हुँदैन ।

    अघिल्लो कार्यकालमा तपाईंले गरेका मुख्य कामहरू के–के हुन् ?

    हजारौँ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा, नियमित स्वास्थ्य शिविर, जटिल रोगका बिरामीलाई सहुलियत उपचार, शिक्षा क्षेत्रमा सहयोग, सडक र पूर्वाधारमा पहल—यी सबै काम स्थानीयले देखेका छन् । संसदमा पनि स्वास्थ्य नीति र सामाजिक सुरक्षाका विषयमा निरन्तर आवाज उठाएँ ।

    यसपटकको घोषणापत्रमा के नयाँ छ ?

    निरन्तरतासँगै विस्तार छ । अब स्वास्थ्य सेवालाई अझै संस्थागत बनाउने, गाउँ–गाउँमा आधारभूत उपचार सुनिश्चित गर्ने, शिक्षा र सीप विकासमार्फत रोजगारी सिर्जना गर्ने योजनामा छु। पूर्वाधार विकासलाई स्थानीय आवश्यकतासँग जोडेर अघि बढाउने सोच छ ।

    रोजगारी र युवा पलायन ठूलो समस्या छ। तपाईंको समाधान के हो ?

    युवालाई देशमै सम्भावना देखाउनुपर्छ । सीपमूलक तालिम, स्थानीय उद्योग प्रवद्र्धन, कृषि र स्वास्थ्य क्षेत्रमा रोजगारी सिर्जना गर्न सकिन्छ । सरकार र निजी क्षेत्रबीच सहकार्य गरेर मोरङ–३ लाई रोजगारीको केन्द्र बनाउने योजना छ ।

    विपक्षीले तपाईंमाथि ‘लोकप्रियतामुखी राजनीति’को आरोप लगाउँछन्, के भन्नुहुन्छ ?

    सेवा लोकप्रिय भयो भने त्यसमा दोष के छ ? मैले प्रचारका लागि होइन, आवश्यकताका लागि सेवा गरेको हुँ । परिणाम देखिएको छ, जनताले अनुभूति गरेका छन् । लोकप्रियता कामको परिणाम हो, उद्देश्य होइन ।

    कांग्रेसको वर्तमान राजनीतिक छविबारे तपाईंको धारणा ?

    कांग्रेस परिवर्तनको प्रक्रियामा छ । आत्मसमीक्षा भइरहेको छ । म स्वयं सुशासन, पारदर्शिता र जवाफदेहिताको पक्षमा दृढ छु । पार्टीभित्र पनि सुधार आवश्यक छ, र त्यो सम्भव छ भन्ने विश्वास दिलाउन हामीले काम गर्नुपर्छ।

    संसद पुगेपछि तपाईंको प्राथमिकता के हुनेछ ?

    स्वास्थ्य प्रणाली सुदृढीकरण पहिलो प्राथमिकता हो । त्यसपछि शिक्षा, सामाजिक सुरक्षा र स्थानीय विकास प्राथमिकतामा छ । मोरङ–३ का मुद्दालाई राष्ट्रिय नीतिसँग जोडेर अघि बढाउनेछु ।

    ७० हजारभन्दा बढी मत ल्याउने लक्ष्य यथार्थपरक छ ?

    लक्ष्य ठूलो हुनुपर्छ, जनतासँगको सम्बन्ध, अघिल्लो कामको मूल्यांकन र अहिलेको माहोल हेर्दा सम्भव देख्छु । बलियो जनादेशले संसदमा मेरो आवाजलाई अझ प्रभावकारी बनाउँछ ।

    अन्तिममा मतदातालाई के सन्देश दिन चाहनुहुन्छ ?

    मैले बोलेभन्दा बढी काम गरेको छु । फेरि अवसर दिनुहोस्, अझ धेरै गर्न चाहन्छु । स्वास्थ्य, सेवा र विकासको यात्रामा तपाईंहरूसँगै हिँड्न चाहन्छु। यो चुनाव व्यक्ति होइन, मूल्य र भरोसाको चुनाव हो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    जनताले परिवर्तन र विकासका पक्षमा मतदान गरिरहेका छन् : दीपक बहादुर सिंह

    शंकास्पद बस्तुसहित पर्सा–२ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ

    मौन अवधिमा सामाजिक सञ्जालमार्फत फैलाइँदै आएका भ्रामक समाचारप्रति गगनको आपत्ति

    मौन अवधि उल्लङ्घन गरे के कारवाही हुन्छ ?

    धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

    बहुजन पार्टीका वरिष्ठ नेता पासवानसहित सयौँको संख्या कांग्रेसमा प्रवेश

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जेनजी आन्दोलनले उठाएका मागहरू आगामी सरकारले पूरा गर्नेछ…

    रोल्पामा वर्षमान पुनको ह्याट्रिक जित

    नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध :…

    जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही विजयी, रास्वपाकी विनिताले पाइन्…

    जेनजी आन्दोलनले उठाएका मागहरू आगामी सरकारले पूरा गर्नेछ…

    रोल्पामा वर्षमान पुनको ह्याट्रिक जित

    नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध :…

    जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही विजयी, रास्वपाकी विनिताले पाइन्…

    आर्थिक

    एकैदिन सुनको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

    राष्ट्र बैंकले ६ दिनका लागि बजारबाट १ खर्ब रुपैयाँ निक्षेप खिच्ने

    तोलाको २ लाख २८ हजार ६ सय पुग्यो सुन

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत...  विस्तृतमा

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    किसुनजी’को सम्पत्ति टिनको बाकस, सुराही र छाता : क्षणभरमै भयो खरानी

    सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म

    अब कसरी बन्छ राष्ट्रिय सरकार ?

    जेनजीको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑