सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पोखरा । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरूलाई एकदिने व्यवसायिक तालिम प्रदान गरेको छ । कम्पनीले सञ्चालन गरेको मासिक योजना मन्थन–२०८२ अन्तर्गत तोकिएको व्यवसाय पूरा गरी छनोट भएका १८५ जना अभिकर्तालाई पोखरास्थित होटल मेजेष्टिक लेक फ्रन्टमा तालिम दिइएको हो ।
गण्डकी प्रदेशका सबै शाखा कार्यालय तथा लुम्बिनी र बागमती प्रदेशका केही शाखा कार्यालयमा आबद्ध अभिकर्ताहरूका लागि आयोजित उक्त तालिममा बीमा क्षेत्रका चर्चित प्रशिक्षक काजिम रजाले प्रशिक्षण प्रदान गर्नुभएको थियो । तालिमका क्रममा उहाँले एमडीआरटी, सिओटी तथा टिओटी लक्ष्य प्राप्त गर्न अपनाउन सकिने विभिन्न उपाय र प्रतिस्पर्धात्मक बजारमा फरक तरिकाले प्रस्तुत हुने सीपबारे प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा कम्पनीका उप–प्रमुख कार्यकारी अधिकृत स्मृति राज कंडेलले यस्ता तालिमले अभिकर्ताहरूको मनोबल वृद्धि भई व्यावसायिक लक्ष्य हासिल गर्न सहयोग पुग्ने बताउनुभयो । उहाँले “प्रेरणा, प्रगति र पेशागत उत्कृष्टता” भन्ने नारासहित मासिक योजना मन्थन देशभर सञ्चालन गरिएको जानकारी दिँदै यस योजनाअन्तर्गत देशभरबाट ७०० भन्दा बढी छनोट भएका अभिकर्तालाई पायक पर्ने विभिन्न स्थानमा कार्यक्रम आयोजना गरिएको उल्लेख गर्नुभयो । सो अवसरमा शाखास्तरीय प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने अभिकर्ताहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।
एजेन्सी विभाग प्रमुख सुशिल प्रताप राणाले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतारी प्रतिस्पर्धात्मक बजारमा आफूलाई सक्षम सावित गर्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा पोलिसी सर्भिसिङ विभाग प्रमुख सुस्मिता राणाले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
तालिममा सहभागी अभिकर्ताहरूले यस प्रकारको प्रभावकारी तालिमले आफ्नो मनोबल उच्च बनाएको र आगामी दिनमा बीमा व्यवसायमा अझ प्रगति गर्ने प्रेरणा मिलेको प्रतिक्रिया दिएका छन् ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा