• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ फागुन २३, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • मकवानपुर २ मा रास्वपाका उम्मेदवार उप्रेतीको अग्रता कायमै, एमाले दोस्रो

      धनुषा ३ मा रास्पाका मनिष झा भारी मतान्तरले विजय

      सर्लाही–४ मा रास्वपाका अमरेश सिंहको अग्रता कायम

      झापा–५ मा भारी मतले बालेन अगाडि, ओली दोस्रो

      जुम्लामा राप्रपा उम्मेदवार ज्ञानेन्द्रकाे अग्रता कायमै

      बाजुरा निर्वाचन अपडेट : कांग्रेसका गिरीको अग्रता कायमै

      आजको मौसम : पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

      रुकुम पूर्वबाट प्रचण्ड विजयी

      बालेनले कटाए १३ हजार भन्दा बढी मत

      मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता, मतगणनास्थल बाहिर समर्थकहरूको भीड

      सिरहा क्षेत्र नम्बर ४ मा रास्वपाको अग्रता

      सिरहा क्षेत्र नम्बर ३ मा रास्वपाको अग्रता

      सिरहा क्षेत्र नं. २ मा रास्वपाका उम्मेदवार शिव यादव अग्रस्थानमा

      मकवानपुर क्षेत्र नं. १ मा रास्वपाका गौतम अगाडि

      काठमाडौं ६ बाट शिशिर खनाल र ८ बाट विराजभक्त श्रेष्ठ विजयी

    होमपेज /  समाचार

    सम्भव र कार्यान्वयनयोग्य कार्यक्रमसहित घोषणापत्र ल्याउन दलहरुलाई मल्लको आग्रह

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ माघ १८, आईतबार (१ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १०६ पटक पढिएको
  • काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले राजनीतिक दलहरूले देशको क्षमता र आवश्यकता अनुसार कार्यान्वयन गर्न सकिने कार्यक्रम मात्र समेटेर घोषणापत्र सार्वजनिक गर्नुपर्ने बताएका छन् ।

    आइतबार काठमाडौँमा आयोजित दलका घोषणापत्रमा ‘आर्थिक एजेन्डा’ विषयक कार्यक्रममा बोल्दै मल्लले घोषणापत्र कागजमा आकर्षक देखिने भन्दा पनि तल्लो तहका नागरिकले प्रत्यक्ष लाभ लिन सक्ने किसिमको हुनुपर्नेमा जोड दिए । “हाम्रो मुलुकमा गर्नुपर्ने काम धेरै छन्, त्यसैले छोटो र व्यावहारिक लक्ष्यसहित अघि बढ्नुपर्छ,” उनले भने, “घोषणापत्र बनाउँदा वास्तविक आवश्यकता हेरेर, घाटी हेरेर निल्ने जस्तै सम्भव हुने कार्यक्रम ल्याउनुपर्छ ।”

    उनले राजनीतिक दलहरूबीच प्रतिस्पर्धाका क्रममा नकारात्मक एजेन्डा हाबी हुने गरेको उल्लेख गर्दै आर्थिक एजेन्डाका विषयमा भने सबै दल एक ठाउँमा उभिएर साझा दृष्टिकोण बनाउनुपर्ने आवश्यकता औंल्याए । वर्तमान आर्थिक अवस्थातर्फ संकेत गर्दै उनले चालु खर्च करिब ८० प्रतिशत पुगेको र विकास खर्च २० प्रतिशतमा सीमित रहेको बताए । अत्यधिक प्रशासनिक खर्चका कारण उत्पादनमुखी क्षेत्रमा लगानी घटेकाले घोषणापत्रमा चालु खर्च घटाउने र उत्पादनमूलक गतिविधि बढाउने स्पष्ट योजना समेटिनुपर्ने उनको भनाइ छ ।

    मल्लले युवा शक्तिलाई राष्ट्रिय उत्पादनमा समाहित गर्न ‘पार्ट टाइम जब’ को अवधारणा घोषणापत्रमै समेट्नुपर्नेमा जोड दिए । ठूलो संख्यामा युवा विदेश पलायन भइरहेको उल्लेख गर्दै उनले २०–२५ वर्षका युवालाई स्वदेशमै अवसर उपलब्ध गराउनुपर्ने बताए । “विकसित मुलुकमा बिहानैदेखि कामका अवसर हुन्छन्, यसले युवा शक्तिलाई उत्पादनमा जोड्छ । हाम्रो देशमा पनि यस्तै वातावरण बनाउनुपर्छ,” उनले भने ।

    कृषि क्षेत्र अझै प्राथमिकतामा पर्न नसकेको उल्लेख गर्दै मल्लले कृषि प्रधान मुलुक हुँदाहुँदै खाद्यान्न आयात बढ्नु नकारात्मक संकेत भएको बताए । कृषि उत्पादन बढेमा जीडीपीमा प्रत्यक्ष सुधार आउने उल्लेख गर्दै उनले बाँझो जमिन नराख्ने राष्ट्रिय नीति ल्याउनुपर्नेमा जोड दिए । “स्थानीय सरकार र वडा तहसँग सहकार्य गरी बाँझो जमिन प्रयोगमा ल्याउनुपर्छ । माटोअनुसार उत्पादन प्रणाली अपनाउनुपर्छ,” उनले भने ।
    उनका अनुसार सूचना प्रविधि (आईटी) क्षेत्रमा पनि ठूलो सम्भावना छ । भारतले आईटीबाट अर्बौँ डलर आम्दानी गरिरहेको अवस्थामा नेपाल केही अर्ब रुपैयाँमै सीमित रहेको उल्लेख गर्दै उनले आईटी शिक्षा शहरबाट गाउँसम्म विस्तार गर्नुपर्ने बताए । ‘पढ्दै कमाउने’ मोडल अघि बढाएर युवालाई स्वदेशमै रोजगारीको अवसर दिनुपर्ने उनको धारणा छ ।

    वनजंगल र जडीबुटीको क्षेत्र पर्याप्त सदुपयोग हुन नसकेको बताउँदै मल्लले उपलब्ध स्रोत हुँदाहुँदै पनि विदेशबाट आयात गर्नुपरेको अवस्थाप्रति चिन्ता व्यक्त गरे । जडीबुटीलाई व्यवसायिक रूपमा विकास गरी निर्यातमुखी बनाउनुपर्ने र गाँजा लगायतका केही बालीलाई नियमनसहित प्रशोधन तथा प्रवद्र्धनबारे गम्भीर छलफल आवश्यक रहेको उनले बताए ।

    सरकारी सेवा प्रवाह कमजोर हुँदा देशमा निराशा बढेको उल्लेख गर्दै मल्लले आगामी सरकारले ‘समय–सीमा आधारित कार्ययोजना’ अनिवार्य लागू गर्नुपर्ने सुझाव दिए । “कुन काम किन ढिला भयो भन्ने जवाफदेही प्रणाली बनाउनु जरुरी छ,” उनले भने, “सेवा समयमै नपाउँदा मुलुक पछि परेको छ, सुधार नगरी विकास सम्भव छैन ।”

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    बाजुरा निर्वाचन अपडेट : कांग्रेसका गिरीको अग्रता कायमै

    आजको मौसम : पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

    मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता, मतगणनास्थल बाहिर समर्थकहरूको भीड

    विराजभक्त श्रेष्ठ भन्छन् : ‘निलो क्रान्ति’ सुरु भयो

    झापा–५ मा भारी मतले बालेन अगाडि

    रामेछापमा ढिलो गरी मतगणना सुरु

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मकवानपुर २ मा रास्वपाका उम्मेदवार उप्रेतीको अग्रता कायमै,…

    धनुषा ३ मा रास्पाका मनिष झा भारी मतान्तरले…

    सर्लाही–४ मा रास्वपाका अमरेश सिंहको अग्रता कायम

    झापा–५ मा भारी मतले बालेन अगाडि, ओली दोस्रो

    मकवानपुर २ मा रास्वपाका उम्मेदवार उप्रेतीको अग्रता कायमै,…

    धनुषा ३ मा रास्पाका मनिष झा भारी मतान्तरले…

    सर्लाही–४ मा रास्वपाका अमरेश सिंहको अग्रता कायम

    झापा–५ मा भारी मतले बालेन अगाडि, ओली दोस्रो

    आर्थिक

    एकैदिन सुनको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

    राष्ट्र बैंकले ६ दिनका लागि बजारबाट १ खर्ब रुपैयाँ निक्षेप खिच्ने

    तोलाको २ लाख २८ हजार ६ सय पुग्यो सुन

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत...  विस्तृतमा

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    किसुनजी’को सम्पत्ति टिनको बाकस, सुराही र छाता : क्षणभरमै भयो खरानी

    सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म

    अब कसरी बन्छ राष्ट्रिय सरकार ?

    जेनजीको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑