सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सुर्खेत । कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन सुरु भएको छ । बर्खे अधिवेशन भएको झण्डै छ महिनापछि कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन सुरु भएको हो ।
गत साउन २१ गते प्रदेश सभाको छैठौं अधिवेशन अन्त्य भएको थियो । गत भदौ २४ मा आगजनी र तोडफोडबाट प्रदेशसभा भवनमा क्षति भएका कारण प्रदेशसभा बैठकमा ढिलाइ भएको हो ।
गत माघ ९ गते बसेको कर्णाली मन्त्रिपरिषद् बैठकले माघ १८ गतेदेखि हिउँदे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो । जेनजी आन्दोलनका कारण कर्णाली प्रदेशसभा आगलागीबाट ध्वस्त भएपछि प्रदेशसभा अधिवेशनको बैठक बस्न वैकल्पिक स्थानको खोजी गरिएको हो ।
संसद्को सातौँ अधिवेशन कृषि तथा पशुपन्छी प्रशिक्षण केन्द्रको सभाहलमा बसेको छ । विधेयक अधिवशनका रुपमा लिइने हिउँदे अधिवेशले प्रदेश सरकारका लागि आवश्यक कानून निर्माण गर्ने विश्वास गरिएको छ ।
प्रदेश सभाको हिउँदे अधिवेशनको सुरुवातमा कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीकाृे बिकास र समृद्धिका लागि सबै दलको सहकार्य जरुरी भएको बताए । उनले जेनजी आन्दोलनका कारण कर्णाली प्रदेशसभाको अधिवेशन आव्ह्रानमा ढिलाई भएको बताए ।
‘भदौ २३ र २४ गतेको घटना अकल्पनीय थियो’ उनले भने, ‘उक्त घटना पछि नागरिक सरकार भनिएको गैर दलीय सरकारकोभरमा मुलुक चल्नु परेको छ ।’
नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका नेता मंगलबहादुर शाहीले जेनजी आन्दोलनले मुलुकको शासन व्यवस्था परिवर्तन गरिदिएको बताए । सुशासन र परिवर्तनको माग राखेर भएको आन्दोलनले सरकार ढलेको भन्दै सुशासन कायम गर्न नसके प्रदेश संरचनामा पनि प्रश्न उब्जिएको बताए ।
‘हाम्रो लक्ष्य सुशासन रहेको छ । बिकासका नारा हामीले लगाएका छौ’ उनले भने, ‘तर सरकारले सुशासन कायम गर्ने र बिकासका योजना कार्यान्वयन गर्न सकिरहेको छैन ।’
नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले जेनजीको नाममा भएको आन्दोलनले ल्याएको सरकार परिवर्तनले मुलुकलाई झन् अस्थिरतातिर धकेलेको बताए ।
‘सरकार जुन गतीमा जानु पर्ने थियो त्यो गतीमा जान सकेन’ उनले भने, ‘सरकारका क्रियाकलापले जनतामा निराशा छाएको मात्र छैन, संघीय व्यवस्थाप्रति नै बितृष्णा पैदा गराएको छ ।’
सरकारको बजेटको खर्चको प्रगती, निती तथा कार्यक्रम कार्यान्वयनको अवस्था तथा प्रदेशको कमजोर सुरक्षा व्यवस्थाले नागरिकहरु संघीयताकोविरुद्धमा जान बाध्य हुने अवस्था सिर्जना भएको शाहीले बताए । कर्णालीको अबिकाशलाई प्रतिपक्ष बनाएर संसदमा कोही पनि प्रतिपक्ष नरहने वातावरण सरकारले बनाउनु पर्ने उनको भनाई छ ।
नेकपा एमालेका प्रमूख सचेतक टेकराज पछाईले जेनजी आन्दोलन पछि राष्ट्रियता कमजोर बनेको तथा त्यसको नाममा भएको अराजकताले विध्वंस निम्त्याएको बताए ।
उनले राष्ट्रको बिकास र सुशासनका लागि भएको आन्दोलनमा भएको घुसपैठले मुलुक दशकौपछि धकेलिएको र मुलुकलाई अस्थिरतामा लैजान खोजेको शक्ति सफल भएको उनको भनाई छ । यस्तो बेला मुलुुकको राष्ट्रिय सुरक्षा र समृद्धिका लागि सबै दलहरुको सहकार्य जरुरी भएको उनले बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सन्तोषी शाहीले राजसंस्थाको पुर्नस्थापना र गैरदलिय स्थानीय तहले मात्र मुलुकलाई समृद्धितर्फ लैजाने भनाई राखिन् ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा