सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले काठमाडौँको चाल्नाखेल क्षेत्रबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकारीले प्रसाईं पक्राउ परेको पुष्टि गरे पनि उनीमाथि हाल कुन अभियोगमा अनुसन्धान भइरहेको छ भन्ने विषयमा भने औपचारिक जानकारी सार्वजनिक गरिएको छैन।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजकसमेत रहेका प्रसाईं यसअघि पनि प्रहरीको निगरानीमा परेका थिए। उनी माघ ५ गते सार्वजनिक शान्तिविरुद्धको कसुरमा पोखराबाट पक्राउ परेका थिए र काठमाडौँ ल्याइएका थिए। उक्त मुद्दामा माघ ६ गते हाजिर जमानीमा रिहा भएका प्रसाईं पुनः पक्राउ परेका हुन्।
प्रसाईंले यसअघि नेपाली कांग्रेसको विशेष महाधिवेशनसँग सम्बन्धित विषयमा गम्भीर आरोपसहित सार्वजनिक अभिव्यक्ति दिएका थिए। उनले निर्वाचन सभापति गगन थापा पक्षले निर्वाचन आयोगमा रकम बुझाएर पार्टीको आधिकारिकता लिएको दाबी गरेका थिए। उक्त अभिव्यक्तिलाई गम्भीर रूपमा लिँदै निर्वाचन आयोगले यस विषयमा सत्यतथ्य छानबिन गर्न प्रहरीलाई पत्राचार गरेको थियो।
प्रहरी स्रोतका अनुसार आयोगको पत्राचारपछि प्रारम्भिक अनुसन्धान अघि बढाइएको थियो। सोही अनुसन्धानको सिलसिलामा प्रसाईंलाई नियन्त्रणमा लिइएको हुन सक्ने अनुमान गरिएको छ। यद्यपि, प्रहरीले औपचारिक रूपमा अभियोग र अनुसन्धानको दायरा खुलाएको छैन।
हाल प्रसाईंलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखी थप अनुसन्धान भइरहेको छ। अनुसन्धानको निष्कर्षपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीको भनाइ छ।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा