सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सर्लाही । सर्लाहीमा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्थालाई थप मजबुत बनाइने भएको छ । यही फागुन २१ गते तय भएको निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष ढंगले सम्पन्न गर्न फागुन १५ गतेदेखि २२ गतेसम्म विदेशी नम्बर प्लेटका सवारी साधन सञ्चालनमा रोक लगाइने निर्णय गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आज बसेको सुरक्षा अधिकारी तथा राजनीतिक दलहरूको संयुक्त बैठकले उक्त अवधिमा विदेशी नम्बर प्लेट भएका दुई पांग्रे र चार पांग्रे सबै प्रकारका सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाउने निर्णय गरेको जनाएको छ ।
निर्णयअनुसार सो समयसीमाभित्र विदेशी नम्बर प्लेटका सवारी साधन चलाएको पाइएमा सुरक्षाकर्मीले नियन्त्रणमा लिनेछन् । प्रशासनका अनुसार निर्वाचनको संवेदनशीलतालाई दृष्टिगत गर्दै सम्भावित सुरक्षा जोखिम न्यूनीकरणका लागि यस्तो कदम चालिएको हो ।
मधेश प्रदेशका विभिन्न जिल्लामा भारतीय नम्बर प्लेटका मोटरसाइकल, स्कार्पियो लगायतका सवारी साधनको प्रयोग व्यापक हुने भएकाले सुरक्षा व्यवस्थापनलाई प्राथमिकता दिइएको बताइएको छ ।
बैठकमा निर्वाचन आचारसंहिता, २०८२ को पूर्ण पालना गर्ने विषयमा पनि छलफल भएको थियो। जिल्लास्थित सम्पूर्ण राष्ट्रसेवक कर्मचारी तथा राजनीतिक दलहरूले आचारसंहिता इमान्दारितापूर्वक कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । साथै, निर्वाचनलाई स्वच्छ, पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गर्न प्रशासनसँग सहकार्य गर्ने सहमति समेत गरिएको छ ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा