सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र त्यसका सभापति रवि लामिछानेलाई निर्वाचन आचारसंहिता उल्लंघन नगर्न सचेत गराएको छ।
सोमबार जारी गरिएको सूचनामा जिल्ला प्रशासनले प्रतिनिधिसभा सदस्यको आसन्न निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, स्वच्छ, पारदर्शी, मितव्ययी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगद्वारा लागू गरिएको निर्वाचन आचारसंहिता, २०८२ को पूर्ण पालना गर्न सबै सरोकारवालालाई आग्रह गरेको छ।
सूचनामा उल्लेख गरिएको छ, “मिति २०८२ साल माघ १४ गते निर्वाचन आयोगबाट आचारसंहिता पालना सम्बन्धी सूचना जारी भइसकेको सन्दर्भमा, माघ २७ गते यस जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम रहेको जानकारी प्राप्त भएको छ।”
प्रशासनले उक्त कार्यक्रमका क्रममा निर्वाचन आचारसंहिता आकर्षित हुने भन्दै आचारसंहिता विपरीतका कुनै पनि गतिविधि नगर्न र नगराउन सम्बन्धित सबैलाई जानकारी गराएको छ। साथै, आचारसंहिता उल्लंघन भए कानुनअनुसार कारबाही हुने स्पष्ट संकेतसमेत दिएको छ।
यसअघि रास्वपाले मंगलबार सभापति लामिछाने नवलपरासीका दुई निर्वाचन क्षेत्रमा जाने, उम्मेदवार तथा पार्टीका नेता–कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको जानकारी दिएको थियो।
प्रशासनको यस चेतावनीपछि लामिछानेको कार्यक्रम र रास्वपाको गतिविधि निर्वाचन आचारसंहिताको दायराभित्र कसरी सञ्चालन हुन्छ भन्ने विषयमा चासो बढेको छ।

युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा