• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ १९, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • दार्चुलामा झोलुङ्गे पुल उद्घाटनपछि हर्क साम्पाङ : महाकालीमा अर्को पुल बनाउन भारतको लिखित सहमति आवश्यक

      चर्को ट्राफिक जरिवाना लगाउने प्रस्तावको अन्तर्राष्ट्रिय स्तरमै विरोध

      स्वास्थ्य बीमा बोर्डले भन्योः अनावश्यक स्वास्थ्य परीक्षण नगराउनू

      सरकारले २० घण्टा बितिसक्दा पनि कर्णालीमा बेपत्ता नागरिकको उद्दार गर्न सकेनः ज्ञानेन्द्र शाही

      धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाउने अभियुक्त पक्राउ

      बर्डफ्लू संक्रमणविरुद्ध उच्च सतर्कता : डराउनुपर्दैन तर जैविक सुरक्षामा ध्यान दिन आग्रह 

      मेलम्चीको पानी आपूर्ति आजदेखि बन्द, उपत्यकामा पानीको आपूर्ति रोकियो

      क्रोएसियालाई २–१ ले हराउँदै पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा

      रास्वपाले आज सांसदलाई डिजिटल प्लेटफर्म ‘आरएसपीइआरएस’ बारे अभिमुखीकरण गर्दै

      पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना र १५ दिन बिक्रीवितरण रोक्का

      राष्ट्रियसभ बैठक बस्दै, यस्तो छ कार्यसूची

      अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा प्रवेश

      आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

      थमन विक हत्या प्रकरण : पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ

      मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघका पाँच सुझाव, पूँजीबजारमैत्री नीति ल्याउन राष्ट्र बैंकसँग आग्रह

    होमपेज /  मुख्य समाचार

    को हुन् मोरङ ४ की १९ मध्येकी एक्ली तेस्रोलिंगी प्रत्यक्ष उम्मेदवार नुमा ?

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ माघ २६, सोमबार (४ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३०४ पटक पढिएको
  • मोरङ । नुमा लिम्बु चञ्चला सङ्घर्षले खारिएकी पात्र। उनीसँग सुनाउने खुसीभन्दा पीडाका कथाहरू धेरै छन्। सानै उमेरमा बुबाआमा गुमाएकी टुहुरी, त्यसमाथि फरक लैङ्गिक पहिचान बोकेर हुर्किनुपरेको जीवन। उनले समय र समाजसँग निरन्तर कुस्ती खेल्दै आफूलाई यहाँसम्म ल्याइन्। नुमा उमेरले ३९ वर्षकी भइन।

    मोरङको बबिया बिर्ता (हाल रङेली नगरपालिका) को परालले छाएको एक झुपडीभित्र जन्मिएकी थिइन्, नुमा। उमेरले काँचो, मनले मायाको तिर्खा पिएको त्यो बाल्यकालमा नै उनको काँधबाट मायाका हातहरू छुट्टिए। पहिले आमाबुबाको निधन, त्यसपछि समाजको ठेलमठेल। “माया दिने सबै गुमे, अनि म आफैँलाई पनि गुमाउँदै थिएँ,” उनी भन्छिन्।

    जीवन त्यत्तिकै हरेस खाएर सकिने थियो, यदि एक दिन विराटनगरको एक गैरसरकारी संस्थाको कार्यक्रममा उनी आफैँजस्तै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरू भेटेकी नहुँदी हो त। त्यहीँबाट सुरु भयो,पहिचानको आत्मस्वीकृति, जीवनको पुनः परिभाषा, र आफूजस्तै धेरैलाई उज्यालो देखाउने यात्रा।

    आफूजस्तै भिन्न पहिचान भएका समुदायसँग घुलमिल हुँदै कोशी प्रदेशको झापा, दमकमा ‘लिड नेपाल’ संस्थामार्फत विभेद, तिरस्कार र घृणाको अन्त्यका लागि उनले आवाज उठाइन्। तर विडम्बना, उनी लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकारकर्मी भनिनेहरूबाटै हेपिइन्। अधिकारकर्मी भनिएकाहरूले उनको आवाज दबाउने काम गरे।

    नीति निर्माण तहमा पुगेर राजनीति गर्नुपर्ने बेला आफ्नै समुदायमाथि किन शोषण? नुमाले यो प्रश्न पटक–पटक उठाइन्। युएसएआईडीको अनुदान बन्द भएपछि ती समूहहरूले उनलाई बाइकट नै गरे। त्यसपछि उनले युएसएआईडीको ८ करोड रुपैयाँ गायब बनाइएको तथ्य सार्वजनिक गरिदिइन्।

    नुमाले जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा उजुरी दिइन्। जेनजी आन्दोलनअघि नै दिएको उक्त उजुरीमा प्रशासन कार्यालयले हालसम्म पनि कुनै सुनुवाइ गरेको छैन। त्यसपछि उनले संस्थाको पारदर्शिता र जबाफदेहिता माग गर्दै राष्ट्रिय सूचना आयोगमा पुनरावेदन दिइन्।

    आयोगले पटक–पटक पत्र पठाउँदा पनि अटेरी गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँ मार्फत ब्लु डायमन्ड सोसाइटीकी कार्यकारी निर्देशक सुवेन ढकाल (मनिषा) ले पत्र त बुझिन। संस्थाभित्रका अनियमितता लुकाउन उल्टै नुमालाई नै कारबाही गर्नुपर्ने मागसहित मनिषाले उच्च अदालत पाटनमा मुद्दा दायर गरिन्।

    तर उच्च अदालत पाटनले सूचना उपलब्ध गराउने आयोगको निर्णयलाई सदर गरिदिएको छ। सो आदेश आयोगमा पठाउने तयारी भइरहेको उच्च अदालत पाटनले जनाएको छ।

    जेनजी आन्दोलनको मूल माग नै भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्नु थियो। तर ब्लु डायमन्ड सोसाइटीले जेनजी आन्दोलनका मागलाई धज्जी उडायो। यति हुँदाहुँदै पनि जबाफदेहिता र पारदर्शिताका लागि नुमाले आफ्ना पाइला रोकेकी छैनन्।

    लैङ्गिक समानता, दिगो विकास र महिलाको सशक्तीकरणसम्बन्धी दक्षिण एसियाली स्तरको दुई साता लामो आवासीय तालिम कार्यक्रममा नेपालकी लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक अधिकारकर्मी चञ्चलाले यसैवर्ष सहभागिता जनाइन।

    उनी टियुआई फ्युचर शेपर्स ग्लोबल यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक पर्यटन नवप्रवर्तनकर्ता कार्यक्रममा आधिकारिक रूपमा छनोट समेत भएकी छन्।

    यो कार्यक्रम अन्तर्राष्ट्रिय समावेशी पर्यटन सङ्घ र टियुआई केयर फाउन्डेसनको संयुक्त आयोजनामा सञ्चालन हुँदै आएको हो। यसको उद्देश्य कानुनी सुरक्षाको पहुँच अझै सीमित रहेका मुलुकहरूका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक उद्यमीहरूलाई सशक्त बनाउँदै समावेशी पर्यटन प्रवर्द्धन गर्नु हो।

    लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको राजनीतिमा उपस्थिति नहुनु नै कमजोरी भएको अनुभूति उनले गरिन्। यही महसुसपछि ब्लु डायमन्डका संस्थापक अध्यक्ष तथा पहिलो संविधानसभा सदस्य सुनिल बाबु पन्तले नुमा सहितका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई विभिन्न राजनीतिक दलमा आबद्ध गराउन पहल गरे। तर दलहरूले आश्वासन मात्रै दिए।

    अन्ततः पन्तको संरक्षकत्व र सल्लाहमा जेनजी आन्दोलनपछि नयाँ दलको उदय भयो समावेशी समाजवादी पार्टी। निर्वाचन आयोगमा दल दर्ता भयो र फागुन २१ गते हुने निर्वाचनमा यस दलका समानुपातिकतर्फ १५ जना र प्रत्यक्षतर्फ ६ जना कमान्डर चुनावी मैदानमा उत्रिएका छन्।

    भरखर खुलेको पार्टी, राजनीतिमा नयाँ अनुहारहरू, र पुराना तथा नयाँ शक्तिसँग प्रतिस्पर्धा गर्नुपर्ने चुनौती नुमा सहित सबै उम्मेदवारसामु छ। नुमा मोरङ निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रत्यक्षतर्फ उम्मेदवार बनेकी छन्। उनलाई नेपाली कांग्रेसका महामन्त्री गुरु घिमिरे पूर्वमन्त्री अमनलाल मोदीजस्ता चर्चित अनुहारसँग प्रतिस्पर्धा गर्नुपर्नेछ।

    निर्वाचन क्षेत्र नम्बर ४ मा। नुमासँगै १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। उनीसँग एमालेका जिवन घिमिरे, रास्वपाका सन्तोष राजवंशी, राप्रपाका माधव प्रसाद आचार्य।, जसपा नेपालका तवरेज अखतर आलम, जनमत पार्टीका जिवन कुमार गुप्ता, श्रम संस्कृति पार्टीका कृष्ण कुमार अटल, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का हरि बहादुर बस्नेत, आम जनता पार्टीका अशोक शर्मा, सहित १६ वटा दलका र ३ जना स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

    तर उनी आत्तिएकी छैनन्। सामाजिक सञ्जालमार्फत मतदातासँग भोट मागिरहेकी छन्। मोरङ निर्वाचन क्षेत्र नम्बर ४ मा १ लाख १९ हजार २५५ मतदाता छन्। उनी आफूसहित प्रत्यक्षतर्फका ६ उम्मेदवारलाई सर्वसम्मत निर्वाचित गराइदिन प्रतिस्पर्धी दलहरूसँग सहयोगको अपिल पनि गरिरहेकी छन्।

    कोशी प्रदेशको ओखलढुङ्गाबाट पिंकी राई, लुम्बिनी प्रदेशको रुपन्देही–२ बाट देवेन्द्रबहादुर खत्री (मधु), काभ्रेपलान्चोक–१ बाट विनोद लामा (कोनिका), काठमाडौँ–१ बाट सुरेन्द्र पाण्डे र काठमाडौँ–१० बाट पूर्णचन्द्र पौडेल प्रत्यक्षतर्फका उम्मेदवार हुन्।

    १६५ निर्वाचन क्षेत्रमध्ये ६ वटा क्षेत्रमा समर्थन गरिदिन नुमाले दलहरूसँग अनुरोध गरिरहेकी छन्। उनले आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि गर्नुपर्ने कामको सूचीसमेत तयार गरिसकेकी छन्। चुनावअघि आश्वासन दिने र चुनावपछि फर्केर नहेर्ने विगतका जनप्रतिनिधिको तितो अनुभव उनी आफैँ भोगेकी छन्।

    त्यही भएर उनी आश्वासन होइन, पूरा गर्न सकिने काम मात्रै सुनाइरहेकी छन्। समुदायको नाममा समुदायमाथि शोषण गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउनु र देशबाटै भ्रष्टाचार निर्मूल पार्नु उनको मुख्य लक्ष्य हो। उनी यिनै मुद्दा बोकेर चुनावी मैदानमा होमिएकी छन्।

    नतिजा फागुन २१ गतेको मतदानपछि मात्रै आउनेछ, र त्यो सुखद नै हुने उनको प्रक्षेपण छ। यद्यपि दुःख र पीडाले भरिएको नुमाको जीवनमा फागुन २१ ले खुसी नदिए पनि उनलाई खासै पिरोल्ने छैन, किनकि उनी सधैँ खुसीको आशा मात्रै गर्दै आएकी छन्।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    सरकारले २० घण्टा बितिसक्दा पनि कर्णालीमा बेपत्ता नागरिकको उद्दार गर्न सकेनः ज्ञानेन्द्र शाही

    मेलम्चीको पानी आपूर्ति आजदेखि बन्द, उपत्यकामा पानीको आपूर्ति रोकियो

    पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना र १५ दिन बिक्रीवितरण रोक्का

    सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको फोर्स गाडी कर्णाली नदीमा खस्यो

    बर्दियाबाट लालपुर्जा वितरण सुरु, २९ भूमिहीन परिवार बने कानुनी जग्गाधनी

    सहुलियत नदिने अस्पतालमाथि कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    दार्चुलामा झोलुङ्गे पुल उद्घाटनपछि हर्क साम्पाङ : महाकालीमा…

    चर्को ट्राफिक जरिवाना लगाउने प्रस्तावको अन्तर्राष्ट्रिय स्तरमै विरोध

    स्वास्थ्य बीमा बोर्डले भन्योः अनावश्यक स्वास्थ्य परीक्षण नगराउनू

    सरकारले २० घण्टा बितिसक्दा पनि कर्णालीमा बेपत्ता नागरिकको…

    सरकारले २० घण्टा बितिसक्दा पनि कर्णालीमा बेपत्ता नागरिकको…

    मेलम्चीको पानी आपूर्ति आजदेखि बन्द, उपत्यकामा पानीको आपूर्ति…

    पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना र १५…

    सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको फोर्स गाडी कर्णाली नदीमा…

    आर्थिक

    मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघका पाँच सुझाव, पूँजीबजारमैत्री नीति ल्याउन राष्ट्र बैंकसँग आग्रह

    आयल निगममा वार्षिक करोडौंको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

    चिनियाँ प्रतिस्पर्धाले नेपाली ट्रान्सफर्मर उद्योग दबाबमा, ‘निक’को उत्पादन क्षमता सात प्रतिशतमा सीमित

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑