सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौंको बसुन्धारास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरसँग सेवा शुल्कमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ।
सम्झौताअनुसार बैंकका कर्मचारी तथा ग्राहकहरूले अस्पतालले उपलब्ध गराउने विभिन्न स्वास्थ्य सेवा–सुविधामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। बैंकसँग आबद्ध रहेको प्रमाण प्रस्तुत गरेपछि ग्राहकहरूले उक्त सुविधा सहज रूपमा उपभोग गर्न सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ।
बैंकका अनुसार यस सहकार्यबाट बैंकसँग आबद्ध सम्पूर्ण सेवाग्राही तथा कर्मचारीहरूले गुणस्तरीय दन्त उपचार सेवा सहुलियत दरमा प्राप्त गर्ने विश्वास लिइएको छ।
उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्मा र कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरका सञ्चालक डा. प्रतिक्षा श्रेष्ठले हस्ताक्षर गर्नुभएको थियो।
बैंकले यस्ता सहकार्यहरू मार्फत आफ्ना ग्राहकहरूलाई थप सुविधा तथा मूल्य अभिवृद्धि सेवा प्रदान गर्दै जाने जनाएको छ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा