सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विश्वव्यापी अवधारणाको रूपमा स्थापित राष्ट्रिय क्याडेट कोर (एनसीसी) ले युवाहरूमा राष्ट्रियता, देशभक्ति, नेतृत्व, आत्मविश्वास र राष्ट्रसेवाजस्ता गुणहरू विकास तथा प्रवर्धन गर्नु सकारात्मक पक्ष भएको बताएका छन् ।
एनसीसी युथ एक्सचेन्ज प्रोग्राम अन्र्तगतका सहभागीहरूका लागि राष्ट्रपति शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो धारणा व्यक्त गरेका हुन् ।
‘यसले विभिन्न देशका युवालाई एकत्रित गरेर उनीहरूलाई वफादार, अनुशासित, जिम्मेवार, भविष्यका प्रभावशाली नेतृत्वकर्ता र असल नागरिकको रूपमा रूपान्तरण गर्ने काम गर्दै आएको छ, यसले युवाहरूमा राष्ट्रियता, देशभक्ति, नेतृत्व, आत्मविश्वास र राष्ट्रसेवाजस्ता गुणहरू विकास तथा प्रवर्धनको काम गर्नु खुसीको विषय हो’, राष्ट्रपति पौडेलले भने ।
उनले यसप्रकारको युवा आदान–प्रदान कार्यक्रमले नेपाली सेनाले मित्र राष्ट्रका सेनासँग आपसी सम्बन्धलाई बलियो बनाउनुका साथै क्याडेटहरूबीच सीप, संस्कृति र परम्पराहरूको आदान–प्रदान गर्ने सुनौलो अवसर समेत प्राप्त गरेको बताए ।
नेपालका क्याडेटहरूले हालै भारत, भुटान, पाकिस्तान, र माल्दिभ्समा आयोजित युवा आदान–प्रदान कार्यक्रममा भाग लिई आफूलाई थप विकास गर्ने अवसर पाएको तथा यस्ता कार्यक्रमबाट एकआपसमा सामाजिक, आर्थिक र सांस्कृतिक यथार्थबारे राम्ररी बुझ्न र जान्न सकिने उनको भनाई थियो ।
‘यस युवा आदान–प्रदान कार्यक्रमले हामीहरूबिचमा रहेका सम्बन्धलाई थप सुमधुर बनाउँदै विश्व नै एक समुदाय हो भन्ने सन्देश प्रवाह गर्नेछ भन्ने मेरो विश्वास छ’, राष्ट्रपति पौडेलले भने ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा