सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भैरहवा । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचनपछि पाँच वर्षसम्म सरकार स्थिर रहने संवैधानिक व्यवस्था गर्न प्रस्ताव गरेका छन्।
रूपन्देहीको भैरहवामा बिहीबार कांग्रेसका तर्फबाट पाँचै वटा निर्वाचन क्षेत्रमा मनोनयन भएका उम्मेदवारसहित आयोजित वृहत् जिल्ला भेलालाई सम्बोधन गर्दै शर्माले यस्तो प्रस्ताव अघि सारेका हुन्।
उनले निर्वाचनअघि नै प्रमुख दलहरूबीच राष्ट्रिय सहमति गरी स्थिर सरकार गठनको आधार तय गर्नुपर्ने बताए। “दोस्रो र तेस्रोलगायतका दल सरकारमा नगई पूरै पाँच वर्ष प्रतिपक्षमा बस्ने अवधारणामा चुनावपूर्व आवश्यक राष्ट्रिय सहमति गरौं,” उनले भने, “सभामुख चयनपछि बस्ने संसदको पहिलो बैठकबाट त्यो सहमतिलाई संविधानमा अंकित गरौं।”
शर्माले प्रत्यक्षतर्फको सिट र समानुपातिकतर्फको लोकप्रिय मतका आधारमा पहिलो हुने दलका नेतालाई प्रधानमन्त्री बनाएर पूरा पाँच वर्ष शासन गर्ने व्यवस्था गर्न सकिने धारणा राखे। यदि स्पष्ट बहुमत नपुगेमा ‘विनर्स टेक अल’ (Winner Takes All) को नीतिअनुसार अपुग संख्या सुनिश्चित गर्ने संवैधानिक प्रावधान बनाउन सकिने उनको भनाइ थियो।
उनले पटक–पटक सरकार परिवर्तन हुँदा विकास र नीतिगत स्थायित्व प्रभावित भएको उल्लेख गर्दै अब राजनीतिक स्थिरताको दिशामा ठोस कदम चाल्नुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रममा उनले आगामी निर्वाचनमा कांग्रेस एक्लै बहुमत ल्याउने लक्ष्यसहित अघि बढेको पनि बताए। गठबन्धन नगरी जनमतको आधारमा स्पष्ट जनादेश प्राप्त गर्ने रणनीतिमा पार्टी केन्द्रित रहेको उनको भनाइ थियो।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा