• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ फागुन २३, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • जुम्लामा राप्रपा उम्मेदवार ज्ञानेन्द्रकाे अग्रता कायमै

      बाजुरा निर्वाचन अपडेट : कांग्रेसका गिरीको अग्रता कायमै

      आजको मौसम : पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

      रुकुम पूर्वबाट प्रचण्ड विजयी

      बालेनले कटाए १३ हजार भन्दा बढी मत

      मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता, मतगणनास्थल बाहिर समर्थकहरूको भीड

      सिरहा क्षेत्र नम्बर ४ मा रास्वपाको अग्रता

      सिरहा क्षेत्र नम्बर ३ मा रास्वपाको अग्रता

      सिरहा क्षेत्र नं. २ मा रास्वपाका उम्मेदवार शिव यादव अग्रस्थानमा

      मकवानपुर क्षेत्र नं. १ मा रास्वपाका गौतम अगाडि

      काठमाडौं ६ बाट शिशिर खनाल र ८ बाट विराजभक्त श्रेष्ठ विजयी

      विराजभक्त श्रेष्ठ भन्छन् : ‘निलो क्रान्ति’ सुरु भयो

      मुस्ताङबाट कांग्रेसले खाता खोल्यो, ११ स्थानमा अग्रता

      झापा–५ मा भारी मतले बालेन अगाडि

      रुकुमा पुर्वमा नेकपाका पुष्प कमल दाहाल ८,७४७ मतले विजयी

    होमपेज /  राजनीती

    कास्की–२ मा जेन–जी पुस्ताको विद्रोही आवाज: स्वतन्त्र उम्मेदवार निर्दोष विक्रम पौडेलको उद्घोष – “अब भाषण होइन, काम गरौँ”

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ माघ २५, आईतबार (३ हफ्ता अघि)
    अनुमानित पढ्ने समय : ३ मिनेट
  • २४७ पटक पढिएको
  • कास्की। कास्की क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवारी दिएका जेन–जी पुस्ताका युवा नेता निर्दोष विक्रम पौडेलले मुलुकमा व्याप्त अन्याय, भ्रष्टाचार र युवामाथिको शोषणको हिसाब चुनावमार्फत गर्ने स्पष्ट घोषणा गरेका छन्।

    २६ जना स्वतन्त्र उम्मेदवारहरू चुनावी मैदानमा रहेको कास्की–२ मा पौडेललाई जेन–जी आन्दोलनको प्रतिनिधि पात्रका रूपमा हेरिन थालेको छ।

    चुनावी अभियानका क्रममा विभिन्न स्थानमा आयोजित मतदाता भेटघाट, घरदैलो तथा अन्तर्क्रिया कार्यक्रममा बोल्दै पौडेलले भदौ २३ र २४ गते सम्पन्न जेन–जी आन्दोलनका मुख्य माग र एजेन्डालाई आफ्नो राजनीतिक यात्राको मूल आधार बनाएको बताए।

    उनका अनुसार यो उम्मेदवारी व्यक्तिगत आकांक्षा होइन, न्याय, पारदर्शिता र जवाफदेहिताको सामूहिक आवाज हो।

    “कास्की क्षेत्र नं. २ का वास्तविक समस्या पहिचान गरी समाधान गर्नु नै मेरो मुख्य एजेन्डा हो,” पौडेलले भने।

    पौडेलले मुलुकको विद्यमान नेतृत्वले युवालाई निराशा र विदेश पलायनतर्फ धकेलेको आरोप लगाउँदै युवालाई आत्मनिर्भर बनाउने दृष्टिकोण अघि सारे।

    उनले भने, “हामी पासपोर्ट बनाउने युवा होइन, प्रोजेक्ट बनाउने युवा बनौँ। अब गफ होइन, प्रश्न गरौँ। अब भाषण होइन, हिसाब गरौँ।”

    उनका अनुसार रोजगारीको नाममा विदेश जाने बाध्यता अन्त्य नगरेसम्म देशको भविष्य सुरक्षित हुन सक्दैन।

    जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पौडेलले सहिदहरूको रगतको हिसाब चुनावपछि गरिने दाबी गरे।

    उनले भने, “सहिद जेन–जी तथा युवा पुस्ताका साथीहरूको बगेको एक–एक थोपा रगत, युवालाई शोषण गर्ने र देश लुट्ने हरेक भ्रष्टाचारीको हिसाब अब क्याल्कुलेटरमा भोट दिएर पूरा हुन्छ।”

    उनका अनुसार यो चुनाव प्रतिशोधका लागि होइन, न्याय र पारदर्शिताका लागि हो।

    पौडेलले जेन–जी पुस्ताको पीडा र निराशालाई यसरी व्यक्त गरेः “पढ्दा भविष्य भेटिएन, काम खोज्दा अवसर भेटिएन, देशको माया गर्दा नेतृत्व भेटिएन। भोट दियौँ तर परिवर्तन भेटिएन। हामी त्यो पुस्ता हौँ जसले भ्रष्टाचार देख्यो, बेरोजगारी भोग्यो, विदेश जाने लाइन बस्यो र नेताको झुट सुन्दै हुर्कियो।”

    उनका अनुसार जेन–जी युवाहरू प्रतिशोध होइन, प्रणालीगत सुधार र पारदर्शिता चाहन्छन्।

    “हामीले नयाँ पार्टी होइन, नयाँ पुस्ताको इमान्दार नेतृत्व खोजेका हौँ। अब देशको भविष्य भाषणले होइन, हाम्रो सहभागिताले लेखिनुपर्छ,” उनले भने।

    कास्की–२ मा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरिरहेका पौडेलले क्याल्कुलेटर चुनाव चिन्ह पाएका छन्।

    उनका अनुसार क्याल्कुलेटर चिन्ह हिसाब, पारदर्शिता, जवाफदेहिता र भ्रष्टाचारविरुद्धको प्रतीक हो।

    राजनीतिक तथा व्यावसायिक पृष्ठभूमि

    निर्दोष विक्रम पौडेलको राजनीतिक र सामाजिक पृष्ठभूमि विविध र सक्रिय रहेको देखिन्छः

    • भ्रष्टाचारविरुद्धका अभियन्ता
    • विद्यार्थी हकहितका लागि करिब एक दशक लामो संघर्ष
    • पोखराको प्रसिद्ध गुप्तेश्वर गुफा व्यवस्थापन समिति सदस्य
    • लायन्स क्लब अफ पोखरा पञ्चशील चौतारीका संस्थापक अध्यक्ष
    • दादा बिल्डर्स प्रा.लि. का कार्यकारी निर्देशक
    • सुपरभाइजर वेस्ट म्यानेजमेन्ट प्रा.लि.
    • ईन्द्रलक्ष्मी ज्वेलर्सका प्रमुख कार्यकारी अधिकृत (CEO)
    • नेविसंघ केन्द्रीय सदस्य
    • नेपाली कांग्रेस पोखराको उपसभापति पदका उम्मेदवार (पूर्व)

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    जनताले परिवर्तन र विकासका पक्षमा मतदान गरिरहेका छन् : दीपक बहादुर सिंह

    शंकास्पद बस्तुसहित पर्सा–२ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ

    मौन अवधिमा सामाजिक सञ्जालमार्फत फैलाइँदै आएका भ्रामक समाचारप्रति गगनको आपत्ति

    मौन अवधि उल्लङ्घन गरे के कारवाही हुन्छ ?

    धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

    बहुजन पार्टीका वरिष्ठ नेता पासवानसहित सयौँको संख्या कांग्रेसमा प्रवेश

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जुम्लामा राप्रपा उम्मेदवार ज्ञानेन्द्रकाे अग्रता कायमै

    बाजुरा निर्वाचन अपडेट : कांग्रेसका गिरीको अग्रता कायमै

    आजको मौसम : पहाडी र हिमाली भूभागका केही…

    रुकुम पूर्वबाट प्रचण्ड विजयी

    जुम्लामा राप्रपा उम्मेदवार ज्ञानेन्द्रकाे अग्रता कायमै

    रुकुम पूर्वबाट प्रचण्ड विजयी

    बालेनले कटाए १३ हजार भन्दा बढी मत

    सिरहा क्षेत्र नम्बर ४ मा रास्वपाको अग्रता

    आर्थिक

    एकैदिन सुनको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

    राष्ट्र बैंकले ६ दिनका लागि बजारबाट १ खर्ब रुपैयाँ निक्षेप खिच्ने

    तोलाको २ लाख २८ हजार ६ सय पुग्यो सुन

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत...  विस्तृतमा

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    किसुनजी’को सम्पत्ति टिनको बाकस, सुराही र छाता : क्षणभरमै भयो खरानी

    सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म

    अब कसरी बन्छ राष्ट्रिय सरकार ?

    जेनजीको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑