• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ फागुन २३, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • रुकुम पूर्वबाट प्रचण्ड विजयी

      बालेनले कटाए १३ हजार भन्दा बढी मत

      मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता, मतगणनास्थल बाहिर समर्थकहरूको भीड

      सिरहा क्षेत्र नम्बर ४ मा रास्वपाको अग्रता

      सिरहा क्षेत्र नम्बर ३ मा रास्वपाको अग्रता

      सिरहा क्षेत्र नं. २ मा रास्वपाका उम्मेदवार शिव यादव अग्रस्थानमा

      मकवानपुर क्षेत्र नं. १ मा रास्वपाका गौतम अगाडि

      काठमाडौं ६ बाट शिशिर खनाल र ८ बाट विराजभक्त श्रेष्ठ विजयी

      विराजभक्त श्रेष्ठ भन्छन् : ‘निलो क्रान्ति’ सुरु भयो

      मुस्ताङबाट कांग्रेसले खाता खोल्यो, ११ स्थानमा अग्रता

      झापा–५ मा भारी मतले बालेन अगाडि

      रुकुमा पुर्वमा नेकपाका पुष्प कमल दाहाल ८,७४७ मतले विजयी

      झापा–५ मा भारी मतले बालेन अगाडि

      सर्लाहीका चारै क्षेत्रमा रास्वपाको अग्रता

      चुनावी तयारीमा अपेक्षित ध्यान दिन नसक्दा कांग्रेस खुम्चियो : सह–महामन्त्री राणा

    होमपेज /  राजनीती

    रौतहटमा चुनावी सरगर्मी : पूर्वप्रधानमन्त्रीदेखि पूर्वसञ्चारकर्मीसम्म घरदैलोमा

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ माघ २५, आईतबार (३ हफ्ता अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १८७ पटक पढिएको
  • रौतहट । आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको मिति नजिकिँदै जाँदा रौतहटका चारवटै निर्वाचन क्षेत्रमा चुनावी सरगर्मी बढेको छ । शीर्ष नेताहरू, पूर्वमन्त्रीहरू र नयाँ अनुहारहरू यतिबेला मतदाताको विश्वास जित्न गाउँ–गाउँ र टोल–टोलमा पुगेर घरदैलो अभियानमा व्यस्त छन् । रौतहट क्षेत्र नम्बर १ मा यसपटक निकै रोचक प्रतिस्पर्धा देखिएको छ । यहाँ पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपाल चुनावी मैदानमा छन् ।

    उनीसँगै नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्वनगर प्रमुख अजय कुमार गुप्ता प्रतिस्पर्धामा छन् । कांग्रेसको तर्फबाट नेपाल सरकारका पूर्वउद्योगमन्त्री अनिल कुमार झा, जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को साझा उम्मेदवारका रूपमा मधेश प्रदेशका पूर्वकृषि राज्यमन्त्री योगेन्द्र राय यादव पनि घरदैलोमा रहेका छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजेश चौधरी, जनमत पार्टीका देवेन्द्र मिश्र, आम जनता पार्टीका त्रिभुवन साह र जन अधिकार पार्टीका संजय यादव पनि सक्रियताका साथ मतदाता रिझाउन व्यस्त देखिन्छन् । यस क्षेत्रमा विकास र पूर्वाधार निर्माणलाई नै सबै उम्मेदवारले मुख्य प्राथमिकतामा राखेका छन् ।

    क्षेत्र नम्बर २ मा पनि चुनावी प्रतिस्पर्धा तीव्र छ । यहाँ नेपाली कांग्रेसका तर्फबाट डा. मोहम्मद फिर्दोस आलम र नेकपा एमालेका मोहम्मद अतिउल्लाहबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । यस्तै, नेपाली कम्युनिष्ट पार्टीबाट पूर्वसांसद किरण कुमार साह, जसपाबाट राम आशिस यादव, रास्वपाबाट शेख सगीर र आम जनता पार्टीबाट भगवान पटेल पनि चुनावी मैदानमा उत्रिएका छन् । क्षेत्र नम्बर ३ मा आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साह पुनः आफ्नो वर्चस्व जोगाउने दाउमा छन् ।

    उनलाई टक्कर दिन यस क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीकी समाजसेवी महिला उम्मेदवार पुनम यादव र, नेकपा एमालेले पूर्वप्रदेश सांसद कुन्दन कुशवाहालाई मैदानमा उतारेको छ । रास्वपाका रविन्द्र पटेल धिरज, नेपाली कांग्रेसले राम कृपाल यादव, जसपाका गोविन्द चौधरी, जनमतका शेख प्रबेज आलम र नेमकिपाकी रेखा पटेल पनि मतदाताको घरदैलोमा पुगेर आफ्नो पक्षमा जनमत सिर्जना गर्न लागिपरेका छन् ।
    रौतहट क्षेत्र नम्बर ४ यसपटक देशभरिकै ध्यान तान्ने क्षेत्र बनेको छ । यहाँ चर्चित पूर्व सञ्चारकर्मी ऋषि धमला आम जनता पार्टीबाट चुनावी मैदानमा होमिएका छन् ।

    धमलाको उम्मेदवारीले यस क्षेत्रको प्रतिस्पर्धालाई थप रोचक बनाएको छ । यहाँ नेपाली कांग्रेसका देव प्रसाद तिमिल्सिना, नेकपा एमालेका रामजी साह, नेपाली कम्युनिष्ट पार्टीका राम कुमार भट्टराई र रास्वपाका गणेश पौडेल बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । उम्मेदवारहरूले बेरोजगारी समस्या समाधान, शिक्षा र स्वास्थ्यमा सुधारका प्रतिवद्धताहरू मतदातासामु राखिरहेका छन् । सबै क्षेत्रका उम्मेदवारहरूले रौतहटको पिछडिएको क्षेत्रको विकास, सडक सञ्जालको विस्तार, सिँचाइ र शिक्षामा सुधारलाई नै आफ्नो चुनावी नारा बनाएका छन् ।

    फागुन २१ को निर्वाचनले रौतहटको राजनीतिक भविष्य कुन दिशामा लैजाने हो, त्यसको छिनोफानो गर्नेछ । हाललाई भने रौतहटका गाउँ–बस्तीमा चुनावी नारा र उत्साहले माहोल निकै तातिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    जनताले परिवर्तन र विकासका पक्षमा मतदान गरिरहेका छन् : दीपक बहादुर सिंह

    शंकास्पद बस्तुसहित पर्सा–२ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ

    मौन अवधिमा सामाजिक सञ्जालमार्फत फैलाइँदै आएका भ्रामक समाचारप्रति गगनको आपत्ति

    मौन अवधि उल्लङ्घन गरे के कारवाही हुन्छ ?

    धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

    बहुजन पार्टीका वरिष्ठ नेता पासवानसहित सयौँको संख्या कांग्रेसमा प्रवेश

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रुकुम पूर्वबाट प्रचण्ड विजयी

    बालेनले कटाए १३ हजार भन्दा बढी मत

    मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता, मतगणनास्थल बाहिर…

    सिरहा क्षेत्र नम्बर ४ मा रास्वपाको अग्रता

    रुकुम पूर्वबाट प्रचण्ड विजयी

    बालेनले कटाए १३ हजार भन्दा बढी मत

    सिरहा क्षेत्र नम्बर ४ मा रास्वपाको अग्रता

    सिरहा क्षेत्र नम्बर ३ मा रास्वपाको अग्रता

    आर्थिक

    एकैदिन सुनको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

    राष्ट्र बैंकले ६ दिनका लागि बजारबाट १ खर्ब रुपैयाँ निक्षेप खिच्ने

    तोलाको २ लाख २८ हजार ६ सय पुग्यो सुन

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत...  विस्तृतमा

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    किसुनजी’को सम्पत्ति टिनको बाकस, सुराही र छाता : क्षणभरमै भयो खरानी

    सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म

    अब कसरी बन्छ राष्ट्रिय सरकार ?

    जेनजीको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑