• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ फागुन २३, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • जुम्लामा राप्रपा उम्मेदवार ज्ञानेन्द्रकाे अग्रता कायमै

      बाजुरा निर्वाचन अपडेट : कांग्रेसका गिरीको अग्रता कायमै

      आजको मौसम : पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

      रुकुम पूर्वबाट प्रचण्ड विजयी

      बालेनले कटाए १३ हजार भन्दा बढी मत

      मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता, मतगणनास्थल बाहिर समर्थकहरूको भीड

      सिरहा क्षेत्र नम्बर ४ मा रास्वपाको अग्रता

      सिरहा क्षेत्र नम्बर ३ मा रास्वपाको अग्रता

      सिरहा क्षेत्र नं. २ मा रास्वपाका उम्मेदवार शिव यादव अग्रस्थानमा

      मकवानपुर क्षेत्र नं. १ मा रास्वपाका गौतम अगाडि

      काठमाडौं ६ बाट शिशिर खनाल र ८ बाट विराजभक्त श्रेष्ठ विजयी

      विराजभक्त श्रेष्ठ भन्छन् : ‘निलो क्रान्ति’ सुरु भयो

      मुस्ताङबाट कांग्रेसले खाता खोल्यो, ११ स्थानमा अग्रता

      झापा–५ मा भारी मतले बालेन अगाडि

      रुकुमा पुर्वमा नेकपाका पुष्प कमल दाहाल ८,७४७ मतले विजयी

    होमपेज /  राजनीती

    पीएचडी अध्ययनरत भक्तपुर–२ मा उज्यालो पार्टीका उम्मेदवार जितराम लामा, सुशासन र समावेशी विकासको एजेन्डा

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ माघ २५, आईतबार (३ हफ्ता अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ४२८ पटक पढिएको
  • भक्तपुर। यही फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो पार्टी नेपालको तर्फबाट भक्तपुर क्षेत्र नं. २ मा जितराम लामा उम्मेदवार बनेका छन्। लामो समयदेखि सामाजिक सेवा, नीति निर्माण र विकासका क्षेत्रमा सक्रिय रहँदै आएका लामालाई उज्यालो पार्टी नेपालले अनुभवी र योग्य उम्मेदवारका रूपमा अघि सारेको जनाएको छ।

    लामाको जन्म काभ्रे जिल्लाको चैरी देउराली गाउँपालिका–७, मादनकुडारी मा भएको हो। हाल उनी सूर्यविनायक नगरपालिका–५, भक्तपुर का स्थायी बासिन्दा हुन्। ग्रामीण परिवेशमा हुर्किएका लामाले स्थानीय आवश्यकता, समस्या र सम्भावनालाई नजिकबाट बुझेको दाबी गरेका छन्।

    लामाले व्यवस्थापन र समाजशास्त्र विषयमा दुईवटा स्नातकोत्तर (मास्टर्स) अध्ययन पूरा गरेका छन्। साथै, उनी हाल विपद् व्यवस्थापन विषयमा विद्यावारिधि (PhD) अध्ययनरत छन्। उनको शैक्षिक पृष्ठभूमिले नीति निर्माण, योजना कार्यान्वयन र संकट व्यवस्थापनमा व्यावहारिक योगदान दिन सक्ने विश्वास पार्टीले व्यक्त गरेको छ।

    तीन दशकभन्दा बढी समयदेखि सामाजिक क्षेत्रमा क्रियाशील लामा नेपालको ग्रामीण समुदायको समग्र विकासका लागि निरन्तर सक्रिय रहँदै आएका छन्। उनले शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, विपद् जोखिम न्यूनीकरण, जलवायु अनुकूलन लगायतका क्षेत्रमा नागरिक तथा सामाजिक संघ–संस्थामार्फत प्रभावकारी भूमिका निर्वाह गरेका छन्।

    २०७२ सालको विनाशकारी भूकम्पपछिको पुनर्निर्माण प्रक्रियामा लामा महत्वपूर्ण रूपमा संलग्न थिए। त्यसैगरी, कोभिड–१९ महामारीका बेला नेपाली गैरसरकारी संघसंस्थाहरूको प्रभावकारी परिचालन, राहत तथा स्वास्थ्य सामग्री व्यवस्थापन र समन्वयमा उनको भूमिका उल्लेखनीय रहेको बताइन्छ। उनले अन्तर्राष्ट्रिय दातृ निकायहरूसँग समन्वय गर्दै स्रोत व्यवस्थापन र सहकार्य सुदृढ गर्न निरन्तर पहल गरेका थिए।

    लामा गैरसरकारी संस्था महासंघ नेपाल (NGO Federation of Nepal) का पूर्व अध्यक्ष हुन्। यस क्रममा उनले नेपालका नागरिक तथा सामाजिक संघसंस्थाहरूको साझा आवाजलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा उठाउने काम गरेका थिए। एशिया तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न सञ्जाल र महासंघहरूमा रही उनले नेतृत्वदायी भूमिका निर्वाह गर्दै नेपालको नागरिक समाजको प्रतिनिधित्व गरेका छन्।

    यसैगरी, उनी राष्ट्रिय योजना आयोग अन्तर्गतको राष्ट्रिय विकास परिषद तथा दीगो विकास लक्ष्य (SDGs) कार्यान्वयन तथा अनुगमन समितिका सदस्यका रूपमा रहेर नेपालको समग्र विकास प्रक्रिया, दीर्घकालीन योजना र नीतिगत सुधारमा योगदान दिँदै आएका छन्।

    स्थानीय स्तरमा लामाले भक्तपुर जिल्लाका नंखेल, कांक्राबारी, नैचाल, चांगुनारायण, सुडाल लगायतका ग्रामीण भेगहरूमा खानेपानी सेवा विस्तारमा प्रत्यक्ष योगदान पुर्‍याएका छन्। साथै, भक्तपुर जिल्लालाई खुला दिशामुक्त जिल्ला घोषणा गर्ने अभियानमा समेत उनले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिएको छ।

    लामा लामो समयदेखि लेखापरीक्षकका रूपमा समेत कार्यरत रहँदै आएका छन्। यसले पारदर्शिता, जवाफदेहिता र सुशासनप्रति उनको प्रतिबद्धतालाई थप मजबुत बनाएको बताइन्छ। उनले राजनीतिक नेतृत्वमा पुगेपछि विकासका काममा पारदर्शिता र उत्तरदायित्वलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

    उज्यालो पार्टी नेपालका अनुसार लामा समुन्नत, समावेशी र सुशासित भक्तपुर तथा नेपालको निर्माणलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्। दीर्घ सामाजिक अनुभव, नीतिगत समझदारी, उच्च शैक्षिक योग्यता र व्यावसायिक दक्षताका आधारमा उनले संसदमा प्रभावकारी भूमिका खेल्न सक्ने विश्वास पार्टीले व्यक्त गरेको छ।

    मेरो उम्मेदवारी किन ?

    भक्तपुर २ को आवाज, सपना र भविष्यको प्रतिनिधि बनेर उभिएको छु। भक्तपुर केवल इतिहास होइन, भक्तपुर संभावनाले भरिएको भविष्य पनि हो। मेरो भिजन छ— “संरक्षणसँगै समृद्धि, संस्कृतिसँगै आधुनिकता, र जनतासँगै शासन।”:

    १. समग्र आर्थिक विकास र रोजगारी मेरो पहिलो प्राथमिकता हो— स्थानीय रोजगारी, स्थानीय उत्पादन र स्थानीय बजार। भक्तपुरका परम्परागत पेशा—माटो, काठ, धातु, कपडा, कृषि र पर्यटनलाई आधुनिक सीप, प्रविधि र बजारसँग जोड्नेछु।

    २. शिक्षा र ज्ञान अर्थतन्त्र आजको युग ज्ञान र प्रविधिको युग हो। सरकारी विद्यालयलाई गुणस्तरीय, प्रविधिमैत्री र प्रतिस्पर्धी बनाइनेछ। भक्तपुरलाई सीप, अनुसन्धान र इनोभेसनको केन्द्र बनाउने दीर्घकालीन योजना छ।

    ३. स्वास्थ्य र सामाजिक सुरक्षा

    ४. पूर्वाधार र वातावरण मैत्री व्यवस्थित शहरी विकास विकास भनेको कंक्रिट मात्र होइन, व्यवस्थित, सुरक्षित र वातावरणमैत्री जीवन हो। सडक, खानेपानी, ढल र फोहोर व्यवस्थापनलाई दीर्घकालीन मास्टर प्लान अनुसार अघि बढाइनेछ। पुराना बस्ती र सांस्कृतिक सम्पदाको संरक्षण गर्दै स्मार्ट र हरित शहर को अवधारणा लागू गरिनेछ। भूकम्प र विपद् जोखिम न्यूनीकरणमा स्थानीय समुदायलाई केन्द्रमा राखिनेछ।

    ५. सुशासन, पारदर्शिता र जनसहभागिता मेरो प्रतिबद्धता स्पष्ट छ— भ्रष्टाचारसँग सम्झौता हुँदैन। प्रत्येक विकास योजना जनतासँग छलफल र सार्वजनिक सुनुवाइ मार्फत अघि बढाइनेछ। डिजिटल प्रणालीमार्फत बजेट, योजना र प्रगतिको सार्वजनिक जानकारी उपलब्ध गराइनेछ। जनप्रतिनिधि भनेको मालिक होइन, सेवक हो भन्ने संस्कार स्थापित गरिनेछ। अन्त्यमा आदरणीय जनताज्यू, मेरो भिजन कुनै कागजी सपना होइन, यो तपाईंहरूसँगै बनेको साझा यात्रा हो। यदि तपाईंहरू मेरो साथमा उभिनुहुन्छ भने, भक्तपुर क्षेत्र नं. २ लाई संस्कृतिमा गर्व गर्ने, अवसरमा अग्रणी र विकासमा उदाहरणीय क्षेत्र बनाउनेछौँ। भविष्य सन्तानका लागि सुरक्षित, समृद्ध र सम्मानजनक बनाऔँ। जय भक्तपुर, जय उज्याले नेपाल धन्यवाद।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    जनताले परिवर्तन र विकासका पक्षमा मतदान गरिरहेका छन् : दीपक बहादुर सिंह

    शंकास्पद बस्तुसहित पर्सा–२ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ

    मौन अवधिमा सामाजिक सञ्जालमार्फत फैलाइँदै आएका भ्रामक समाचारप्रति गगनको आपत्ति

    मौन अवधि उल्लङ्घन गरे के कारवाही हुन्छ ?

    धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

    बहुजन पार्टीका वरिष्ठ नेता पासवानसहित सयौँको संख्या कांग्रेसमा प्रवेश

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जुम्लामा राप्रपा उम्मेदवार ज्ञानेन्द्रकाे अग्रता कायमै

    बाजुरा निर्वाचन अपडेट : कांग्रेसका गिरीको अग्रता कायमै

    आजको मौसम : पहाडी र हिमाली भूभागका केही…

    रुकुम पूर्वबाट प्रचण्ड विजयी

    जुम्लामा राप्रपा उम्मेदवार ज्ञानेन्द्रकाे अग्रता कायमै

    रुकुम पूर्वबाट प्रचण्ड विजयी

    बालेनले कटाए १३ हजार भन्दा बढी मत

    सिरहा क्षेत्र नम्बर ४ मा रास्वपाको अग्रता

    आर्थिक

    एकैदिन सुनको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

    राष्ट्र बैंकले ६ दिनका लागि बजारबाट १ खर्ब रुपैयाँ निक्षेप खिच्ने

    तोलाको २ लाख २८ हजार ६ सय पुग्यो सुन

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत...  विस्तृतमा

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    किसुनजी’को सम्पत्ति टिनको बाकस, सुराही र छाता : क्षणभरमै भयो खरानी

    सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म

    अब कसरी बन्छ राष्ट्रिय सरकार ?

    जेनजीको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑