सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रौतहट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सगिर आलम चढेको गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु भएको छ।
जिल्लाको ईशनाथ नगरपालिका–४ मठिया टोलमा बा. १५ च ४२४४ नम्बरको क्रेटा गाडीले ठक्कर दिँदा स्थानीय शेख साजिरकी छोरी करिब ४ वर्षीया खातुनको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ।
दुर्घटनापछि गाडीमा सवार उम्मेदवार सगिर आलम र सवारी चालक घटनास्थलबाट फरार भएका छन्। रौतहट प्रहरीले उक्त गाडी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिए।
प्रहरी उपरीक्षक रिजालका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ भने फरार रहेका व्यक्ति पहिचान गरी पक्राउ गर्ने प्रयास तीव्र पारिएको छ। दोषीमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
घटनापछि स्थानीयवासी आक्रोशित बनेका छन् भने क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा