सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सी । बङ्गलादेशमा जारी संसदीय निर्वाचनका क्रममा विभिन्न स्थानमा तनाव र झडपका घटना भएका छन्। यसक्रममा एक जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।
रिपोर्टअनुसार सदर क्षेत्रस्थित आलिया मदरसा मतदान केन्द्र बाहिर जमात–ए–इस्लामीका कार्यकर्तासँग भएको विवादमा बीएनपी नेता मोहिबुज्जमान कोचीको मृत्यु भएको हो। उनी खुलना मेट्रोपोलिटन बीएनपीका पूर्वसचिव रहेका थिए।
निर्वाचन क्षेत्रका बीएनपी उम्मेदवारका मुख्य प्रतिनिधि मोहम्मद मोनिरुज्जमान मोनीका अनुसार बिहान करिब ८ बजे आलिया मदरसाका कार्यवाहक प्रधानाध्यापक मोहम्मद अब्दुर रहीमले जमातको पक्षमा प्रचार गर्न थालेका थिए। त्यस क्रममा कोचीले आपत्ति जनाउँदै रोकेपछि दुई समूहबीच विवाद सुरु भएको बताइएको छ।
विवादकै क्रममा कोचीको स्वास्थ्य अवस्था अचानक बिग्रिएको र उनलाई तत्काल अस्पताल लगिएको थियो। अस्पताल पुर्याएपछि चिकित्सकहरूले मृत घोषणा गरेका थिए।
यद्यपि जमात–ए–इस्लामीका एक नेताले भने कोचीको मृत्यु हृदयाघातका कारण भएको दाबी गरेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।
यसैबीच मुन्सीगन्ज–३ र गोपालगन्ज सदर निर्वाचन क्षेत्रमा मतदान केन्द्रबाहिर कच्चा बम प्रहार भएको छ। मुन्सीगन्ज–३ मा विस्फोटपछि केही समय मतदान स्थगित गरिएको थियो भने पछि पुनः सुरु गरिएको छ।
गोपालगन्ज सदर क्षेत्रमा भएको विस्फोटमा दुई जना सुरक्षाकर्मी र एक १४ वर्षीया बालिका घाइते भएका छन्। घाइतेहरूको उपचार भइरहेको बताइएको छ।
बङ्गलादेशका करिब ३३ हजार मतदान केन्द्रमा आज बिहानदेखि मतदान जारी रहेको छ। सुरक्षा व्यवस्था कडा पारिएको अधिकारीहरूले जनाएका छन्।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा