सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जनकपुरधाम । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष तथा धनुषा क्षेत्र नम्बर ३ का उम्मेदवार राजीव झा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन्।
आज आयोजित एक समारोहबीच रास्वपाका उम्मेदवार मनिष झाले झालाई पार्टीमा स्वागत गर्दै औपचारिक रूपमा प्रवेश गराएका हुन्। झा राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय उपाध्यक्षसमेत रहेका थिए।
झासँगै राष्ट्रिय मुक्ति पार्टीका अन्य केही नेता तथा कार्यकर्ताहरूले पनि रास्वपा प्रवेश गरेका छन्। प्रवेश कार्यक्रममा दुवै पक्षका नेताहरूले आगामी राजनीतिक सहकार्य र क्षेत्रीय विकासका विषयमा प्रतिबद्धता व्यक्त गरेका थिए।
रास्वपामा झाको प्रवेशसँगै धनुषा–३ मा राजनीतिक समीकरणमा परिवर्तन आउने आकलन गरिएको छ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा