सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ। विगत १५ वर्षदेखि सम्पदा, संस्कृति, जात्रा र पर्व संरक्षणको अभियानमा निरन्तर सक्रिय रहँदै आएका सम्पदा अभियन्ता तथा युवा नेता राजन खड्गी काठमाडौँ क्षेत्र नम्बर ८ मा कुनै अपरिचित नाम होइनन्। जनताको आवाज बोल्ने, अन्यायविरुद्ध निडर रूपमा उभिने र न्यायको पक्षमा सधैं अग्रपंक्तिमा रहने अभियन्ताका रूपमा परिचित खड्गीलाई यसपटक उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाएको छ।
पार्टीका अनुसार खड्गी यस क्षेत्रका सबैभन्दा कान्छा उम्मेदवारमध्ये एक मात्र होइन, स्थानीय तहमा व्यापक रूपमा चिनिएका र लोकप्रिय उम्मेदवारसमेत हुन्। युवाको ढुकढुकी र स्थानीय जनताको चाहनाले यसपटक उनलाई “सडकदेखि सदनसम्म” देख्न चाहेको संकेत देखिएको छ।
राजन खड्गी विगत डेढ दशकदेखि “हाम्रो जात्रा, हाम्रो संस्कृति, हाम्रो राष्ट्रिय पहिचान, हाम्रो भाषा, हाम्रो भूमि, हाम्रो नदीनाला र नागरिक अधिकार” का लागि निरन्तर राज्यसँग आवाज उठाउँदै आएका अभियन्ता हुन्। जात्रा–पर्व संरक्षणदेखि ऐतिहासिक सम्पदा जोगाउने अभियानसम्म उनी सधैं अग्रपंक्तिमा देखिँदै आएका छन्।
स्थानीयवासीका अनुसार, सम्पदा संरक्षणका सवालमा जोखिम मोलेरै सडकमा उत्रन सक्ने साहसिलो नेतृत्व नै खड्गीको पहिचान बनेको छ।
राजन खड्गी खुला मञ्च खुला गराउने महाअभियानका संयोजक का रूपमा चर्चित छन्। उक्त अभियानमार्फत ऐतिहासिक खुला मञ्च कंक्रिट संरचनामा परिणत हुनबाट जोगाउन उनले निर्णायक भूमिका खेलेका थिए।
आज खुला मञ्च खुला, हराभरा र सार्वजनिक प्रयोगका लागि सुरक्षित रहनुमा खड्गी नेतृत्वको अभियानलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिइन्छ।
नेवा समुदायको गुठी व्यवस्था र सांस्कृतिक पहिचानमाथि चुनौती आइपर्दा खड्गी गुठी विधेयकविरुद्धको आन्दोलनमा सडक नेतृत्व गर्ने प्रमुख पात्र थिए। दुई तिहाइ बहुमतको सरकारलाई समेत गुठी विधेयक फिर्ता लिन बाध्य पार्ने दबाब सिर्जना गर्न उनले निर्णायक भूमिका निर्वाह गरेका थिए।
समर्थकहरूका अनुसार, “आफ्नो ज्यानकै बाजी राखेर संस्कृति र समुदायका लागि लड्ने वीर योद्धा जस्तै स्वभाव नै राजन खड्गीको राजनीतिक परिचय हो।”
विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रलाई २४ सै घण्टा सवारीसाधन निषेध (भेकल–फ्री) क्षेत्र बनाउने अवधारणाका मुख्य योजनाकार पनि राजन खड्गी नै हुन्। यस योजनाले सम्पदा संरक्षण, पर्यटक सुरक्षाका साथै सांस्कृतिक वातावरण जोगाउन महत्वपूर्ण योगदान दिएको सरोकारवालाहरूको भनाइ छ।
देशमा कुनै पनि ठूलो विपद् आइपर्दा स्वयंसेवकका रूपमा अग्रपंक्तिमा खटिने नाम पनि राजन खड्गी नै हो। भूकम्प, महामारी तथा अन्य सामाजिक संकटका समयमा उनले राहत, समन्वय र व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।
यसै क्रममा, अनामनगर चौकीमा १३ वर्षदेखि अलपत्र अवस्थामा रहेको ऐतिहासिक चैत्यलाई बाजागाजासहित विधिपूर्वक स्थानान्तरण गरी बागबजारस्थित पुरानो स्थानमा पुनःस्थापना गराउने कार्यमा पनि उनको महत्वपूर्ण भूमिका रहेको थियो।
राजन खड्गीलाई न कसैसँग डराउने, न लोभ–लालचमा पर्ने, न कसैको अगाडि झुक्ने व्यक्तित्वका रूपमा चिनिन्छ। अन्यायको विरुद्ध आवाज उठाउने र न्यायका लागि निरन्तर लड्ने स्वभाव नै उनको राजनीतिक यात्राको आधार बनेको छ।
जात्रा–पर्वप्रति विशेष लगाव राख्ने खड्गी लामो समयदेखि स्वयंसेवकका रूपमा जात्रा व्यवस्थापनमा सक्रिय रहँदै आएका छन्।
उज्यालो नेपाल पार्टीबाट उम्मेदवार बनेका खड्गीले “सम्पदादेखि संगीतसम्म, अब सडकदेखि सदनसम्म” भन्ने नारासहित आफ्नो अभियान अघि बढाएका छन्।
स्थानीय जनताका अनुसार, यदि राजन खड्गी संसदसम्म पुगे भने काठमाडौँ–८ का सम्पदा, संस्कृति, वातावरण र नागरिक अधिकारका मुद्दा पहिलो पटक सशक्त रूपमा प्रतिनिधिसभामा उठ्नेछन्।
१५ वर्षको सडक संघर्ष, सम्पदा संरक्षण र नागरिक अधिकारको अभियानपछि राजन खड्गीको उम्मेदवारीलाई धेरैले अभियन्ताबाट सांसद बन्ने स्वाभाविक राजनीतिक यात्राको निरन्तरताका रूपमा हेरेका छन्। अब काठमाडौँ–८ का मतदाताले उनको संघर्षलाई सदनसम्म पुर्याउने कि नपुर्याउने भन्ने अन्तिम निर्णय मतपेटिकामार्फत गर्नेछन्।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा