सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रौतहट । रौतहट–४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट संसदीय उम्मेदवार बनेका गणेश पौडेल शिक्षालाई मूल एजेन्डा बनाएर निर्वाचन अभियानमा सक्रिय हुनुहुन्छ। दुई विषयमा स्नातकोत्तर (Masters) अध्ययन पूरा गर्नुभएका पौडेल लामो समयदेखि शिक्षा क्षेत्रमा समर्पित व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ।
शिक्षक बन्नुअघि नै उहाँले आर्थिक, सामाजिक तथा शैक्षिक रूपमा पछाडि परेका विद्यार्थीहरूलाई विभिन्न माध्यमबाट सहयोग गर्दै आउनुभएको थियो। शिक्षालाई समाज परिवर्तनको मूल आधार ठान्ने उहाँले त्यस समयदेखि नै विद्यार्थीको भविष्य निर्माणमा योगदान पुर्याउँदै आउनुभएको स्थानीय बताउँछन्।
पौडेलले १८ वर्षभन्दा बढी समय शिक्षकको रूपमा सेवा गर्दै विद्यालय तहदेखि उच्च शिक्षासम्मका समस्या नजिकबाट बुझेका छन्। पाठ्यक्रम, शिक्षक व्यवस्थापन, शैक्षिक पूर्वाधार, विद्यार्थीको पहुँच र गुणस्तरमा देखिएका कमजोरीलाई प्रत्यक्ष अनुभव गरेका कारण शिक्षा सुधार आफ्नो राजनीतिक यात्राको केन्द्रीय मुद्दा बनेको उहाँको भनाइ छ।
हाल उहाँ रौतहट–४ का विभिन्न स्थानमा पुगेर घरदैलो, अन्तर्क्रिया र जनसंवादमार्फत मतदातासँग प्रत्यक्ष संवाद गरिरहनुभएको छ। चुनावी अभियानका क्रममा उहाँले शिक्षामा दीर्घकालीन नीति, स्थानीय आवश्यकताअनुसारको पाठ्यक्रम, प्राविधिक तथा सीपमूलक शिक्षाको विस्तार र शिक्षक–विद्यार्थी मैत्री वातावरण निर्माणलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
संघीय संसद सदस्य बनेर रौतहटको शिक्षा प्रणालीमा गुणात्मक र दीर्घकालीन परिवर्तन ल्याउने लक्ष्य रहेको उल्लेख गर्दै पौडेलले शिक्षा, नैतिकता र अवसरको समान पहुँचले मात्रै समुन्नत समाज निर्माण सम्भव हुने बताउनुभएको छ। शिक्षामा गरिएको लगानी नै देशको भविष्यमा गरिएको लगानी भएको उहाँको धारणा छ।
स्थानीय मतदाताहरू माझ शिक्षासँग जोडिएको लामो अनुभव, सरल व्यक्तित्व र स्पष्ट दृष्टिकोणका कारण पौडेलप्रति उत्साह बढ्दै गएको देखिन्छ। शिक्षालाई राजनीति भन्दा माथि राखेर काम गर्ने उम्मेदवारको रूपमा आफूलाई स्थापित गर्ने प्रयासमा उहाँ हुनुहुन्छ।

युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा