• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ १८, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघका पाँच सुझाव, पूँजीबजारमैत्री नीति ल्याउन राष्ट्र बैंकसँग आग्रह

      बैंगलोरमा नेपाली महावाणिज्य दूतावास स्थापना गर्न सांसदको माग

      दैलेखमा यात्रुबाहक माइक्रो बस कर्णाली नदीमा खस्यो, उद्धार कार्य जारी

      संग्रहालय विकासका लागि कानुन, जनशक्ति र दिगो वित्तीय मोडल आवश्यक

      बजेट पुनर्लेखनको माग गर्दै मधेश प्रदेश सभामा विपक्षी दलहरुको अवरोध, बैठक स्थगित

      आयल निगममा वार्षिक करोडौंको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

      गोरखापत्र संस्थानमा रावल र सुरक्षण मुद्रण केन्द्रमा ढुंगाना नियुक्त

      सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने कानुनी व्यवस्था स्पष्ट पार्न सांसद शर्माको माग 

      सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको फोर्स गाडी कर्णाली नदीमा खस्यो

      देशको प्रधानमन्त्री बन्नुस्, जनताको पक्षमा गम्भीर हुन सिक्नुस् : एमाले सांसद सिद्धिकी

      हेल्मेटबिना मोटरसाइकल चलाएको भन्दै मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक कारबाहीमा

      व्हाट्सएपमा फोन नम्बर बिना कुराकानी गर्ने ‘युजरनेम’ सुविधा आउँदै

      अमेरिका पठाउन लागिएका सुन–चाँदीजस्ता गरगहनासहित दुई जना पक्राउ

      चिनियाँ प्रतिस्पर्धाले नेपाली ट्रान्सफर्मर उद्योग दबाबमा, ‘निक’को उत्पादन क्षमता सात प्रतिशतमा सीमित

      सुनचाँदीको मूल्य बढ्यो

    होमपेज /  मुख्य समाचार

    प्रधानमन्त्री कार्कीको प्रमुख आतिथ्यतामा प्रहरी निरीक्षक आधारभूत तालिम दीक्षान्त सम्पन्न

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ माघ १९, सोमबार (५ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ६२ पटक पढिएको
  • काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगंजमा सोमबार प्रहरी निरीक्षक आधारभूत तालिम १–१८३औँ (पोष्ट ग्र्याजुएट डिप्लोमा इन पुलिस साइन्स १४औँ समूह) को दीक्षान्त समारोह सम्पन्न भएको छ।

    समारोहमा प्रधानमन्त्री कार्कीले तालिममा सर्वप्रथम तथा शारीरिक क्षमता र आत्मबल अभिवृद्धिमा प्रथम हुन सफल प्रशिक्षार्थी प्रहरी निरीक्षक निराजन बस्नेतलाई स्वर्गीय “कुलानन्द विद्या सर्वप्रथम पुरस्कार” प्रदान गर्नुभयो। साथै उहाँले विभिन्न विधामा उत्कृष्टता हासिल गर्ने अन्य प्रशिक्षार्थीहरूलाई पनि पुरस्कार प्रदान गर्नुभयो।

    समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले कठिन परिश्रम, अनुशासन र समर्पण भावका साथ तालिम सम्पन्न गरी दीक्षित भएका सम्पूर्ण प्रहरी निरीक्षकहरूलाई बधाई तथा सफल सेवाकालको शुभकामना व्यक्त गर्नुभयो। तालिमका क्रममा विकसित नेतृत्व क्षमता, निर्णय क्षमता र संकट सामना गर्ने अभ्यास पेशागत जीवनका आधार स्तम्भ भएको उल्लेख गर्दै नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउने जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न निर्देशन दिनुभयो।

    नेपाल प्रहरी राज्य र नागरिकबीचको पहिलो सम्पर्क बिन्दु भएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले कानुनभन्दा माथि कोही नभए पनि कानुन कार्यान्वयन गर्ने अधिकृतमा शिष्टता, मानवता र व्यावसायिकता अनिवार्य हुनुपर्ने बताउनुभयो। अनुसन्धान स्पष्ट र निष्पक्ष भएमा मात्र कानुनको सही कार्यान्वयन सम्भव हुने उहाँको भनाइ थियो।

    परम्परागत अपराधसँगै साइबर, संगठित, वित्तीय तथा बहुदेशीय अपराधका चुनौती बढ्दै गएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले प्रहरीको भूमिका आदेश पालकमा मात्र सीमित नरही विश्लेषक र समाधानकर्ताका रूपमा विकसित हुनुपर्नेमा जोड दिनुभयो। साथै आगामी निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन नेपाल प्रहरीलाई कुनै राजनीतिक प्रभाव वा पूर्वाग्रहबाट माथि उठेर काम गर्न निर्देशन दिनुभयो।

    उक्त अवसरमा गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरी कानुन कार्यान्वयन, अपराध नियन्त्रण, मानवअधिकार संरक्षण तथा विपद् व्यवस्थापनमा महत्वपूर्ण जिम्मेवारी बोकेको संस्था भएको बताउनुभयो। दीक्षित प्रहरी अधिकृतहरू अब राज्यका प्रतिनिधि र जनविश्वासका वाहक भएको उहाँको भनाइ थियो।

    समारोहमा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले करिब १९ महिनाको कठोर प्रशिक्षणपछि दीक्षित भएका प्रहरी निरीक्षकहरूलाई बधाई दिँदै नागरिक सेवामा समर्पित नेपाल प्रहरी संगठनमा स्वागत गर्नुभयो।

    कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धी बिक्रम शाहले सपथ ग्रहण गराउनुका साथै तालिमसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभयो। २०८१ साउन २१ गतेदेखि सुरु भएको उक्त तालिममा ९ महिला सहित कुल ९२ जना प्रहरी निरीक्षक सहभागी रहेको र सबैले सफलतापूर्वक तालिम पूरा गरेको जानकारी दिइयो।

    दीक्षान्त समारोहमा उच्च सरकारी अधिकारी, सुरक्षा निकायका प्रमुखहरू, पूर्व प्रहरी महानिरीक्षकहरू, सञ्चारकर्मी तथा दीक्षित प्रशिक्षार्थीका अभिभावकहरूको उपस्थिति रहेको थियो।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको फोर्स गाडी कर्णाली नदीमा खस्यो

    बर्दियाबाट लालपुर्जा वितरण सुरु, २९ भूमिहीन परिवार बने कानुनी जग्गाधनी

    सहुलियत नदिने अस्पतालमाथि कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

    शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

    प्रचण्डलाई ओलीको जवाफः एकता गर्दैनौं पार्टी प्रवेश गर्नेलाई उदारताका साथ समेट्छौं

    एक्शनमा मन्त्री यादव: भाडा नतिर्ने उद्योगको लाइन काटियो, दुई सातामै उठ्यो ४२ करोड बढी बक्यौता

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    थमन विक हत्या प्रकरण : पूर्वसांसद लक्ष्मी महतो…

    मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघका पाँच सुझाव,…

    बैंगलोरमा नेपाली महावाणिज्य दूतावास स्थापना गर्न सांसदको माग

    दैलेखमा यात्रुबाहक माइक्रो बस कर्णाली नदीमा खस्यो, उद्धार…

    सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको फोर्स गाडी कर्णाली नदीमा…

    बर्दियाबाट लालपुर्जा वितरण सुरु, २९ भूमिहीन परिवार बने…

    सहुलियत नदिने अस्पतालमाथि कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

    शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

    आर्थिक

    मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघका पाँच सुझाव, पूँजीबजारमैत्री नीति ल्याउन राष्ट्र बैंकसँग आग्रह

    आयल निगममा वार्षिक करोडौंको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

    चिनियाँ प्रतिस्पर्धाले नेपाली ट्रान्सफर्मर उद्योग दबाबमा, ‘निक’को उत्पादन क्षमता सात प्रतिशतमा सीमित

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑