सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोम शर्माले इमेज सहकारीका बचतकर्ताले आफ्नो बचत रकम कहिले र कुन कानुनी प्रक्रियाबाट फिर्ता पाउने भन्ने विषयमा सरकारसँग स्पष्ट जवाफ माग गरेका छन्।
बिहीबार प्रतिनिधिसभामा ‘सहकारी ऐन (पहिलो संशोधन) विधेयक, २०८३’ माथिको छलफलमा भाग लिँदै उनले निर्दोष बचतकर्ताको रकम फिर्ता हुने कानुनी सुनिश्चितता नै आफूहरूको मुख्य चासो रहेको बताए।
उनले भने, ‘हाम्रो चासो केवल निर्दोष बचतकर्ताले आफ्नो बचत रकम फिर्ता पाउने कानुनी सुनिश्चिततासँग मात्र सम्बन्धित छ । बाग्लुङस्थित इमेज सहकारीमा दुई अर्ब रुपैयाँभन्दा बढी बचतकर्ताको बचत रहेको थियो। तीमध्ये करिब ८० प्रतिशत बचतकर्ताको रकम सम्बन्धित सम्पत्तिबाट भुक्तानी गरिने आधारसहित तमसुकसमेत भइसकेको अवस्था छ । तर सम्बन्धित सम्पत्ति रोक्का छ र सहकारीका अध्यक्ष देवकुमार नेपाली सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधसम्बन्धी मुद्दामा हाल बाग्लुङ जिल्ला कारागारमा रहनुभएको छ। यस्तो अवस्थामा बचतकर्तामा एउटै प्रश्न छ—अब हाम्रो बचत कुन कानुनी प्रक्रियाबाट र कहिले फिर्ता आउँछ?’
सांसद शर्माले सहकारीमन्त्रीसँग विधेयकमा इमेज सहकारीजस्तै अवस्थाका बचतकर्ताले अदालतको प्रक्रियाबाट प्रभावित नभइ रोक्का रहेको सम्पत्तिबाट आफ्नो बचत रकम फिर्ता पाउने स्पष्ट कानुनी व्यवस्था गरिएको छ वा छैन भन्ने विषयमा प्रस्ट पार्न आग्रह गरे ।
उनले भने, ‘मन्त्रीज्यूसँग विनम्र आग्रह गर्न चाहन्छु, यदि यस विधेयकमा इमेज सहकारीजस्ता अवस्थाका बचतकर्ताले अदालतको प्रक्रियाले प्रभावित नगरी रोक्का रहेको सम्पत्तिबाट आफ्नो बचत रकम फिर्ता पाउने कुनै स्पष्ट कानुनी व्यवस्था गरिएको छ भने हामीलाई स्पष्ट रूपमा बुझाइदिनुहोस्।’
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा