सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले भावी प्रधानमन्त्रीका रूपमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अघि सारेको छ।
एमालेको केन्द्रीय कार्यालय च्यासलमा आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका उपाध्यक्ष रामबहादुर थापाले मुलुकको रक्षा, देशभक्त तथा लोकतान्त्रिक शक्तिहरूको पुनःस्थापनाका लागि अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीको प्रस्तावसहित पार्टी चुनावी मैदानमा उत्रिएको स्पष्ट पारे।
उनले देश बनाउने शक्तिलाई जिताउनुपर्ने आवश्यकता औंल्याउँदै मुलुकको आर्थिक वृद्धि भइरहेको र समृद्धिको एकीकृत खाकासहित काम भइरहेको अवस्थामा विभिन्न पक्ष हाबी भई अघिल्लो सरकार विस्थापन गरिएको दाबी गरे। जनताले यथार्थलाई मनन गर्ने विश्वाससमेत उनले व्यक्त गरे।
उपाध्यक्ष थापाले संसद् पुनःस्थापनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले चाँडै फैसला दिनुपर्नेमा पनि जोड दिए।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा