सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेड (KSBBL) ले निष्कासन गरेको “KSBBL ९% अविमोच्य असञ्चिति अग्राधिकार सेयर” को बाँडफाँड आज २०८२ माघ २१ गते एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौँको प्राङ्गणमा सफलतापूर्वक सम्पन्न भएको छ।
रु. ३५ करोड बराबरको यस अविमोच्य असञ्चिति अग्राधिकार सेयरका लागि उत्साहजनक रूपमा १.९ गुणाभन्दा बढी आवेदन प्राप्त भएको बैंकले जनाएको छ। यसले नेपाली पूँजी बजार तथा वित्तीय क्षेत्रमा लगानीकर्ताको उच्च विश्वास र आकर्षणलाई प्रतिबिम्बित गरेको बैंकको भनाइ छ।
परिपत्र विधिमार्फत संस्थागत लगानीकर्ताहरू (बोर्डबाट अनुमतिपत्र प्राप्त धितोपत्र व्यवसायी तथा सामूहिक लगानी कोष बाहेक) का लागि २०८२ माघ १२ गतेदेखि माघ १५ गतेसम्म निष्कासन तथा बिक्री खुला गरिएको थियो। सो अवधिमा विभिन्न संघ–संस्थामार्फत उत्साहजनक सहभागिता रहेको जनाइएको छ।
अविमोच्य अवधि तथा वार्षिक ९ प्रतिशत ब्याजदर (असञ्चिति) रहेको यो अग्राधिकार सेयर विकास बैंकहरूमा पहिलो पटक जारी गरिएको हो।
यस अग्राधिकार सेयर निष्कासन सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउने कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, सिडिएस एण्ड क्लियरिङ लिमिटेडलगायत सम्पूर्ण नियमनकारी निकायहरू, आवेदनकर्ता, प्रेस तथा सञ्चार जगत, पत्रकारहरू, निष्कासन बैंकहरू तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबै सरोकारवालाप्रति कामना सेवा विकास बैंक परिवार तथा निष्कासन तथा बिक्री प्रबन्धकले हार्दिक धन्यवाद व्यक्त गरेका छन्।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा