सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि केन्द्रीयस्तरबाट निर्वाचन परिचालनलाई तीव्र बनाएको छ । पार्टीले प्रदेशगत रूपमा नेताहरूलाई जिम्मेवारी तोक्दै निर्वाचन क्षेत्रमा खटाएको हो ।
उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा गठन गरिएको केन्द्रीय निर्वाचन परिचालन समितिले प्रदेशअनुसार नेताहरूलाई जिम्मेवारी दिएको कांग्रेसले जनाएको छ । जिम्मेवारी पाएका नेताहरूले पार्टीको संगठन मजबुत बनाउने, उम्मेदवारको पक्षमा वातावरण निर्माण गर्ने तथा चुनावी गतिविधिको समन्वय गर्ने काम गर्नेछन् ।
कांग्रेसका अनुसार खटाइएका नेताहरूले अबको एक महिनासम्म सम्बन्धित प्रदेश तथा निर्वाचन क्षेत्रमा रहेर सक्रिय रूपमा काम गर्नुपर्नेछ । निर्वाचनलाई लक्षित गर्दै पार्टीले घरदैलो, कार्यकर्ता परिचालन र जनसम्पर्क अभियानलाई प्राथमिकतामा राखेको जनाएको छ ।
पार्टी नेतृत्वले यस कदमले निर्वाचन तयारी थप सशक्त हुने र संगठनात्मक रूपमा पार्टीलाई मजबुत बनाउने विश्वास व्यक्त गरेको छ ।


युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा