सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जनकपुरधाम । नेकपा एमाले सिरहाका १२ जना नेता तथा कार्यकर्ताले सामूहिक रूपमा पार्टीबाट राजीनामा दिएका छन्।
आज बिहान गोलबजार नगरपालिकामा आयोजित कार्यक्रममा उनीहरूले पार्टीको साधारण सदस्यसमेत नरहने गरी सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन्।
राजीनामा दिनेमा माधवबहादुर बुढाथोकी (पूर्व जिल्ला कमिटी सदस्य), पुष्पलाल पाख्रिन (प्रदेश कमिटी सदस्य) र भीमबहादुर थापा (बुद्धिजीवी तथा शिक्षक जनसंगठन प्रदेश सदस्य) रहेका छन्।
त्यस्तै धनराज यादव (पूर्व जिल्ला कमिटी सदस्य), तुलसीप्रसाद उपाध्याय (जिल्ला कमिटी सदस्य), प्रमोदकुमार लामा (जिल्ला कमिटी सदस्य), तेजकुमार लामा (पूर्व जिल्ला कमिटी सदस्य), राजकरण साह (पूर्व वडा कमिटी अध्यक्ष), नगर कमिटी सचिवालय सदस्य रञ्जितकुमार लामा तथा नगर सदस्य ताराबहादुर तामाङ, किरणकुमार स्याङ्वा र राजकुमार महतो पनि राजीनामा दिनेमा छन्।
राजीनामा दिएका नेताहरूले जारी गरेको विज्ञप्तिमा ‘जनताको नाममा राजनीति गर्ने भनिए पनि व्यवहारमा सीमित व्यक्तिको स्वार्थ हाबी भएको अवस्था स्वीकार्य हुन नसकेको’ उल्लेख गरिएको छ।
संगठनभित्रै रहेर सुधारको प्रयास गरे पनि नेतृत्वले गम्भीरतापूर्वक नलिएको आरोप उनीहरूले लगाएका छन्।

युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा