सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । सहरी विकास मन्त्रालयले ४२ जना जेनजी सहिदका परिवारका लागि मासिक २१ हजार ८०० रुपैयाँका दरले पेन्सन निकासा गरेको छ। भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारलाई उक्त रकम उपलब्ध गराइएको हो।
आन्दोलनका क्रममा कुल ७६ जनाको मृत्यु भएको थियो। त्यसमध्ये जेलबाट भागेका बाहेकका व्यक्तिलाई सहिद घोषणा गर्ने निर्णय गरिएको थियो, जसमा तीन जना प्रहरीसमेत रहेका थिए।
हाल प्रहरी बाहेकका ४२ जनाका परिवारलाई सहरी विकास मन्त्रालयमार्फत मासिक पेन्सन रकम निकासा गरिएको हो। मन्त्रालयका प्रवक्ता नारायण रेग्मीका अनुसार १० वर्षका लागि आवश्यक रकम पुनर्निर्माण कोषबाट निकासा गरिएको छ।
‘उहाँहरूलाई मासिक २१ हजार ८०० र वर्षमा १३ महिनाका दरले १० वर्षमा कुल ११ करोड ९० लाख २८ हजार रुपैयाँ खर्च हुने छ। उक्त रकम पुनर्निर्माण कोषबाट निकासा गरिएको हो,’ प्रवक्ता रेग्मीले बताए।
उक्त रकम निकासाका विषयमा अर्थ मन्त्रालयसँग छलफल भए पनि हाल अर्थ मन्त्रालयको औपचारिक स्वीकृति बिना नै पुनर्निर्माण कोषबाट रकम निकासा गरिएको मन्त्रालयले जनाएको छ।
यता अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयले राहतसम्बन्धी कुनै पनि फाइल अर्थ मन्त्रालयले स्वीकृत नगरेको स्पष्ट पारेका छन्।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा