काठमाडौँ, २९ पौष । साताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतबार ३१ दशमलव ६२ अङ्कले बढेर २ हजार १२० दशमलव ६२ विन्दुमा पुगेको छ । यसदिन ३१४ वटा कम्पनिको १ करोड ६६ लाख ५ हजार कित्ता शेयर ५ अर्ब ४५ करोड ४ लाख रुपैयाँमा किनवेच भएको छ । आज होटल तथा पर्यटनबाहेक अरू सबै समूहको शेयर बढेकोमा जलविद्युत्, फाइनान्स र अन्य समूहको शेयर उच्च अङ्कले उकालो... विस्तृतमा