• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण २१, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • श्रद्धाञ्जली सभामा सांसद तपेश्वर यादवको अभिव्यक्तिपछि विवाद, कार्यक्रम प्रभावित

      युक्त गुरुङको पार्थिव शरीर काठमाडौं ल्याइयो, विमानस्थलमा आफन्त भावुक

      राष्ट्रिय सेवा दल विधेयकमा राष्ट्रिय हितलाई केन्द्रमा राख्न आङदेम्बेको आग्रह

      राजसंस्था हटेदेखि नेपाललाई दशा लाग्यो, फागुन २१ को चुनाव नेपालीका लागि पासो : दुर्गा प्रसाई

      संसदमा गृहमन्त्री सुदन गुरुङले मागे माफी

      सानो घटनामा पनि सडकमा उतारेर सेनालाई सस्तो बनाइयो : मिराज ढुंगाना

      निर्मला पन्त प्रकरणमा अनुसन्धान जारी छ, सदनमा बारम्बार नउठाउनुस् : गृहमन्त्री गुरुङ

      देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छः गृहमन्त्री

      देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छः गृहमन्त्री

      हिन्दु अधिराज्य र राजसंस्था पुनस्र्थापना हाम्रो बटमलाइन : डा.धवलशमशेर जबरा

      पालिका तहमा निर्माण गर्ने भनिएका आधारभूत अस्पतालहरुको प्रगति कमजोर

      सरकारी अस्पतालको सेवा सुधार गर्ने प्रयास जारी छ : सचिव देवकोटा

      मुगु–हुम्ला जोड्ने कर्णाली नदीमा बेलीब्रिज बन्ने, दोमुख–सिनेखर्कका बासिन्दामा उत्साह

      एभरेष्ट बैंकको खुद नाफा ५ अर्ब नाघ्यो, निक्षेप ३ खर्ब १६ अर्ब रुपैयाँ पुग्यो

      बाढीको चपेटामा हुलाकी राजमार्ग : ज्यान जोखिममा राखेर आवतजावत गर्न बाध्य सर्वसाधारण

    होमपेज /  आर्थिक

    बजेटले ऊर्जा क्षेत्रका लागि सकारात्मक संकेत दिएपनि ठूला आयोजनाको पीपीएबारे अन्योल कायम: इप्पान

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ जेष्ठ १६, शनिबार (२ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ११५ पटक पढिएको
  • काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का उपमहासचिव प्रकाश चन्द्र दुलालले आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेटले ऊर्जा क्षेत्रका लागि केही महत्वपूर्ण र सकारात्मक व्यवस्थाहरू समेटेको भए पनि केही महत्वपूर्ण विषयमा अझै स्पष्टता नआएको बताएका छन् ।

    दुलालका अनुसार बजेटमा नेपाल विद्युत प्राधिकरणलाई उत्पादन, प्रसारण तथा वितरण÷व्यापार गरी तीन कम्पनीमा पुनःसंरचना गर्ने, १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत आयोजनाको तत्काल विद्युत खरिद सम्झौता (पीपीए) गर्ने, सुख्खायामका लागि छुट्टै विद्युत खरिद दर निर्धारण गर्ने तथा निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय विद्युत व्यापारमा सहभागी गराउने व्यवस्थाहरू सकारात्मक छन् ।

    यस्तै निजी क्षेत्रलाई प्रसारण लाइन निर्माण गरी विद्युत व्यापार गर्न दिने, जलाशययुक्त तथा ठूला जलविद्युत आयोजनालाई प्रोत्साहन गर्ने, स्वच्छ ऊर्जा बण्ड तथा डायस्पोरा बण्डमार्फत लगानी आकर्षित गर्ने र दीर्घकालीन तथा स्थिर ब्याजदरमा कर्जा प्रवाह गर्ने नीतिले ऊर्जा क्षेत्रमा लगानीको वातावरण सुधार गर्न सहयोग पुग्ने उनको भनाइ छ ।

    वन तथा वातावरणसम्बन्धी प्रक्रियालाई सहजीकरण गर्ने, वन क्षेत्र प्रयोग स्वीकृति तथा रुख कटान आदेशका प्रक्रिया छोट्याउने र विभिन्न कानुनबीचको असंगति हटाउने व्यवस्थाले पनि आयोजना कार्यान्वयनमा सकारात्मक प्रभाव पार्न सक्ने दुलालले बताए ।
    तर बजेटमा ऊर्जा क्षेत्रको दीर्घकालीन लक्ष्य र नीतिगत स्पष्टताको अभाव रहेको उनको टिप्पणी छ । विगतमा जस्तै आगामी १० वर्षमा ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य यसपटकको बजेटमा समावेश नगरिएको भन्दै उनले यसले ऊर्जा क्षेत्रको दीर्घकालीन दृष्टिकोणबारे प्रश्न उठाएको बताए ।

    पीपीए सम्बन्धी व्यवस्थामा पनि सुख्खायामको ऊर्जा मात्र खरिद गर्ने सुनिश्चितता गरिएको देखिएको र त्यो पनि प्रतिस्पर्धात्मक प्रक्रियामार्फत हुने संकेतले निजी क्षेत्रका लागि थप चुनौती सिर्जना गर्न सक्ने उनको भनाइ छ । निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिने व्यवस्था स्वागतयोग्य भए पनि वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युतको बजार निजी क्षेत्रले आफैं खोज्नुपर्ने अवस्था आउन सक्ने दुलालले बताए । त्यसका लागि आवश्यक पूर्वाधार, कानुनी स्पष्टता तथा अन्तर्राष्ट्रिय बजार पहुँच सुनिश्चित गर्न सरकारको विशेष पहल आवश्यक रहेको उनको धारणा छ ।

    उनले सबैभन्दा ठूलो चिन्ताको विषय लामो समयदेखि पीपीए रोकिएका १० मेगावाटभन्दा माथिका जलविद्युत आयोजना रहेको बताए । बजेटले १० मेगावाटभन्दा कम क्षमताका आयोजनाको तत्काल पीपीए गर्ने व्यवस्था गरे पनि ठूला आयोजनाका सम्बन्धमा कुनै स्पष्ट नीति नल्याएकाले ती आयोजनाको भविष्य थप अन्योलमा परेको उनको भनाइ छ । ऊर्जा क्षेत्रको दिगो विकासका लागि सरकारबाट थप स्पष्ट नीति, दीर्घकालीन योजना तथा लगानीकर्ताको विश्वास कायम गर्ने खालका निर्णय आवश्यक रहेको दुलालले जोड दिए ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    एभरेष्ट बैंकको खुद नाफा ५ अर्ब नाघ्यो, निक्षेप ३ खर्ब १६ अर्ब रुपैयाँ पुग्यो

    एकैदिन तोलामा ४ हजार २ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    भरतपुरमा भूमिगत विद्युत वितरण प्रणाली अन्तिम चरणमा

    नबिल बैंकको नाफा ३३.५० प्रतिशतले बढ्यो, लाभांश क्षमता १९.१० प्रतिशत पुग्यो

    आन्तरिक उडानको भाडा बढ्यो

    अर्थमन्त्री वाग्लेले बैंकका सिइओसँग भने– अर्थतन्त्र चलायमान बनाउन बैंकिङ क्षेत्रको भूमिका निर्णायक

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    श्रद्धाञ्जली सभामा सांसद तपेश्वर यादवको अभिव्यक्तिपछि विवाद, कार्यक्रम…

    युक्त गुरुङको पार्थिव शरीर काठमाडौं ल्याइयो, विमानस्थलमा आफन्त…

    राष्ट्रिय सेवा दल विधेयकमा राष्ट्रिय हितलाई केन्द्रमा राख्न…

    राजसंस्था हटेदेखि नेपाललाई दशा लाग्यो, फागुन २१ को…

    निर्मला पन्त प्रकरणमा अनुसन्धान जारी छ, सदनमा बारम्बार…

    देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छः…

    पालिका तहमा निर्माण गर्ने भनिएका आधारभूत अस्पतालहरुको प्रगति…

    राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    आर्थिक

    एभरेष्ट बैंकको खुद नाफा ५ अर्ब नाघ्यो, निक्षेप ३ खर्ब १६ अर्ब रुपैयाँ पुग्यो

    एकैदिन तोलामा ४ हजार २ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    भरतपुरमा भूमिगत विद्युत वितरण प्रणाली अन्तिम चरणमा

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑