सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । कृष्णभीर पहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा ल्याउने प्रयासअन्तर्गत परीक्षणका रूपमा सवारीसाधन पास गराउन थालिएको छ।
काठमाडौं–चितवनतर्फ एउटा बुलेट सवारीसहित करिब २० वटा सवारीसाधनलाई परीक्षणका रूपमा पहिरोस्थलबाट पास गराइएको छ। त्यस्तै, चितवन–काठमाडौं तर्फबाट एउटा भारी सवारीसाधनसमेत सफलतापूर्वक पास गराइएको जनाइएको छ।
पहिरो हटाएर सडकलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने कार्य तीव्र गतिमा अघि बढिरहेको छ। सडक खुलाउने कामसँगै यातायात सञ्चालनलाई सहज बनाउने प्रयास भइरहेको सम्बन्धित निकायले जनाएको छ।
सडक पूर्ण रूपमा सञ्चालनमा नआएसम्म यात्रु तथा चालकलाई सावधानी अपनाउन आग्रह गरिएको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा