सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘जेनजी आन्दोलन’ स्मृति दिवसका क्रममा दिएको अभिव्यक्तिप्रति क्षमा मागेकी छन्।
राष्ट्रिय सभाको आजको बैठकमा राष्ट्रिय सभा सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले आफ्नो अभिव्यक्तिले कसैको भावनामा चोट पुगेको भए क्षमाप्रार्थी रहेको बताइन्।
उनले भनिन्, ‘मैले बोलेका तथ्यगत कुराले यहाँहरूको हृदयमा चोट पुगेको भए म क्षमाप्रार्थी छु। आगामी दिनमा यस्ता विषयमा सतर्क हुनेछु।’
मन्त्री गौतमले आफूले राष्ट्रिय सभाले कानुन निर्माणमा असहयोग गरेको भन्ने शब्द प्रयोग नगरेको दाबी गर्दै आफ्नो भनाइलाई गलत ढंगले व्याख्या गरिएको बताइन्। उनले आफूले बोलेका विषयको रेकर्ड हेर्नसमेत आग्रह गरिन्।
उनका अनुसार कानुन निर्माण प्रक्रिया प्रतिनिधि सभा, राष्ट्रिय सभा हुँदै राष्ट्रपतिबाट प्रमाणीकरण हुने भएकाले दुवै सदनबीच सहकार्य आवश्यक छ। प्रतिनिधि सभाले दुई तिहाइ मत दिए पनि कानुन निर्माणका लागि राष्ट्रिय सभाको सहकार्य अनिवार्य हुने उनले स्पष्ट पारिन्।
आफ्नो अभिव्यक्तिलाई लिएर पत्रकार, राजनीतिक दलका नेता तथा सामाजिक सञ्जालमा विभिन्न टीकाटिप्पणी भएको उल्लेख गर्दै मन्त्री गौतमले त्यसबाट राष्ट्रिय सभा सदस्यहरूको भावनामा चोट पुगेको हुनसक्ने भन्दै दुःख व्यक्त गरिन्।
उनले आफूले नबोलेका कुराको जिम्मेवारी लिन नसक्ने स्पष्ट पार्दै आगामी दिनमा प्रतिनिधि सभा र राष्ट्रिय सभाबीच सुमधुर सहकार्य गर्दै कानुन निर्माण प्रक्रियालाई गति दिने प्रतिबद्धता जनाइन्।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा