• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र २५, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • भदौभित्रै कृष्णभीरमा यातायात सञ्चालन गर्ने गरी काम तीव्र

      भोटेकोशी बाढीपीडितका लागि तयारी पोशाक उद्योग संघको ३३ लाख ३३ हजार सहयोग

      नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी असोजमा हुने

      राष्ट्रिय सभाबारेको अभिव्यक्ति तोडमोड गरियो, चोट पुगेको भए दुःख व्यक्त गर्दछु : मन्त्री गौतम

      नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी असोजमा हुने

      राष्ट्रिय सभाबारेको अभिव्यक्ति तोडमोड गरियो, चोट पुगेको भए दुःख व्यक्त गर्दछु : मन्त्री गौतम

      विवादस्पद अभिब्यक्तिको सर्वत्र विरोध भएपछि कानुनमन्त्रीले मागिन क्षमा

      बालेन प्रधानमन्त्री नभए आत्मदाह गर्छु भन्ने अमरेशकुमार सिंहले भने: बालेनले हुकुमी शासन चलाए

      सांसद घिमिरेको प्रश्न : नेपालमा दैनिक २० जनाले आत्महत्या गर्दा सरकारको योजना के छ ?

      ग्यास नियमित रूपमा आइरहेको छ तर वितरण प्रणालीमा समस्या देखियो : श्रेष्ठ

      विवादास्पद अभिव्यक्तिपछि मन्त्री यादवले दिइन राजीनामा

      केएमसीमा नेपालमै पहिलो पटक मस्तिष्कको अवरुद्ध नसा चिरफारबिनै खोलियो

      गोरखा ५१ जना अझै बेपत्ता, खोजी तथा उद्धार तीव्र बनाउन सांसद बुर्लाकोटीको माग

      मुस्ताङमा भूकम्पबाट पाँचसय घरधुरीमा क्षति, तत्काल राहत र पुनर्निर्माणको माग

      पैसा अभावमा सुत्केरी महिला अस्पतालबाहिरै, स्वास्थ्य प्रणालीमाथि सांसद कर्णको प्रश्न

    होमपेज /  समाचार

    नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी असोजमा हुने

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ भाद्र २५, बिहिबार (४४ मिनेट अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २६ पटक पढिएको
  • काठमाडौं । ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नारासहित ‘सिजी प्रोपर्टिज नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी–२०८३’ आगामी असोज १ देखि ४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ।

    नेपाल जग्गा तथा आवास विकास सङ्घ र नेपाल जग्गा तथा आवास विकास महासङ्घको संयुक्त आयोजनामा हुने प्रदर्शनीमा नेपाल चेम्बर अफ कमर्सको समेत सहकार्य रहनेछ। मेलाको व्यवस्थापन सिया इभेन्ट एसोसिएट्स प्रालिले गर्नेछ।

    आयोजकका अनुसार सन् २००९ देखि निरन्तर आयोजना हुँदै आएको प्रदर्शनीमा यसपटक नेपाल तथा भारतका गरी १०० भन्दा बढी स्टल रहनेछन्। सबै स्टल बुकिङ भइसकेको आयोजकले जनाएको छ।

    प्रदर्शनीमा अपार्टमेन्ट, जग्गा विकास आयोजना, सिमेन्ट, स्टिल, काठ, सिसा, पेन्ट्स, सेनिटरी तथा विद्युतीय उपकरणसँगै इन्टेरियर डिजाइन, सौर्य ऊर्जा, रेन वाटर हार्भेस्टिङ र फोहोर व्यवस्थापनसम्बन्धी आधुनिक प्रविधि प्रदर्शन गरिनेछ।

    वातावरणमैत्री प्रविधिलाई प्राथमिकता दिँदै डिजिटल स्ट्यान्डी, इलेक्ट्रोनिक कियोस्क र भर्चुअल रियालिटी प्रविधिको प्रयोग गरी प्रदर्शनीलाई ‘पेपरलेस’ बनाइने आयोजकले जनाएको छ।

    त्यस्तै भूकम्पप्रतिरोधी घर निर्माण तथा वास्तुशास्त्रसम्बन्धी विज्ञबाट निःशुल्क परामर्श, रक्तदान कार्यक्रम तथा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिनेछ। ओम हस्पिटल र ग्राण्डी इन्टरनेशनल हस्पिटलको सहकार्यमा रसुवाका बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य उपचार प्याकेजसमेत उपलब्ध गराइने आयोजकले जनाएको छ।

    प्रदर्शनी अवधिभर जलवायु परिवर्तन, विपद्प्रतिरोधी पूर्वाधार, सुरक्षित बस्ती पुनरुत्थान तथा सार्वजनिक–निजी साझेदारीका विषयमा नीति निर्माता, निजी क्षेत्र, इन्जिनियर र आर्किटेक्टको सहभागितामा प्यानल छलफल गरिनेछ।

    युवा उद्यमीलाई प्रवद्र्धन गर्ने उद्देश्यले नयाँ उद्यम सुरु गरेका युवालाई छनोट गरी निःशुल्क तालिम तथा परामर्शसमेत प्रदान गरिनेछ।

    आयोजकले हाल बैंकिङ क्षेत्रमा तरलता सहज र ब्याजदर घट्दो क्रममा रहेकाले उपभोक्तालाई घरघडेरी छनोट, वित्तीय निर्णय र लगानीका विषयमा जानकारी लिन प्रदर्शनी उपयोगी हुने जनाएको छ। मेलामा ६५ हजारभन्दा बढी अवलोकनकर्ता आउने अपेक्षा गरिएको छ।

    यसैबीच, आयोजकले रसुवाको बाढी प्रभावित परिवारका लागि खाद्यान्न, लत्ताकपडा, औषधि तथा ड्रोन उपकरणसहित राहत सामग्री पठाइसकेको र प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ३१ लाख रुपैयाँ सहयोग गरिसकेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    भदौभित्रै कृष्णभीरमा यातायात सञ्चालन गर्ने गरी काम तीव्र

    भोटेकोशी बाढीपीडितका लागि तयारी पोशाक उद्योग संघको ३३ लाख ३३ हजार सहयोग

    राष्ट्रिय सभाबारेको अभिव्यक्ति तोडमोड गरियो, चोट पुगेको भए दुःख व्यक्त गर्दछु : मन्त्री गौतम

    सांसद घिमिरेको प्रश्न : नेपालमा दैनिक २० जनाले आत्महत्या गर्दा सरकारको योजना के छ ?

    पैसा अभावमा सुत्केरी महिला अस्पतालबाहिरै, स्वास्थ्य प्रणालीमाथि सांसद कर्णको प्रश्न

    राष्ट्रिय सभालाई दोष देखाएर सरकारको कमजोरी ढाक्न खोजियो : सांसद झाँक्री

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भदौभित्रै कृष्णभीरमा यातायात सञ्चालन गर्ने गरी काम तीव्र

    भोटेकोशी बाढीपीडितका लागि तयारी पोशाक उद्योग संघको ३३…

    नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी असोजमा हुने

    राष्ट्रिय सभाबारेको अभिव्यक्ति तोडमोड गरियो, चोट पुगेको भए…

    राष्ट्रिय सभाबारेको अभिव्यक्ति तोडमोड गरियो, चोट पुगेको भए…

    विवादस्पद अभिब्यक्तिको सर्वत्र विरोध भएपछि कानुनमन्त्रीले मागिन क्षमा

    उद्धारका नाममा थप असुरक्षा सिर्जना नगरौ : सांसद…

    विपत्तिमा सरकारको भूमिकामाथि प्रश्न गर्ने ठाउँ छैन :…

    आर्थिक

    सुनको मूल्य ३४ सय रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    कालीमाटी फलफूल बजारका व्यवसायीद्वारा सहयोग

    प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते कर्मचारीलाई विद्युत् प्राधिकरणले दियो साढे १९ लाख क्षतिपूर्ति

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑