सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौंमा आइतबार आयोजित राप्रपाको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै लिङ्देनले भदौ २३ र २४ को घटनापछि राजनीतिक परिवर्तन भए पनि जनतामा अपेक्षाअनुसार आशा जाग्न नसकेको बताए।
उनले देश अहिले ‘अनिश्चितताको अँध्यारो सुरुङ’मा फसेको र राजनीतिक तरलता झन् बढ्दै गएको दाबी गरे।
लिङ्देनले देशले विगतको १० वर्षे द्वन्द्व र पछिल्लो आन्दोलनको क्षति व्यहोरिसकेको भन्दै अब अर्को द्वन्द्व वा विद्रोह धान्न नसक्ने बताए।
सबै राजनीतिक शक्ति र राजाबीच राष्ट्रिय सहमति कायम नभएसम्म मुलुकले स्थायी निकास पाउन नसक्ने उनको दाबी छ। थप द्वन्द्व रोक्न राजनीतिक दलहरूले निषेधको राजनीति त्यागेर सहमतिको बाटो रोज्नुपर्ने उनले बताए।
आगामी मंसिरमा हुने राप्रपाको महाधिवेशनले पार्टीको नेतृत्व चयनसँगै आगामी राजनीतिक मार्गचित्र तय गर्ने र विगतका कमजोरी सच्याउने अवसर दिनुपर्ने लिङ्देनले बताए।
पार्टीलाई थप बलियो, अनुशासित र एकताबद्ध बनाउन नेता–कार्यकर्तालाई आग्रह गर्दै उनले भ्रष्टाचारविरुद्धको आफ्नो अडानबाट पछि नहट्ने प्रतिबद्धता समेत व्यक्त गरे।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा