सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष साहले बिहीबार साँझ पद तथा गोपनीयताको शपथ लिएका हुन्।
अभिव्यक्तिका कारण विवादमा तानिएकी गौरीकुमारी यादवले मन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी–४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य दीपककुमार साहलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिएका हुन्।
नवनियुक्त मन्त्री साहले शपथ लिएसँगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी औपचारिक रूपमा सम्हालेका छन्।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा