सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दमनकारी, पीडक, जनविरोधी तथा अत्याचारी शासकको अन्त्य हुने बताएका छन्।
छापा माध्यमका पत्रकारहरूले बुझाएको ज्ञापनपत्रपछि सम्बोधन गर्दै ओलीले जनताको आवाज दबाउने र अरूलाई दुःखमा पारेर रमाउने शासकको जनताबाट विरोध हुने बताए।
ओलीले भने, “जुन शासक दमनकारी, पीडक र जनविरोधी हुन्छ, अत्याचारी हुन्छ, अरूको आवाज दबाउँछ, त्यस्ता शासकहरूको विरोध हुन्छ र जनताबाट त्यस्ता शासकहरूको नाश हुन्छ।”
उनले यो कुरा धर्मशास्त्रमा समेत उल्लेख भएको र अहिलेका शासकका लागि पनि उत्तिकै सान्दर्भिक रहेको दाबी गरे।
पूर्वप्रधानमन्त्री ओलीले आफू विगत ६० वर्षदेखि समानता, स्वतन्त्रता र जनताको अधिकारका पक्षमा संघर्ष गर्दै आएको पनि बताए।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा