• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र २८, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • बाढीपहिरोपछि सडक सञ्चालनमा ल्याउन परीक्षण, २० सवारी पास

      अहिलेको सरकार ‘छापा मार सरकार’ जस्तो देखिन्छ : केपी ओली

      मुस्ताङमा घरपझोङ जलवायु परिवर्तन सम्मेलन हुँदै

      कृष्णभीर पहिरोबाट परीक्षणका रूपमा सवारी पास

      तीजको दिन पशुपतिका चारै वटा ढोका बिहान ३ बजेदेखि खुल्ने

      निषेधको राजनीति त्यागेर राजासहित राष्ट्रिय सहमति बनाऔँ : राजेन्द्र लिङ्देन

      सेनामा जर्नेल अनुपजंग थापालाई दिइयो दोहोरो जिम्मेवारी

      नेपाल–चीन सम्बन्ध रणनीतिक र दूरगामी महत्त्वको छ : झलनाथ खनाल

      भोटेकोशी बाढीपीडितलाई सरकारले मासिक १५ हजार आवास उपलब्ध गराउने

      अत्याचारी र जनविरोधी शासकको नाश हुन्छ : ओली

      इन्डोर सुपर लिगको फाइनलअघि सेलिब्रिटी क्रिकेट उत्सवको शानदार जित

      सडकमा प्रहरी उभ्याएर होइन, एआई सीसीटीभीबाट ट्राफिक व्यवस्थापन गरौँ: आईजीपी कार्की

      नेपाल–भारत विद्युत् व्यापारका लागि १८ किमि प्रसारण लाइन तयार

      भाइल हुनै नाममा मन्दिरका मूर्तिमाथि यस्तो हर्कत

      गत भदौ २७ सम्झिँदै गृहमन्त्रीले भने- मेरो भागमा आएको जिम्मेवारी मैले सकेसम्म निभाएँ

    होमपेज /  समाचार

    नेपाल–भारत विद्युत् व्यापारका लागि १८ किमि प्रसारण लाइन तयार

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ भाद्र २८, आईतबार (५ घण्टा अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ३९ पटक पढिएको
  • काठमाडौं । नेपाल–भारत सीमापार विद्युत् व्यापारका लागि महत्वपूर्ण मानिएको न्यू बुटवल सबस्टेसनदेखि भारत सीमासम्मको ४०० केभी प्रसारण लाइनको १८ किलोमिटर खण्ड निर्माण सम्पन्न भएको छ ।

    मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) नेपाल कम्प्याक्टअन्तर्गत मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल (एमसिए–नेपाल) ले उक्त प्रसारण लाइन खण्ड निर्माण सम्पन्न गरेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको अनुरोधपछि निर्माणलाई तीव्रता दिइएको र निर्धारित समयसीमाभित्रै काम पूरा गरिएको एमसिए–नेपालले जनाएको छ ।

    न्यू बुटवल सबस्टेसनमा आयोजित कार्यक्रममा अर्थ मन्त्रालयका सचिव तथा एमसिए–नेपाल सञ्चालक समितिका अध्यक्ष डा. घनश्याम उपाध्यायले प्रसारण लाइन निर्माण सम्पन्न हुनु नेपालको विद्युत् पूर्वाधार र सीमापार ऊर्जा सञ्जाल विस्तारका लागि महत्वपूर्ण उपलब्धि भएको बताए ।

    उनले एमसीसी नेपाल कम्प्याक्टमार्फत नेपालको विद्युत् पूर्वाधार विकासमा सहयोग पु¥याएकोमा अमेरिकी सरकारप्रति आभार व्यक्त गर्दै आयोजना सम्पन्न भएपछि प्राप्त हुने लाभका लागि नेपाल सरकार प्रतीक्षारत रहेको बताए ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सुनिल पौडेलले नेपालले विद्युत् उत्पादन र प्रसारण क्षमता विस्तार गरिरहेको अवस्थामा सीमापार विद्युत् सम्पर्क त्यसको महत्वपूर्ण हिस्सा भएको बताए । नेपालतर्फको प्रसारण लाइन निर्माण सम्पन्न हुनु सरकार, कार्यान्वयन निकाय, विकास साझेदार र स्थानीय समुदायबीचको समन्वयबाट पूर्वाधार निर्माणमा उपलब्धि हासिल गर्न सकिने उदाहरण भएको उनको भनाइ छ ।

    नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले पनि प्रसारण लाइन निर्माण सम्पन्न हुनु ऊर्जा क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि भएको बताए । यसले नेपाल र भारतबीचको विद्युत् सञ्जाललाई थप सुदृढ बनाउने आधार तयार गरेको उनले बताए ।

    नेपालतर्फको १८ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भए पनि यसबाट तत्काल विद्युत् प्रवाह भने सुरु हुने छैन । प्रसारण लाइन सञ्चालनमा ल्याउन नेपाल–भारत सीमापार विद्युत् प्रवाहका लागि आवश्यक स्वीकृति तथा अन्य प्राविधिक काम पूरा गर्न बाँकी छ ।

    एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले नेपाल सरकारको आग्रहअनुसार सीमित समयभित्र निर्माण सम्पन्न गर्न आवश्यक स्रोतसाधन, निर्माण व्यवसायी तथा साझेदारलाई परिचालन गरिएको बताए ।

    उनका अनुसार अब प्रसारण लाइनमा विद्युत् प्रवाह सुरु गर्न आवश्यक बाँकी काम पूरा गर्ने दिशामा काम अघि बढाइनेछ । यसले नेपाल र भारतबीच मात्र नभई बृहत्तर क्षेत्रीय विद्युत् सञ्जाल र ऊर्जा सहकार्य विस्तारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    एमसीसी आवासीय राष्ट्रिय नियोगकी निर्देशक डायन फ्रान्सिस्कोले प्रसारण लाइन निर्माणमा नेपाल सरकार, नेपाल विद्युत् प्राधिकरण, एमसिए–नेपाल, निर्माण व्यवसायी, परामर्शदाता, स्थानीय सरकार तथा स्थानीय समुदायको सहयोग महत्वपूर्ण रहेको बताइन् ।

    ३१५ किमि प्रसारण लाइन र तीन सबस्टेसन

    न्यू बुटवल–भारत सीमासम्मको १८ किलोमिटर खण्ड एमसिए–नेपालको विद्युत् प्रसारण आयोजनाको एउटा हिस्सा हो । एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत कुल ३१५ किलोमिटर लामो उच्च भोल्टेज प्रसारण लाइन र तीनवटा सबस्टेसन निर्माण गर्ने योजना छ ।

    आयोजनाले नेपालमा विद्युत्को उपलब्धता तथा विश्वसनीयता सुधार गर्नुका साथै ऊर्जा सुरक्षा बलियो बनाउने, भविष्यमा उत्पादन हुने विद्युत् प्रसारण गर्ने क्षमता विस्तार गर्ने र सीमापार विद्युत् व्यापारका लागि आवश्यक पूर्वाधार विकास गर्ने लक्ष्य राखेको छ ।

    आयोजनाअन्तर्गत विद्युत् नियमन आयोग र नेपाल विद्युत् प्राधिकरणलाई आवश्यक प्राविधिक सहयोगसमेत उपलब्ध गराइँदै आएको छ । नेपालमा जलविद्युत् उत्पादन क्षमता विस्तार हुँदै गएसँगै उत्पादन भएको विद्युत् आन्तरिक बजारसम्म पु¥याउन र भारत तथा अन्य क्षेत्रीय बजारमा निर्यात गर्न प्रसारण पूर्वाधारको आवश्यकता बढ्दै गएको छ ।

    यस्तो अवस्थामा न्यू बुटवल सबस्टेसनदेखि भारत सीमासम्मको प्रसारण लाइन निर्माण सम्पन्न हुनुलाई सीमापार विद्युत् व्यापारका लागि पूर्वाधार विस्तारको महत्वपूर्ण चरणका रूपमा हेरिएको छ । अब बाँकी स्वीकृति र प्राविधिक प्रक्रिया पूरा गरी प्रसारण लाइन सञ्चालनमा आएपछि नेपाल–भारतबीच विद्युत् आदानप्रदान तथा व्यापारका लागि थप पूर्वाधार उपलब्ध हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    बाढीपहिरोपछि सडक सञ्चालनमा ल्याउन परीक्षण, २० सवारी पास

    मुस्ताङमा घरपझोङ जलवायु परिवर्तन सम्मेलन हुँदै

    तीजको दिन पशुपतिका चारै वटा ढोका बिहान ३ बजेदेखि खुल्ने

    निषेधको राजनीति त्यागेर राजासहित राष्ट्रिय सहमति बनाऔँ : राजेन्द्र लिङ्देन

    नेपाल–चीन सम्बन्ध रणनीतिक र दूरगामी महत्त्वको छ : झलनाथ खनाल

    भोटेकोशी बाढीपीडितलाई सरकारले मासिक १५ हजार आवास उपलब्ध गराउने

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बाढीपहिरोपछि सडक सञ्चालनमा ल्याउन परीक्षण, २० सवारी पास

    अहिलेको सरकार ‘छापा मार सरकार’ जस्तो देखिन्छ :…

    मुस्ताङमा घरपझोङ जलवायु परिवर्तन सम्मेलन हुँदै

    कृष्णभीर पहिरोबाट परीक्षणका रूपमा सवारी पास

    सेनामा जर्नेल अनुपजंग थापालाई दिइयो दोहोरो जिम्मेवारी

    नवनियुक्त उद्योगमन्त्री दीपककुमार साहले लिए शपथ

    राष्ट्रिय सभाबारेको अभिव्यक्ति तोडमोड गरियो, चोट पुगेको भए…

    विवादस्पद अभिब्यक्तिको सर्वत्र विरोध भएपछि कानुनमन्त्रीले मागिन क्षमा

    आर्थिक

    सुनको मूल्य ३४ सय रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    कालीमाटी फलफूल बजारका व्यवसायीद्वारा सहयोग

    प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते कर्मचारीलाई विद्युत् प्राधिकरणले दियो साढे १९ लाख क्षतिपूर्ति

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑