सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीभित्र सहमतिको पर्याप्त सम्भावना हुँदाहुँदै एकपक्षीय रूपमा महाधिवेशनको मिति तोकिएको भन्दै आपत्ति जनाएका छन्।
मंगलबार ७ बुँदे अपिल जारी गर्दै देउवाले हतारमा गरिएको एकपक्षीय निर्णयले पार्टीलाई विभाजनतर्फ धकेल्ने चेतावनी दिएका हुन्।
देउवाले संस्थापन पक्षले अघि सारेको महाधिवेशन प्रक्रियामा सहभागी नहुन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्। पार्टीको विधान र केन्द्रीय समितिको निर्णयविपरीत विशेष महाधिवेशन गर्ने समूहले १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको उनको दाबी छ।
अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा अन्तिम निरूपण नहुँदै महाधिवेशन प्रक्रिया अघि बढाउनु विधि, विधान र कानुनी सिद्धान्तविपरीत हुने देउवाको जिकिर छ।
आफूलाई कुनै पद वा जिम्मेवारीको लोभ नभएको स्पष्ट पार्दै देउवाले १४औँ महाधिवेशनबाट निर्वाचित सभापतिका रूपमा १५औँ महाधिवेशन सम्पन्न गरी पार्टीको नेतृत्व हस्तान्तरण गर्नु आफ्नो वैधानिक, राजनीतिक तथा नैतिक दायित्व भएको बताएका छन्।
उनले कांग्रेसको ऐतिहासिक विरासत कुनै व्यक्तिको महत्वाकांक्षाले कमजोर बनाउन नसक्ने उल्लेख गर्दै पार्टीलाई विभाजन वा कमजोर बनाउने गतिविधिमा आफू मुकदर्शक भएर नबस्ने बताएका छन्।
देउवाले आफ्नो पक्षबाट आगामी मंसिर २१, २२ र २३ गते १५औँ महाधिवेशन गर्ने बताएका छन्। यता, संस्थापन पक्षले भने असोजमै महाधिवेशन गर्ने मिति तय गरेको छ।

काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा