• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र २९, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • तीजको अवसरमा प्रथम महिला सविता पौडेलद्वारा पशुपतिनाथमा पूजाअर्चना

      बाढी प्रभावित क्षेत्रका सडक असोजभित्रै सञ्चालन गरिने, कर्मचारी संयन्त्रको कार्यशैलीप्रति स्थानीय तहको शंका

      रास्वपा संसदीय दलका सदस्यले प्रधानमन्त्री राहत कोषमा जनही १५ हजार योगदान गर्ने

      सरकारले देश जलाउने काम गर्‍यो, राजसंस्थाबिना राष्ट्रको रक्षा हुन सक्दैन : दुर्गा प्रसाईं

      बालेनको बैठकमा सहभागी हुन सिंहदरबार पुगेका पालिका अध्यक्ष पक्राउ

      भोटेकोशी बाढीपछि सरकारको उद्धार प्रयासको जनप्रतिनिधिद्वारा प्रशंसा

      बालेन सरकार विघटन गरी ‘नयाँ सरकार’ गठन गर्न जेनजी मुभमेन्टको माग

      तीजको दिन शेयर बजारमा हरियाली, नेप्से २५ अंकले बढ्यो

      ‘केटी मिलाइदिन्छु’ भन्दै भिडियो बनाएर पोस्ट गर्ने युवक पक्राउ

      विमानस्थलमा दुर्गा प्रसाईँ र प्रहरीबीच धकेलाधकेल, एक जना पक्राउ

      २०२८ मा जेडी भान्सलाई समर्थन गर्नेबारे ट्रम्पः ‘अहिले कुनै निर्णय भएको छैन’

      मिडियामा एआईको प्रयोगमाथि पत्रकारिताका नेपाली विद्यार्थीलाई चीनमा प्रशिक्षण

      अरुण भ्याली हाइड्रोपावरले ५ प्रतिशत बोनस सेयर दिने

      चिलिमे टनेलमा रातभर उद्धार कार्य

      हरितालिका तीज : आस्था, साधना र परम्पराको पर्व

    होमपेज /  अन्य

    हरितालिका तीज : आस्था, साधना र परम्पराको पर्व

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ भाद्र २९, सोमबार (१0 घण्टा अघि)
    अनुमानित पढ्ने समय : २ मिनेट
  • २५ पटक पढिएको
  • काठमाडौं । हिन्दू धर्मावलम्बी महिलाहरूले विशेष श्रद्धा र उत्साहका साथ मनाउने हरितालिका तीज धार्मिक आस्था, पारिवारिक सुख–शान्ति र सामाजिक संस्कृतिसँग जोडिएको पर्व हो ।

    भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीजमा विवाहित महिलाले पतिको दीर्घायु, सुस्वास्थ्य तथा परिवारको सुख–समृद्धिको कामना गर्दै व्रत बस्ने परम्परा छ । अविवाहित महिलाले भने आफूले चाहेजस्तो योग्य जीवनसाथीको कामना गर्दै तीजको व्रत बस्ने धार्मिक मान्यता रहिआएको छ ।

    ज्योतिष पण्डित मुकुन्द नेपालका अनुसार हरितालिका तीजको धार्मिक सम्बन्ध भगवान् शिव र माता पार्वतीसँग जोडिएको छ । माता पार्वतीले भगवान् शिवलाई पतिको रूपमा प्राप्त गर्ने उद्देश्यले लामो समय कठोर तपस्या गरेको धार्मिक कथन छ । पार्वतीको त्यही तपस्या र शिवप्रतिको समर्पणको स्मरण गर्दै तीजमा महिलाहरूले शिवको आराधना र उपासना गर्ने परम्परा बसेको उनी बताउँछन् ।

    ‘हरितालिका तीजको धार्मिक सम्बन्ध भगवान् शिव र माता पार्वतीसँग जोडिएको छ । माता पार्वतीले भगवान् शिवलाई पतिको रूपमा प्राप्त गर्न लामो समय कठोर तपस्या गर्नुभएको धार्मिक कथन छ । उहाँको त्यही तपस्या र शिवप्रतिको समर्पणको स्मरण गर्दै तीजमा महिलाहरूले भगवान् शिवको आराधना र उपासना गर्ने परम्परा बसेको हो,’ उनी भन्छन् ।

    नेपालका अनुसार तीज महिलाका लागि मात्र सीमित पर्व भने होइन । पुरुषले पनि आफ्नो जीवनसाथी तथा परिवारको सुख, शान्ति र समृद्धिका लागि प्रार्थना तथा साधना गर्न सक्ने उनको भनाइ छ । यद्यपि माता पार्वतीसँगको धार्मिक सम्बन्धका कारण महिलाका लागि तीजको विशेष महत्व स्थापित भएको छ ।

    उनले भने, ‘तीज महिलाका लागि मात्रै सीमित पर्व होइन । पुरुषले पनि आफ्नो जीवनसाथी तथा परिवारको सुख, शान्ति र समृद्धिका लागि प्रार्थना तथा साधना गर्न सक्छन् । तर माता पार्वतीसँगको धार्मिक सम्बन्धका कारण तीज महिलाका लागि विशेष महत्वको पर्वका रूपमा स्थापित भएको हो ।’

    दरदेखि ऋषिपञ्चमीसम्म

    हरितालिका तीजको धार्मिक प्रक्रिया मुख्यतः द्वितीयादेखि पञ्चमीसम्म जोडिन्छ । तीजको अघिल्लो दिन अर्थात् भाद्र शुक्ल द्वितीयामा ‘दर’ खाने परम्परा छ । परम्पराअनुसार महिलाहरूले राति १२ बज्नुअघि विभिन्न परिकार तथा मिष्ठान्न ग्रहण गर्छन् र त्यसको भोलिपल्ट तृतीयाका दिन निराहार व्रत बस्ने चलन छ ।

    तर पछिल्लो समय तीजको दर खाने परम्परा महिनौँअघिदेखि विभिन्न कार्यक्रमका नाममा मनाउने प्रवृत्ति बढेको छ । पण्डित नेपालले यसलाई परम्पराको मौलिक भावनाभन्दा फरक हुँदै गएको विकृतिका रूपमा लिनुपर्ने बताउँछन् ।

    उनका अनुसार व्रत केवल खानपान त्याग्ने कर्म होइन, आत्मसंयम, साधना र उपासनासँग जोडिएको अभ्यास हो । व्रत बसेर अरूको आलोचना गर्ने वा नकरात्मक गतिविधिमा संलग्न हुने हो भने व्रतको आध्यात्मिक उद्देश्य पूरा नहुने उनको भनाइ छ ।

    ‘व्रत भनेको सामीप्यता, साधना र उपासना हो,’ नेपाल भन्छन्, ‘निस्वार्थ भावले भगवानको आराधना गर्ने र आफूभित्र सकारात्मक भाव विकास गर्ने विषयलाई व्रतसँग जोड्नुपर्छ ।’

    स्वास्थ्यलाई ध्यान दिएर व्रत

    तीजको व्रत धार्मिक आस्थासँग जोडिए पनि स्वास्थ्यलाई बेवास्ता गर्न नहुने पण्डित नेपालको सुझाव छ । शारीरिक रूपमा कमजोर वा बिरामी व्यक्तिले अनिवार्य रूपमा निराहार व्रत बस्नुपर्ने धार्मिक बाध्यता नरहेको उनी बताउँछन् ।

    ‘शरीरमाद्यं खलु धर्मसाधनम्’ अर्थात् शरीर नै धर्मसाधनाको पहिलो माध्यम भएकाले शरीरलाई कमजोर बनाएर गरिने साधनाको अर्थ नहुने उनको तर्क छ ।

    उनका अनुसार स्वास्थ्यअनुसार निराहार, फलाहार वा जलाहारमध्ये उपयुक्त विधि अपनाउन सकिन्छ । निराहार व्रतमा कुनै पनि खानेकुरा तथा पेय पदार्थ नलिने, फलाहारमा फलफूललगायतका आहार लिने र जलाहारमा पानी ग्रहण गर्ने परम्परा छ ।

    उनले भने, ‘तीजको व्रत बस्दा स्वास्थ्यलाई पनि उत्तिकै ध्यान दिनुपर्छ । शारीरिक रूपमा कमजोर वा बिरामी हुनुहुन्छ भने अनिवार्य रूपमा निराहार व्रत बस्नुपर्छ भन्ने छैन । ‘शरीरमाद्यं खलु धर्मसाधनम्’ भनेझैँ शरीर नै धर्मसाधनाको पहिलो माध्यम हो । त्यसैले आफ्नो स्वास्थ्यअनुसार निराहार, फलाहार वा जलाहारमध्ये उपयुक्त विधि अपनाएर व्रत बस्न सकिन्छ ।’

    तीजपछि ऋषिपञ्चमी

    हरितालिका तीजसँगै ऋषिपञ्चमीको पनि विशेष धार्मिक महत्व छ । भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषिपञ्चमीमा महिलाहरूले स्नान गरी सप्तऋषिको पूजा गर्ने परम्परा छ । रजस्वलासँग सम्बन्धित धार्मिक दोषबाट मुक्ति पाउने उद्देश्यले ऋषिपञ्चमीको व्रत तथा पूजा गर्ने शास्त्रीय मान्यता रहेको पण्डित नेपाल बताउँछन् ।

    उनले भने, ‘हरितालिका तीजसँगै ऋषिपञ्चमीको पनि विशेष धार्मिक महत्व छ । भाद्र शुक्ल पञ्चमीका दिन महिलाहरूले स्नान गरी सप्तऋषिको पूजा गर्ने परम्परा छ । रजस्वलासँग सम्बन्धित धार्मिक दोषबाट मुक्ति पाउने उद्देश्यले ऋषिपञ्चमीको व्रत तथा पूजा गर्ने शास्त्रीय मान्यता रहिआएको छ ।’

    तीजको अघिल्लो दिन दर, तृतीयाका दिन हरितालिका तीज तथा त्यसपछिको पञ्चमीमा ऋषिपञ्चमी मनाउने भएकाले यी पर्वहरू धार्मिक रूपमा एकअर्कासँग जोडिएका छन् ।

    मङ्गल चौथीको आफ्नै मान्यता

    तीजको क्रमसँगै भाद्र शुक्ल चतुर्थीमा मङ्गल चौथी मनाउने परम्परा पनि कतिपय स्थानमा रहेको छ । यस दिन चन्द्रदर्शनसँग सम्बन्धित धार्मिक मान्यता प्रचलित छ । चन्द्रमाको दर्शन गरेमा चोरीको झुटो आरोप लाग्ने धार्मिक विश्वासका कारण यस दिन चन्द्रदर्शन नगर्ने चलन कतिपय समुदायमा अझै कायम छ ।

    देशदेखि विदेशसम्म फैलिँदो तीज

    नेपालमा तीज धार्मिक पर्वका रूपमा मात्र नभई महिलाहरूको सामाजिक भेटघाट, माइती–घरको सम्बन्ध, दुःख–सुख साटासाट र सांस्कृतिक अभिव्यक्तिको अवसरका रूपमा पनि स्थापित छ । तीजका गीत, नृत्य, पूजा, व्रत र दर खाने परम्पराले यसलाई नेपाली समाजको महत्वपूर्ण सांस्कृतिक पर्व बनाएको छ ।

    पछिल्लो समय रोजगारी तथा अध्ययनका कारण नेपालीहरू विश्वका विभिन्न मुलुकमा पुगेपछि तीज पनि नेपालबाहिर नेपाली समुदायको पहिचान र संस्कृतिसँग जोडिएको पर्वका रूपमा मनाइन थालेको छ । विदेशमा रहेका नेपाली महिलाहरूले पनि आफ्नो अनुकूलताअनुसार पूजा, व्रत, सांस्कृतिक कार्यक्रम तथा भेटघाटमार्फत तीज मनाउने गरेका छन् ।

    तर तीज मनाउने क्रममा देखिने भड्किलोपन, अनावश्यक खर्च र लामो समयसम्म चल्ने भोज तथा मनोरञ्जनात्मक कार्यक्रमले पर्वको मौलिक धार्मिक तथा सांस्कृतिक पक्ष ओझेलमा पर्न सक्ने चिन्ता पनि व्यक्त हुँदै आएको छ । त्यसैले तीजलाई आस्था, आत्मसंयम, पारिवारिक सद्भाव र सांस्कृतिक पहिचानको पर्वका रूपमा मनाउनुपर्नेमा जोड दिइन्छ ।

    पण्डित नेपालले पनि तीज मनाउँदा आफ्नो स्वास्थ्य र परिस्थितिलाई ध्यान दिन आग्रह गरेका छन् । विशेषगरी बिरामी, उपचाररत, शोकमा रहेका वा किरियामा बसेका व्यक्तिले आफ्नो अवस्थाअनुसार धार्मिक कर्म गर्नुपर्ने उनको सुझाव छ ।

    उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मातृशक्तिलाई हरितालिका तीजको शुभकामना दिँदै स्वास्थ्यलाई ध्यानमा राखेर भगवान् भोलेनाथको आराधना गर्न र आफ्ना कामना पूरा होऊन् भन्ने शुभेच्छा व्यक्त गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    बालेन सरकार विघटन गरी ‘नयाँ सरकार’ गठन गर्न जेनजी मुभमेन्टको माग

    विमानस्थलमा दुर्गा प्रसाईँ र प्रहरीबीच धकेलाधकेल, एक जना पक्राउ

    एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डमा औद्योगिक तथा व्यावसायिक नेतृत्व सम्मानित

    मिथिलाञ्चलमा क्षेत्रमा आज चौठ चन्द्र (चौरचन) पर्व मनाइँदै

    कुन्ख्येन फालक तालस् तिलिचोभन्दा अग्लो, आधिकारिक अध्ययनको पर्खाइमा

    राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    तीजको अवसरमा प्रथम महिला सविता पौडेलद्वारा पशुपतिनाथमा पूजाअर्चना

    बाढी प्रभावित क्षेत्रका सडक असोजभित्रै सञ्चालन गरिने, कर्मचारी…

    रास्वपा संसदीय दलका सदस्यले प्रधानमन्त्री राहत कोषमा जनही…

    सरकारले देश जलाउने काम गर्‍यो, राजसंस्थाबिना राष्ट्रको रक्षा…

    बालेनको बैठकमा सहभागी हुन सिंहदरबार पुगेका पालिका अध्यक्ष…

    भोटेकोशी बाढीपछि सरकारको उद्धार प्रयासको जनप्रतिनिधिद्वारा प्रशंसा

    चिलिमे टनेलमा रातभर उद्धार कार्य

    प्रत्येक बालबालिकाको सुरक्षित बालापन र उज्ज्वल भविष्य सुनिश्चित…

    आर्थिक

    तीजको दिन शेयर बजारमा हरियाली, नेप्से २५ अंकले बढ्यो

    अरुण भ्याली हाइड्रोपावरले ५ प्रतिशत बोनस सेयर दिने

    सुनको मूल्य ३४ सय रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑