• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र २९, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • तीजको अवसरमा प्रथम महिला सविता पौडेलद्वारा पशुपतिनाथमा पूजाअर्चना

      बाढी प्रभावित क्षेत्रका सडक असोजभित्रै सञ्चालन गरिने, कर्मचारी संयन्त्रको कार्यशैलीप्रति स्थानीय तहको शंका

      रास्वपा संसदीय दलका सदस्यले प्रधानमन्त्री राहत कोषमा जनही १५ हजार योगदान गर्ने

      सरकारले देश जलाउने काम गर्‍यो, राजसंस्थाबिना राष्ट्रको रक्षा हुन सक्दैन : दुर्गा प्रसाईं

      बालेनको बैठकमा सहभागी हुन सिंहदरबार पुगेका पालिका अध्यक्ष पक्राउ

      भोटेकोशी बाढीपछि सरकारको उद्धार प्रयासको जनप्रतिनिधिद्वारा प्रशंसा

      बालेन सरकार विघटन गरी ‘नयाँ सरकार’ गठन गर्न जेनजी मुभमेन्टको माग

      तीजको दिन शेयर बजारमा हरियाली, नेप्से २५ अंकले बढ्यो

      ‘केटी मिलाइदिन्छु’ भन्दै भिडियो बनाएर पोस्ट गर्ने युवक पक्राउ

      विमानस्थलमा दुर्गा प्रसाईँ र प्रहरीबीच धकेलाधकेल, एक जना पक्राउ

      २०२८ मा जेडी भान्सलाई समर्थन गर्नेबारे ट्रम्पः ‘अहिले कुनै निर्णय भएको छैन’

      मिडियामा एआईको प्रयोगमाथि पत्रकारिताका नेपाली विद्यार्थीलाई चीनमा प्रशिक्षण

      अरुण भ्याली हाइड्रोपावरले ५ प्रतिशत बोनस सेयर दिने

      चिलिमे टनेलमा रातभर उद्धार कार्य

      हरितालिका तीज : आस्था, साधना र परम्पराको पर्व

    होमपेज /  समाचार

    मिडियामा एआईको प्रयोगमाथि पत्रकारिताका नेपाली विद्यार्थीलाई चीनमा प्रशिक्षण

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ भाद्र २९, सोमबार (९ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ११ पटक पढिएको
  • काठमाडौं । त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका पाँच जना विद्यार्थीले चीनको सिचुआनमा एआई तथा डिजिटल सञ्चार सम्बन्धि साताव्यापी अध्ययन भ्रमण पूरा गरेका छन् ।

    त्रिविको पत्रकारिता केन्द्रीय विभाग र युनिभर्सिटी अफ इलेक्ट्रोनिक्स साइन्स एण्ड टेक्नोलोजी अफ चाइना (यूईएसटीसी) बीचको शैक्षिक सहकार्य अन्तर्गत आयोजित कार्यक्रममा नेपाली विद्यार्थीले एआईलाई समाचार कक्षको दैनिक कार्य प्रवाहमा कसरी प्रयोग गर्ने, डिजिटल सामग्री उत्पादन तथा दृश्य कथा वाचन, मिथ्या सूचना पहिचान र व्यवस्थापन लगायतका विषयमा सैद्धान्तिक तथा व्यावहारिक ज्ञान लिएका हुन् ।

    नेपाल चीन सम्बन्धले ७१ वर्ष पूरा गरिसकेको छ । मैत्रीपूर्ण सम्बन्धलाई सरकारदेखि सरकारमात्र नभइ जनस्तरसम्म जोड्न विभिन्न गतिविधि हुँदै आएको छ। त्यसअन्तर्गत आगामी दिनमा पनि प्राज्ञिक क्षेत्रमा सहकार्य जारी रहने यूईएसटीसीका प्राध्यापक चाङ स्युनले जानकारी दिइन् ।

    कार्यक्रममा केन्द्रीय विभागका अनुषा काफ्ले, दीक्षा राई, मोनिका वाइबा, लक्ष्मण गिरी र प्रियंका सुनार सहभागी थिए । नेपाली टोलीको नेतृत्व केन्द्रीय विभागका उपप्राध्यापक डा. ऋषिकेश दाहालले गरेका थिए ।

    नेपाल चीनबीच प्राज्ञिक सहकार्यले आगामी दिनमा पनि निरन्तरता पाउने केन्द्रीय विभागका डा. दाहालले जानकारी दिए।

    ‘यसखाले प्राज्ञिक सहकार्यले सञ्चारमा भएका आयामिक परिवर्तनबारे बुझ्न सघाउँछ,’ दाहालले भने, ‘चीन र नेपालको मिडिया प्रविधिमा ठूलो डिजिटल डिभाइड छ । डिजिटल क्षमता अभिवृद्धिका लागि आगामी दिनमा पत्रकारिता र सञ्चारको अध्ययन गरिरहेका थप नेपाली विद्यार्थीहरू चीनमा अध्ययनका लागि जानेछन्।’

    भ्रमणमा त्रिविबाट ७ जना सहभागी थिए भने पोखरा विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका दुई÷दुई जनाको सहभागिता थियो। काठमाडौं विश्वविद्यालयबाट एकजनाले कार्यक्रममा सहभागिता जनाएका थिए । लुम्बिनी बौद्ध विश्वविद्यालयबाट सर्मिला गोर्खाली र इसराफिल गदी, पोखरा विश्वविद्यालयबाट श्रृष्टि खड्का र अमृत बगाले सहभागी थिए भने काठमाडौं विश्वविद्यालयबाट शिव थापा मगर सहभागी थिए ।

    पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख प्रा डा कुन्दन अर्यालले यूईएसटीसीसँगको सहकार्यले निरन्तरता पाइरहँदा आगामी वर्षहरूमा थप विद्यार्थीले अवसर पाउने बताए ।

    डा.अर्याल गत वर्ष यूईएसटीसीमा अन्तर्सांस्कृतिक सञ्चार विषयको भिजिटिङ प्रोफेसरका रुपमा अध्यापन गराउन गएका थिए । प्राध्यापक डा.चाङ पनि केन्द्रीय विभागमा भिजिटिङ प्रोफेसरका रुपमा अध्यापनमा सहभागी हुँदै आएकी छिन् ।

    एआईदेखि मानव–मेसिन सहकार्यसम्म

    एक साताको कार्यक्रममा एआई र सञ्चार प्रविधिसँग सम्बन्धित विभिन्न विषयमा विषयगत छलफल गरिएको थियो । सहभागीले समाचार कक्षमा एआई उपकरणको प्रयोग, मानव–मेसिन सहकार्यमा समाचार उत्पादन, एआई युगमा मिथ्या तथा भ्रामक सूचनाको व्यवस्थापन, एआईबाट ग्रामीण विकासमा सञ्चारको भूमिका तथा डिजिटल खेल उद्योग तथा त्यसको सामाजिक, सांस्कृति मूल्यबारे अध्ययन गरेका थिए ।

    त्यस्तै, एआईबाट माइक्रो ड्रामा निर्माण तथा एआई जेनेरेटिभ कन्टेन्ट (एआईजीसी) का आधारभूत पक्षमा प्रशिक्षण दिइएको थियो । आधुनिक सञ्चार प्रविधिको प्रयोगबाट समाचार तथा अन्य डिजिटल सामग्रीलाई कसरी थप प्रभावकारी बनाउने भन्ने विषयमा व्यावहारिक जानकारी लिएको सहभागीहरुले जनाएका छन् । त्यस्तै सहभागीलाई चीनको प्रविधि, सञ्चार र सिर्जनात्मक उद्योगसँग जोडिएका विभिन्न संस्थाको स्थलगत अवलोकन समेत गराइएको थियो ।

    सञ्चार संस्थादेखि सुपर कम्प्युटिङ केन्द्रसम्म

    अध्ययन भ्रमणका क्रममा नेपाली विद्यार्थीले छेंग्दुस्थित विशाल पाण्डा प्रजनन अनुसन्धान केन्द्रमा रहेको सिसिटिभी को आइपान्डा च्यानलको अवलोकन गरेका थिए । त्यहाँ अन्तर्राष्ट्रिय दर्शकलाई लक्षित सामग्री उत्पादन तथा डिजिटल प्रसारणबारे जानकारी दिइएको थियो ।

    टोलीले छेंग्दु राष्ट्रिय सुपर कम्प्युटिङ केन्द्र, छेंग्दु विज्ञान तथा प्रविधि नवप्रवर्तन पर्यावरणीय द्वीप, तियान्फु चाङताओ डिजिटल सांस्कृतिक तथा सिर्जनात्मक पार्क र सिचुवान हार्ट फ्युचर रोबोट पार्कको अवलोकन गरेको थियो । ती भ्रमणमार्फत सुपर कम्प्युटिङ, रोबोटिक्स, एआई र डिजिटल सिर्जनात्मक उद्योगमा भइरहेको विकासबारे प्रत्यक्ष जानकारी गराइएको थियो ।

    त्यस्तै, भ्रमण टोलीले सञ्चार तथा चलचित्र क्षेत्रको अभ्यास बुझ्ने क्रममा सिचुवान युनिभर्सिटी अफ मिडिया एण्ड कम्युनिकेशन, छेंग्दु फिल्म एण्ड टेलिभिजन सिटी लगायतका संस्थाको पनि अवलोकन गरेको थियो । मेटाभर्स अनुभव केन्द्र, एआईजीसी कार्यशाला, भर्चुअल उत्पादन स्टुडियो तथा मोसन–क्याप्चर प्रविधिबारे समेत सहभागीले व्यावहारिक ज्ञान लिएका थिए ।

    चिनियाँ सञ्चार अभ्यासको प्रत्यक्ष अवलोकन

    कार्यक्रमको अर्को महत्वपूर्ण पक्षका रूपमा सहभागीले सिचुवान न्युजनेट ग्रुप तथा सिचुवान टिभीको भ्रमण गरेका थिए । भ्रमणका क्रममा समाचार उत्पादन, डिजिटल सञ्चार र प्रविधिको प्रयोगबारे जानकारी लिएको भ्रमणका सहभागी लक्ष्मण गिरीले बताए ।

    ‘नेपालका संचार संस्थाहरु खुम्चँदै जाँदा चीनले संचार संस्थाहरुलाई कसरी बलियो बनाइरहेको छ भन्ने कुराको अनुभव लिन पाइयो,’ पत्रकारिता विभागमा स्नातकोत्तर गरिरहेका गिरीले भने, ‘जुन तहको प्रविधि र विकास सहित त्यहाँका मिडियाले काम गरेका छन् तथा जुन तरिकाले अध्यापन गराइन्छ त्यो हाम्रा लागि गजबको सिकाइ बन्यो ।’

    त्यसैगरी, भ्रमण टोलीले चीनको प्राचीन सभ्यता, संस्कृति तथा इतिहासबारे समेत अध्ययन गर्ने अवसर पाएका थिए । साङ्सिङदुई सङ्ग्रहालय अवलोकनले प्रविधि र आधुनिक सञ्चारसँगै चीनले संस्कृति तथा सभ्यताको संरक्षण कसरी गरिरहेको छ भनेर जानकारी लिएको सहभागीहरुले जनाएका छन् ।

    चीन–नेपाल शैक्षिक सहकार्यको दोस्रो वर्ष

    त्रिविको आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभागले यूईएसटीसीसँगको सहकार्यमा सञ्चालित यो चीन–नेपाल युवा शैक्षिक आदान–प्रदान कार्यक्रमको दोस्रो वर्ष भएको बताएको छ । गत वर्षको पहिलो चरणमा पनि केन्द्रीय विभागका स्नातकोत्तर तहका विद्यार्थी तथा दुई जना प्राध्यापक सहभागी भएका थिए ।

    कार्यक्रमले एआईको तीव्र विकाससँगै परिवर्तन भइरहेको पत्रकारिता र सञ्चार क्षेत्रका नयाँ अभ्यासबारे नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय अनुभव दिलाउनुका साथै नेपाल र चीनका युवा, विश्वविद्यालय तथा सञ्चार क्षेत्रबीच शैक्षिक तथा व्यावसायिक सम्बन्ध विस्तार गर्ने आधारसमेत तयार गरेको विभागले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    तीजको अवसरमा प्रथम महिला सविता पौडेलद्वारा पशुपतिनाथमा पूजाअर्चना

    बाढी प्रभावित क्षेत्रका सडक असोजभित्रै सञ्चालन गरिने, कर्मचारी संयन्त्रको कार्यशैलीप्रति स्थानीय तहको शंका

    ‘केटी मिलाइदिन्छु’ भन्दै भिडियो बनाएर पोस्ट गर्ने युवक पक्राउ

    २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ९९९ जनालाई कारबाही

    आज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज

    आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    तीजको अवसरमा प्रथम महिला सविता पौडेलद्वारा पशुपतिनाथमा पूजाअर्चना

    बाढी प्रभावित क्षेत्रका सडक असोजभित्रै सञ्चालन गरिने, कर्मचारी…

    रास्वपा संसदीय दलका सदस्यले प्रधानमन्त्री राहत कोषमा जनही…

    सरकारले देश जलाउने काम गर्‍यो, राजसंस्थाबिना राष्ट्रको रक्षा…

    बालेनको बैठकमा सहभागी हुन सिंहदरबार पुगेका पालिका अध्यक्ष…

    भोटेकोशी बाढीपछि सरकारको उद्धार प्रयासको जनप्रतिनिधिद्वारा प्रशंसा

    चिलिमे टनेलमा रातभर उद्धार कार्य

    प्रत्येक बालबालिकाको सुरक्षित बालापन र उज्ज्वल भविष्य सुनिश्चित…

    आर्थिक

    तीजको दिन शेयर बजारमा हरियाली, नेप्से २५ अंकले बढ्यो

    अरुण भ्याली हाइड्रोपावरले ५ प्रतिशत बोनस सेयर दिने

    सुनको मूल्य ३४ सय रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑