सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्गा प्रसाईंका समर्थक र प्रहरीबीच धकेलाधकेल भएको छ।
झापाबाट सोमबार काठमाडौँ फर्किएका प्रसाईंले विमानस्थल परिसरमै पत्रकार सम्मेलन गर्न खोजेपछि प्रहरीले उनलाई रोकेको थियो। त्यस क्रममा प्रसाईंका समर्थक र सुरक्षाकर्मीबीच तनाव उत्पन्न भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक प्रहरी अधिकृतले जानकारी दिएका छन्।
प्रहरीका अनुसार तनावका क्रममा सुरक्षाकर्मीसँग मुठभेडमा उत्रिएको आरोपमा एक जनालाई नियन्त्रणमा लिइएको छ। पक्राउ पर्नेमा गुल्मीको मुसिकोट नगरपालिका–१ घर भएका तेजेन्द्र रायमाझी रहेका छन्।
प्रसाईं विमानस्थलबाट बाहिरिने क्रममा पत्रकार सम्मेलन गर्न खोजेपछि प्रहरीले विमानस्थलको सुरक्षा व्यवस्था र यात्रु आवागमनलाई ध्यानमा राख्दै उनलाई रोकेको जनाएको छ।
घटनापछि विमानस्थल परिसरमा केही समय तनावको अवस्था सिर्जना भएको थियो।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा