सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
हेटौंडा । हेटौंडाबाट काठमाडौं जाँदै गरेको विद्युतीय गाडी (ईभी) मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, सल्ले सुकौरामा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार दुर्घटनाका बेला गाडीमा आठ जना सवार थिए। गाडी सडकबाट करिब ५०० मिटर तल भिरमा खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने बाँकी चार जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये एक जनालाई उपचारका लागि हेटौंडा अस्पताल पठाइएको छ भने तीन जनालाई काठमाडौं लगिएको प्रहरीले जनाएको छ।
मंगलबार दिउँसो करिब २ बजे दुर्घटना भएको हो। मृतक तथा घाइतेको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा