सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं। असोज १७ गतेदेखि लगातार तीन दिन भीषण वर्षा हुने भन्दै सामाजिक सञ्जालमा फैलिएको सूचना भ्रामक रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पछिल्लो समय उक्त विषयमा सर्वसाधारणबाट धेरै जिज्ञासा आउन थालेपछि महाशाखाले आफूले त्यस्तो कुनै पूर्वानुमान नगरेको स्पष्ट पारेको हो।
महाशाखाका अनुसार हालको मौसमी गतिविधिमा ठूलो परिवर्तन देखिएको छैन। सामाजिक सञ्जालमा फैलाइएको जस्तो असोज १७ गतेदेखि लगातार तीन दिन भीषण वर्षा हुनेसम्बन्धी कुनै आधिकारिक पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको छैन।
महाशाखाले मौसमसम्बन्धी भ्रामक तथा अपुष्ट सूचना र सामग्रीको विश्वास नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। साथै, यस्ता सामग्री सामाजिक सञ्जालमार्फत प्रसार नगर्नसमेत अनुरोध गरिएको छ।
मौसमको अवस्थाबारे आधिकारिक जानकारी लिन महाशाखाको वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जालबाट प्राप्त सूचनालाई मात्र आधार बनाउन महाशाखाले आग्रह गरेको छ।
मौसमसम्बन्धी थप जानकारी तथा जिज्ञासाका लागि महाशाखाको टोल फ्री नम्बर ११५५ मा सम्पर्क गर्न सकिने जनाइएको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा