सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं। शेयर बजार परिसूचक नेप्से लगातार दोस्रो दिन घटेको छ। साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से ९.६२ अंकले घटेर २ हजार ६०३.७१ विन्दुमा झरेको हो।
आज निर्जीवन बीमा र अन्य समूहबाहेक सबै समूहका उपसूचक घटेका छन्। सबैभन्दा धेरै व्यापार समूहको उपसूचक १.८७ प्रतिशतले घटेको छ।
कारोबार भएका कम्पनीमध्ये १९९ कम्पनीको शेयर मूल्य घटेको छ भने ६९ कम्पनीको शेयर मूल्य बढेको छ। १० कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएन।
आज सिटिजन्स सुपर ३० म्युचुअल फन्डको शेयर मूल्य सबैभन्दा धेरै ५.४४ प्रतिशतले घटेको छ। बजार घटे पनि आईसीएफसी फाइनान्सको डिबेन्चर (२०८३) को मूल्य ९.१८ प्रतिशतले बढेको छ।
नेप्सेसँगै कारोबार रकममा पनि कमी आएको छ। अघिल्लो दिन ५ अर्ब ३८ करोड रुपैयाँको कारोबार भएकोमा आज ३६३ कम्पनीका १ करोड १० लाख कित्ता शेयर ४ अर्ब ६५ करोड रुपैयाँमा कारोबार भएका छन्।
अघिल्लो कारोबार दिनको तुलनामा आज कारोबार रकम करिब ७३ करोड रुपैयाँले घटेको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा