सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सांसदहरूको अभिव्यक्ति, क्षमता र विज्ञताको आधारमा उनीहरूलाई तीन तहमा वर्गीकरण गरेर आफ्नो धारणा राखेका छन्।
बुधबार इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूसँग भएको छलफलका क्रममा प्रधानमन्त्री शाहले सांसदहरूलाई ‘एभरेज’, ‘एभरेजभन्दा तल’ र ‘एक्स्ट्रा अर्डिनरी’ गरी तीन समूहमा राखेर व्याख्या गरेको एक सांसदले बताएका छन्।
ती सांसदका अनुसार शाहले सामान्य तहका सांसदले कार्यक्रम तथा आयोजनाका विषयमा चर्चा गर्ने, त्यसको तल्लो तहमा रहेकाले अरूलाई काम गर्न निर्देशन दिने र ‘एक्स्ट्रा अर्डिनरी’ सांसदले भने नयाँ विचार, सिर्जनशीलता तथा देश विकासका योजनाबारे सुझाव दिनुपर्ने बताएका थिए।
‘इन्जिनियर भनेको एक्स्ट्रा अर्डिनरी हो। एभरेज मान्छेहरू इभेन्टको कुरा गर्छन्। त्योभन्दा तलकोले मलाई यो गर, त्यो गर भन्छन्,’ प्रधानमन्त्री शाहको भनाइ उद्धृत गर्दै ती सांसदले भने, ‘एक्स्ट्रा अर्डिनरी भएकाले तपाईंहरूले आइडिया र क्रियटिभिटीको कुरा उठाउनुपर्छ। यो गरे देश बन्छ भनेर भन्नुपर्छ। तपाईंहरूको आइडियाले देश बन्छ।’
छलफलका क्रममा प्रधानमन्त्री शाहले इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूबाट औद्योगिकीकरणका लागि आवश्यक नीति, योजना र नयाँ अवधारणा प्रस्तुत गर्न आग्रह गरेका थिए।
उनले सांसदहरूले संसद्मा उठाएका विषय कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालय, मन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसँग समन्वय गर्न सकिने बताएका थिए। नयाँ विचार र योजना भएका सांसदलाई आफूले सहज रूपमा भेट्न सक्ने पनि उनले बताएका थिए।
प्रधानमन्त्री शाहले केही नयाँ विधेयक आउने तयारीमा रहेको जानकारी दिँदै त्यसमा सांसदहरूको सुझाव र सहयोग आवश्यक रहेको बताएका थिए। सांसदहरूले आफ्नो क्षेत्र र पेशागत अनुभवका आधारमा देखेका तथा भोगेका विषयलाई कानुन निर्माणको प्रक्रियामा समेट्न सकिने उनको भनाइ थियो।
छलफलमा इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूले विकास निर्माण, पूर्वाधार, औद्योगिकीकरण र नीतिगत सुधारका विषयमा आफ्ना धारणा राखेका थिए।
प्रधानमन्त्री शाहले सांसदहरूको भूमिकालाई केवल कार्यक्रम तथा आयोजनाका विषय उठाउनेमा सीमित नगरी नयाँ अवधारणा, सिर्जनशील सोच र दीर्घकालीन विकास योजनासहित नीति निर्माणमा योगदान गर्नुपर्नेमा जोड दिएका छन्।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा