सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुत्केरी बिदालाई कर्मचारीलाई दिइने सुविधाका रूपमा मात्र नभई मातृत्वको सम्मान तथा आमा र नवजात शिशुको स्वास्थ्यसँग जोडेर हेर्नुपर्ने बताएकी छन्।
प्रतिनिधिसभामा ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक–२०८३’ माथि भएको सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले मातृत्वका समयमा महिलाले पर्याप्त आराम, स्वास्थ्य पुनःस्थापना र नवजात शिशुको उचित हेरचाहका लागि आवश्यक समय पाउनुपर्ने बताइन्।
उनले प्रस्तावित ६ महिनाको सुत्केरी बिदा सरकारी कर्मचारी वा स्वास्थ्यकर्मीमा मात्र सीमित नभई निजी क्षेत्रमा कार्यरत महिलासहित सबै कामकाजी महिलाको मातृत्व अधिकारसँग जोडिएको विषय भएको स्पष्ट पारिन्।
मन्त्री मेहताका अनुसार प्रस्तावित संशोधनमा सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा कार्यरत महिलालाई सुत्केरी हुनुअघि र पछि गरी ६ महिनासम्म तलबसहितको सुत्केरी बिदा दिने व्यवस्था गरिएको छ।
त्यस्तै, पत्नी सुत्केरी हुँदा पुरुष कर्मचारीलाई ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा दिने प्रस्ताव गरिएको छ।
हालको व्यवस्थाअनुसार आमालाई ९० दिन र बाबुलाई १५ दिन सुत्केरी तथा प्रसूति स्याहार बिदा दिने व्यवस्था छ। प्रस्तावित संशोधनले दुवैको बिदा अवधि बढाउन खोजेको हो।
मन्त्री मेहताले लामो सुत्केरी बिदाले आमाको स्वास्थ्य पुनःस्थापनाका साथै नवजात शिशुको हेरचाह, स्तनपान र पोषणमा समेत सकारात्मक प्रभाव पार्ने बताइन्।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा