सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।
सोमबार साइबर ब्युरोले म्याद थपका लागि प्रसाईंलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो। अदालतले साइबरसम्बन्धी आरोपमा अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रचना खतिवडाको उजुरीका आधारमा साइबर ब्युरोले सोमबार बिहान प्रसाईंलाई पक्राउ गरेको थियो। खतिवडा जेनजी आन्दोलनका शहीद रसिक खतिवडाकी आमा हुन्।
प्रसाईंले सामाजिक सञ्जालमार्फत शहीद रसिक खतिवडाबारे अपमानजनक टिप्पणी गरेको आरोप लगाउँदै खतिवडाले साइबर ब्युरोमा उजुरी दिएकी थिइन्। सोही उजुरीका आधारमा प्रहरीले प्रसाईंलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो।
प्रसाईं यसअघि पनि विभिन्न घटनामा पक्राउ पर्दै आएका छन्। गत साउन १८ गते सर्वोच्च अदालतको आदेशपछि उनी रिहा भएका थिए।
त्यसैगरी, गत भदौ ४ गते प्रहरीले प्रसाईंको घरमा खानतलासी गरेको थियो। सर्वोच्च अदालतको आदेशपछि खानतलासीका क्रममा बरामद गरिएका सामग्री प्रहरीले फिर्ता गरेको थियो।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा