सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुशासन र समृद्धिको नारा दिएर निर्वाचित सरकार ‘ठूला माछा’ समात्ने प्रकरणमा एकपछि अर्को गर्दै पछि हट्नुपर्ने अवस्था आउनु विडम्बनापूर्ण भएको बताएका छन्।
भट्टराईले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तस्बिर सार्वजनिक गर्दै लोकतान्त्रिक व्यवस्थामा राज्यका सबै काम विधिसम्मत रूपमा हुनुपर्ने बताएका हुन्।
उनले भनेका छन्, ‘सुशासन र समृद्धिको नारा दिएर निर्वाचित सरकार ठूला माछा समात्ने प्रकरणहरूमा एकपछि अर्को गरी पछि हट्नुपर्ने स्थिति आउनु विडम्बनापूर्ण छ।’
भट्टराईले आर्थिक तथा सामाजिक रूपमा कमजोर व्यक्तिले अपराध गर्दा प्रमाण छाड्ने भएकाले उनीहरू पक्राउ पर्ने तर शक्तिशाली व्यक्तिहरूले प्रमाण नछाड्दा प्रमाण अभावका कारण उन्मुक्ति पाउने अवस्था देखिएको टिप्पणी गरेका छन्।
उनका अनुसार यस्तो अवस्थाले न्याय प्रणालीमा समान व्यवहारको प्रश्न उठाउँछ। गरिब तथा कमजोर र शक्तिशाली व्यक्तिका लागि फरक–फरक व्यवहार हुने अवस्था अन्त्य गर्न न्यायिक प्रणालीमा सुधार आवश्यक रहेको उनको धारणा छ।
भट्टराईले देशलाई व्यवस्थित रूपमा लुट्दै आएका तथा भविष्यमा पनि त्यस्तो गतिविधि गर्न सक्ने विभिन्न समूहलाई नियन्त्रण नगरी सुशासन र समृद्धिको वास्तविक सुरुवात हुन नसक्ने बताएका छन्।
उनले भनेका छन्, ‘देशलाई व्यवस्थित ढंगले लुट्दै आएका र भविष्यमा पनि लुटिरहने विभिन्न भेषधारी गिरोहलाई पहिले नष्ट नगरी सुशासन र समृद्धिको सही सुरुवात हुन्न।’
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा