• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन १३, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • अमरेश सिंहको दाबी– बालेनले मेरो,रवि र प्रचण्डको पछाडि सुराकी लगाएको छ

      भारतीय नीतिको असर : १ खर्ब ४६ अर्बको तेल निर्यातमा जोखिम

      बालबालिकामा टन्सिलको संक्रमण भए बेवास्ता गर्न हुँदैन, मुटुरोगको जोखिम बढ्छ ः डा.रेग्मी

      राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय बहुविषयक र नागरिक सहभागितामा आधारित हुनुपर्ने सांसद ओलीको जोड

      बालबालिकामा टन्सिलको संक्रमण भए बेवास्ता गर्न हुँदैन, मुटुरोगको जोखिम बढ्छ ः डा.रेग्मी

      कामना सेवा विकास बैंकद्वारा १५० विद्यार्थीलाई वित्तीय साक्षरता र करिअर मार्गदर्शन

      राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय बहुविषयक र नागरिक सहभागितामा आधारित हुनुपर्ने सांसद ओलीको जोड

      रसुवा बाढीमा भएको क्षतिमा २० अर्ब ९८ करोडको बीमा दाबी

      नेशनल लाइफको चारदिने कर्मचारी सीप अभिवृद्धि कार्यक्रम सम्पन्न

      भारतीय नीतिको असर : १ खर्ब ४६ अर्बको तेल निर्यातमा जोखिम

      नेपाल–बेलायत सांसदहरुबीच मैत्रीपूर्ण क्रिकेट खेल हुने 

      गृहमन्त्रालयद्वारा एकैपटक १०० कर्मचारीको सरुवा

      रसुवा बाढीमा भएको क्षतिमा २० अर्ब ९८ करोडको बीमा दाबी

      गुडिरहेको बसमाथि अचानक ढुंगा खस्दा चार यात्रु घाइते

      अन्तर्राष्ट्रिय छवि शून्यमा पु¥याउनेहरूले प्रधानमन्त्रीको कुटनीतिक मर्यादामा प्रश्न उठाए : सांसद संग्रौला

    होमपेज /  समाचार

    भारतीय नीतिको असर : १ खर्ब ४६ अर्बको तेल निर्यातमा जोखिम

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ आश्विन १३, मंगलबार (५३ मिनेट अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ९ पटक पढिएको
  • काठमाडौं । नेपालबाट भारततर्फ हुने प्रशोधित खाद्य तेलको निर्यातमा भारतले गरेको पछिल्लो भन्सार शुल्क कटौतीले नेपाली उद्योगको प्रतिस्पर्धात्मक लाभ घटाउने जोखिम बढाएको छ ।

    गत आर्थिक वर्षमा भटमास, पाम र सूर्यमुखी तेलबाट १ खर्ब ४६ अर्ब रुपैयाँभन्दा बढीको निर्यात गरेको नेपालका लागि भारतको नयाँ शुल्क संरचनाले निर्यातको परिमाणभन्दा पहिले उद्योगको नाफा र बजार हिस्सामा दबाब सिर्जना गर्ने देखिएको हो ।

    भारतले सेप्टेम्बर २४ देखि लागू हुने गरी पाम, भटमास र सूर्यमुखीको कच्चा तेलमा लाग्ने आयात शुल्क घटाएको छ । कच्चा पाम र सोयाबिन तेलको आधारभूत भन्सार महसुल १० प्रतिशतबाट ५ प्रतिशतमा झारिएको छ भने कच्चा सूर्यमुखी तेलमा लाग्दै आएको १० प्रतिशत शुल्क हटाइएको छ ।

    कृषि पूर्वाधार तथा विकास र सामाजिक सुरक्षा चार्जसमेत जोड्दा कच्चा पाम र सोयाबिन तेलमा लाग्ने कुल आयात शुल्क १६ दशमलव ५ प्रतिशतबाट ११ प्रतिशतमा तथा कच्चा सूर्यमुखी तेलमा १६ दशमलव ५ प्रतिशतबाट ५ दशमलव ५ प्रतिशतमा झरेको छ ।

    नेपाल चामल, तेल, दाल उत्पादक संघका सदस्य विभोर अग्रवालका अनुसार भारतले कच्चा तेलमा भन्सार घटाएपछि भारतीय उद्योगले तेस्रो मुलुकबाट कच्चा पदार्थ कम लागतमा आयात गर्न सक्ने अवस्था बनेको छ । उनका अनुसार यसले नेपालबाट भारततर्फ भइरहेको प्रशोधित तेलको निर्यातलाई प्रत्यक्ष असर पार्नेछ ।

    ‘अहिलेसम्म भारतमा कच्चा तेल आयात गर्दा भारतीय उद्योगीले बढी शुल्क तिर्नुपथ्र्यो । नेपालले आयात गर्ने कच्चा पदार्थमा त्यसभन्दा कम शुल्क लाग्ने भएकाले ड्युटी डिफरेन्सको लाभ नेपालबाट तेल निर्यातमा देखिएको थियो,’ अग्रवालले भने, ‘अब भारतले त्यहाँको कच्चा तेलको आयात शुल्क घटाएपछि भारतीय उद्योगलाई नै कच्चा पदार्थ सस्तो पर्ने भयो । त्यसपछि भारतमा भारतीय तेल नै सस्तो हुन्छ भने नेपालबाट तेल निर्यात गर्न कठिन हुन्छ ।’

    भारतले कच्चा पदार्थमा शुल्क घटाएपछि नेपाली उद्योगले पाउँदै आएको लागतसम्बन्धी लाभ घट्ने अग्रवालको भनाइ छ । उनका अनुसार यसको असर निर्यातमा मात्र नभई नेपालमा कच्चा तेलको आयातमा समेत पर्न सक्छ ।

    ‘भारतमा नेपाली तेलको माग घटेपछि नेपालमा कच्चा पदार्थको आयात पनि कम हुन्छ । कतिपय अवस्थामा बाटोमा रहेको कच्चा पदार्थको सौदा पनि रद्द हुनसक्ने अवस्था आउन सक्छ,’ उनले भने ।

    १ खर्ब ४६ अर्बको निर्यातको आधार

    व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रको तथ्यांकअनुसार आव २०८२÷८३ मा भटमास, पाम र सूर्यमुखी तेलको कुल निर्यात मूल्य १ खर्ब ४६ अर्ब रुपैयाँभन्दा बढी थियो । यी वस्तुको अधिकांश निर्यात भारततर्फ भएको छ ।

    यसमा सबैभन्दा ठूलो हिस्सा भटमासको तेलको छ । भन्सार विभागका अनुसार आव २०८२÷८३ मा १ खर्ब २८ अर्ब ७४ करोड रुपैयाँ बराबरको ५ लाख ९३ हजार ८२३ मेट्रिक टन भटमासको तेल निर्यात भएको थियो ।

    अघिल्लो आव २०८१÷८२ मा यस्तो निर्यात १ खर्ब ६ अर्ब ७९ करोड रुपैयाँ बराबरको ५ लाख ९ हजार ९६२ मेट्रिक टन थियो । अर्थात् एक वर्षमै भटमासको तेलको निर्यात मूल्य करिब २२ अर्ब रुपैयाँले बढेको छ ।

    तर पाम र सूर्यमुखी तेलको निर्यात भने स्थिर छैन । पाम तेलको निर्यात आव २०७६÷७७ मा १८ अर्ब ३२ करोड रुपैयाँ पुगेकोमा आव २०७७÷७८ मा ६ किलोलिटरमा सीमित भएको थियो । त्यसपछि आव २०७८÷७९ मा पुनः ४१ अर्ब ६ करोड रुपैयाँ पुगेको निर्यात आव २०८२÷८३ मा ८ अर्ब ३७ करोड रुपैयाँमा झरेको छ ।

    सूर्यमुखी तेलको निर्यात पनि आव २०८१÷८२ मा १२ अर्ब ३३ करोड रुपैयाँ पुगेकोमा आव २०८२÷८३ मा मूल्यका आधारमा ८ अर्ब ९४ करोड रुपैयाँमा झरेको छ । यद्यपि, परिमाण भने ६९ हजार ३४५ किलोलिटर पुगेको छ ।

    उद्योगको नाफामा दबाब

    भारतको शुल्क कटौतीपछि नेपाली उद्योगले भारतीय बजारमा आफ्नो हिस्सा कायम राख्न मूल्य घटाउनुपर्ने अवस्था आउन सक्ने व्यवसायीको भनाइ छ । त्यसो भए निर्यातको रकम तत्काल ठूलो परिमाणमा नघटे पनि उद्योगको नाफा मार्जिनमा दबाब पर्न सक्छ ।

    अग्रवालका अनुसार भारतको नयाँ शुल्क संरचनाले नेपाली उद्योगको निर्यातमा रहेको मुख्य लागतगत लाभ नै कमजोर बनाएको छ । ‘केहीदिन अघिसम्म भारतमा भारतीय तेल महँगो पर्ने भएकाले नेपालबाट प्रशोधित तेल निर्यात भइरहेको थियो । अब भारतमै तेल सस्तो भएपछि नेपाली तेल त्यहाँ लैजानुको आर्थिक आधार कमजोर हुन्छ,’ उनले भने ।

    उनका अनुसार यसको अर्को प्रभाव नेपालमा देखिन सक्छ । भारततर्फ निर्यात हुन नसकेको तेल नेपाली बजारमा रहने भएकाले आन्तरिक बजारमा आपूर्ति बढ्नसक्छ । ‘नेपालबाट भारततर्फ निर्यात नभएपछि त्यो तेल नेपालमै आउँछ । त्यसले नेपालमा तेल सस्तो हुने अवस्था पनि आउनसक्छ,’ अग्रवालले भने । यसले उपभोक्ताका लागि मूल्यमा राहत दिन सक्ने भए पनि निर्यातमुखी उद्योगका लागि भने चुनौती थपिने उनको भनाइ छ ।

    राजस्वमा पनि असर पर्नसक्ने

    खाद्य तेल निर्यातमा कमी आएमा त्यसको असर उद्योगको कारोबारमा मात्र सीमित नहुने व्यवसायीको भनाइ छ । कच्चा पदार्थ आयात, प्रशोधन, प्याकेजिङ, ढुवानी, बैंकिङ तथा अन्य सेवासँग जोडिएको कारोबारमा समेत यसको प्रभाव पर्न सक्छ ।

    अग्रवालका अनुसार निर्यात घट्दा कच्चा पदार्थको आयातसम्बन्धी कारोबार र त्यसबाट सरकारलाई प्राप्त हुने राजस्वमा समेत कमी आउन सक्छ । ‘भारततर्फ निर्यात नै भएन भने निर्यातबाट आउने कारोबार त घट्छ नै । कच्चा पदार्थको आयातमा लाग्ने कर तथा त्यससँग जोडिएको कारोबार पनि घट्न सक्छ,’ उनले भने ।

    नेपालमा प्रशोधन गरेर भारत पठाइने खाद्य तेलको ठूलो हिस्सा भारतीय बजारमा निर्भर भएकाले भारतको आयात नीतिमा आउने परिवर्तनले नेपाली उद्योगलाई प्रत्यक्ष असर पार्दै आएको छ । विगतमा पाम तथा सूर्यमुखी तेलको निर्यातमा देखिएको उतारचढावले पनि यस्तो निर्भरता देखाउँछ । त्यसैले भारतको पछिल्लो शुल्क परिवर्तनले नेपाली खाद्य तेल उद्योगसामु दुईवटा प्रमुख चुनौती खडा गरेको छ—भारतीय बजारमा मूल्य प्रतिस्पर्धा कायम राख्नु र निर्यातबाट प्राप्त हुने नाफा जोगाउनु ।

    १ खर्ब ४६ अर्ब रुपैयाँभन्दा बढीको निर्यात कारोबार तत्कालै समाप्त हुने अवस्था नभए पनि भारतको नयाँ शुल्क संरचना लामो समय कायम रहेमा नेपाली उद्योगले विगतमा पाउँदै आएको लागत तथा भन्सार अन्तरको लाभ घट्न सक्नेछ । त्यसको असर निर्यातको परिमाण, निर्यात मूल्य, कच्चा पदार्थको आयात र उद्योगको नाफामा देखिन सक्छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    अमरेश सिंहको दाबी– बालेनले मेरो,रवि र प्रचण्डको पछाडि सुराकी लगाएको छ

    बालबालिकामा टन्सिलको संक्रमण भए बेवास्ता गर्न हुँदैन, मुटुरोगको जोखिम बढ्छ ः डा.रेग्मी

    राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय बहुविषयक र नागरिक सहभागितामा आधारित हुनुपर्ने सांसद ओलीको जोड

    रसुवा बाढीमा भएको क्षतिमा २० अर्ब ९८ करोडको बीमा दाबी

    गुडिरहेको बसमाथि अचानक ढुंगा खस्दा चार यात्रु घाइते

    अन्तर्राष्ट्रिय छवि शून्यमा पु¥याउनेहरूले प्रधानमन्त्रीको कुटनीतिक मर्यादामा प्रश्न उठाए : सांसद संग्रौला

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    असोज १७ देखि तीन दिन भीषण वर्षा हुने…

    अमरेश सिंहको दाबी– बालेनले मेरो,रवि र प्रचण्डको पछाडि…

    भारतीय नीतिको असर : १ खर्ब ४६ अर्बको…

    बालबालिकामा टन्सिलको संक्रमण भए बेवास्ता गर्न हुँदैन, मुटुरोगको…

    गृहमन्त्रालयद्वारा एकैपटक १०० कर्मचारीको सरुवा

    सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव, बाबुलाई ४२…

    दुर्गा प्रसाईंलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न…

    मनाङको हिम्लुङ हिमालमा हिमपहिरो, करिब एक दर्जन आरोही…

    आर्थिक

    कामना सेवा विकास बैंकद्वारा १५० विद्यार्थीलाई वित्तीय साक्षरता र करिअर मार्गदर्शन

    रसुवा बाढीमा भएको क्षतिमा २० अर्ब ९८ करोडको बीमा दाबी

    नेशनल लाइफको चारदिने कर्मचारी सीप अभिवृद्धि कार्यक्रम सम्पन्न

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑